ne_ta/translate/translate-form/01.md

9.1 KiB

संचरना किन महत्त्वपूर्ण छ

पाठको अर्थ सबैभन्दा महत्त्वपूर्ण तत्व हो । तथापि पाठको संरचना पनि धेरै महत्त्वपूर्ण हुन्छ । यो अर्थको "भण्डार" भन्दा पनि बढी हो । यसैले संचरना मात्रैको पनि अर्थ हुन्छ ।

उदाहरणको निम्ति, भजनसंग्रह ९:१-२ को दुई अनुवादका फरकहरू हेरौँः

नयाँ जीवन संस्करणबाटः

मेरो पूरा हृदयले म परमप्रभुको प्रशंसा गर्ने छु । तपाईंले गर्नुभएका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्ने छु । म तपाईंको कारण रमाउने छु र उल्‍लसित हुने छु । हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँको म स्‍तुति गाउने छु ।

न्यु रिभाइज्ड स्टान्डर्ड भर्जनबाट

मेरो पूरा हृदयले म परमप्रभुको प्रशंसा गर्ने छु,

तपाईंले सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्ने छु ।

म तपाईंमा रमाउने छु र उल्‍लसित हुने छु,

हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाउँको म स्‍तुति गाउने छु ।

पहिलो संस्करणको संचरना कथाको जस्तो छ, भजनका हरेक पङ्क्तिहरूलाई फरक-फरक वाक्यमा लेखिएको छ ।

दोस्रो संस्करणमा पाठलाई लक्षित संस्कृतिमा कवितालाई जसरी मिलाएर राखिन्छ त्यसैगरी राखिएको छ । कविताका हरेक पङ्क्ति पृष्ठको फरक पङ्क्तिहरूमा लेखएको छ । दोस्रो हरफमा अगाडि खाली ठाउँ छोडिएको छ । यसैगरी पहिला दुई हरफहरूलाई अल्पविरामले जोडिएको छ भने दोस्रो हरफको अगाडि अलिकति खाली ठाउँ छोडिएको छ । यसले ती दुई हरफहरू एकअर्कामा सम्बन्धित छन् र तिनले एउटै कुरा बताउँछन् भन्‍ने बताउँछ । तेस्रो र चौथो हरफमा पनि यस्तै गरिएको छ ।

यसको संरचनाको कारण दोस्रो संस्करणको पाठककले यो भजन एउटा कविता वा लामो गीत हो भन्‍ने बुझ्छ । तर पहिलो संस्करणको पाठकले यस्तो नबुझ्‍न सक्छ, किनकि यसको संरचनाले यसको बारेमा बताउँदैन । पहिलो संस्करणको पाठक झुक्किन सक्छ किनकि भजन भनेको गीत हो तर त्यसलाई गीतको संचरना अनुसार राखिएको छैन । शब्दहरूले हर्षित भावनालाई अभिव्यक्त गरिरहेका छन् । अनुवादकको रूपमा तपाईंले तपाईंको भाषामा हर्षको गीतलाई अभिव्यक्त गर्ने संचरनाको प्रयोग गर्नुपर्छ ।

२ शमूएल १८:३३ख को संचरना पनि हेर्नुहोस्ः

“हाय मेरो छोरो! मेरो छोरो अब्‍शालोम, मेरो छोरो अब्‍शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!””

कसैले पदको यस खण्डको अर्थ यसरी निकाल्न सक्छ, "मेरो छोरो अब्‍शालोमको ठाउँमा म मरेको भए हुन्थ्यो ।" यसले वचनको अर्थको सारांश बताउँछ । तर संचरनाले त्योभन्दा धेरै बताउँछ । "मेरो छोरो" लाई यति धेरै पटक दोहोर्‍याउनु, यसैगरी "अब्‍शालोम" लाई दोहोर्‍याउनु, "हाय" को प्रयोग गर्नु, "हुनेथियो" क्रियापदको प्रयोग गर्नुले छोरा गुमाएको पितामा भएको गहिरो वेदनालाई प्रकट गर्दछ । अनुवादकको रूपमा तपाईंले शब्दहरूको अर्थलाई मात्र होइन तर संचरनाको अर्थलाई पनि ध्यान दिनुपर्छ । १ शमूएल १८:३३ख मा मूल भाषाको संचरनामा भएको भावनालाई समेट्ने गरी अनुवाद गर्नुपर्छ ।

यसैले हामीले बाइबलीय पाठमा प्रयोग गरिएको संचरनाको जाँच गर्नुपर्छ र उक्त संचरनाको नै प्रयोग किन गरिएको हो र त्यसको ठाउँमा अर्को संचरनाको प्रयोग किन गरिएन भन्‍ने प्रश्‍न आफैँलाई सोध्‍नुपर्छ । यसले कुन मनोवृत्ति वा भावनाको संचार गरिरहेको छ? संरचनाको अर्थ बुझ्‍नलाई मदत गर्ने अन्य प्रश्‍नहरूः

  • यो कसले लेखेको हो?
  • यो कसको लागि लेखेको हो?
  • यो कस्तो परिश्थितिमा लेखिएको हो?
  • कुन शब्द र वाक्यांशहरूको छनौट गरिएको छ र किन?
  • के प्रयोग गरिएका शब्दहरू धेरै भावनात्मक छन्, वा शब्दहरूको क्रममा कुनै विशेषता छ कि?

जब हामीले संरचनाको अर्थ बुझ्छौँ, तब लक्षित भाषा र संस्कृतिमा त्यही अर्थ लाग्‍नेगरी अनुवाद गर्न सक्छौँ ।

संस्कृतिले अर्थलाई प्रभाव पार्छ

संचरनाको अर्थको निर्धारण संस्कृतिले गर्छ । त्यही संचरनाले विभिन्‍न संस्कृतिमा फरक-फरक अर्थ दिनसक्छ । अनुवाद गर्दा अर्थ उही रहनुपर्छ, यसमा संरचनाको अर्थ पनि सामेल हुन्छ । यसको अर्थ यही हो कि पाठको संरचनालाई संस्कृतिसँग मेल खानेगरी परिवर्तन गर्नुपर्छ । संचरनामा पाठको भाषा, यसको क्रम, दोहोर्‍याइ, वा "हाय" जस्ता स्वरको नक्कल गर्ने शब्दहरू पनि पर्छन् । तपाईंले यी सबै कुराको जाँच गरेर तिनीहरूको अर्थ थाहा गर्नुपर्छ र लक्षित भाषा र संस्कृतिमा त्यसलाई अभिव्यक्त गर्ने उत्तम तरिकाको खोजी गर्नुपर्छ ।