ne_ta/translate/translate-fandm/01.md

5.5 KiB

संचरना र अर्थको परिभाषा

"संचरना" र "अर्थ" कुनै पाठको अनुवादमा प्रयोग गरिने मुख्य शब्दहरू हुन् । बाइबलको अनुवादमा यी शब्दहरूको प्रयोग विशेष किसिमले गरिन्छ । यिनीहरूको परिभाषा तल दिइएको छः

  • संचरना - पानामा वा बोल्दा देखा पर्ने भाषाको स्वरूपलाई संरचना भनिन्छ । भाषालाई मिलाउने तरिकालाई "संचरना" भनिन्छ, यसमा शब्दहरू, शब्दक्रम, व्याकरणण, वाक्पद्धति र संरचनाका अन्य विशेषताहरू समावेश हुन्छन् ।
  • अर्थ - पाठले पाठक वा श्रोतालाई संचार गर्न खोजेको भित्री विचार वा अवधारणालाई अर्थ भनिन्छ । वक्ता वा लेखकले उही अर्थलाई भाषाका विविध संरचनाको प्रयोग गरेर संचार गर्न सक्छन्, र विभिन्‍न मानिसहरूले त्यही संरचनालाई पढ्दा वा सुन्दा फरक-फरक कुरा बुझ्‍न सक्छन् । यसैले संरचना र अर्थ एउटै कुरा होइनन् ।

उदाहरण

सामान्य जीवनबाट एउटा उदाहरण लिऔँ । मानौँ तपाईंको एकजना मित्रले तल दिइएको नोट तपाईंलाई पठाउँछन्ः

  • “मेरो हप्ता धेरै कष्टदायी भएर बितिरहेको छ । मेरी आमा बिरामी हुनुहुन्थ्यो र मैले मेरो सबै पैसा डाक्टर र औषधिमा खर्च गरेँ । मसँग केही पनि बाँकी छैन । अर्को सप्ताहन्तमा मात्र मेरो तलब आउँछ । यो हप्ता कसरी बिताउने भनेर म चिन्तित छु । मसँग खाना किन्‍ने पैसा पनि छैन ।”

अर्थ

तपाईंको मित्रले किन यो नोट पठाएका हुन्? के उनको हप्ता कसरी बित्यो भनेर बताउनलाई मात्र हो? सायद होइन । उनले भन्‍न खोजेको कुरा यही हो किः

  • “मलाई पैसा देऊ ।”

प्रेषकले तपाईंसँग संचार गर्न खोजेको प्राथमिक अर्थ यही हो । यो प्रतिवेदन नभइकन एउट अनुरोध हो । केही संस्कृतिमा मित्रसँग सिधै पैसा माग्‍नु अशिष्ट कुरा हो । यसैले उनले आफ्नो आवश्यकतालाई बुझाउन नोटको संचरनालाई परिवर्तन गरेका छन् । उनले आफ्नो संस्कृतिमा सही लाग्‍ने किसिमले सहायता मागेका छन् तर तपाईँले जसरी पनि जवाफ दिनुपर्छ भनेर कर लगाएका छैनन्। उनले उनीसँग किन पैसा छैन भनेर वर्णन गरेका छन् (उनकी आमा बिरामी भएर), उनको आवश्यकता अस्थायी मात्र हो (तलब नआउञ्‍जेलसम्म) र उनको अवस्था नाजुक छ (खाना छैन) । अरू संस्कृतिमा यही अर्थलाई संचार गर्नको निम्ति सिधा अनुरोध गर्ने गरिन्छ ।

संचरना

यस उदाहरणमा, नोटको सम्पूर्ण पाठ नै संरचना हो । अर्थचाहिँ "मलाई पैसा देऊ!" हो ।

हामी पनि यी शब्दहरूलाई यसरी नै प्रयोग गर्छौँ । संरचनाले हामीले अनुवाद गरिरहेको पदमा भएका सबै पाठलाई जनाउँछ । अर्थले त्यस पाठले संचार गर्न खोजेको विचारलाई जनाउँछ । कुनै एउटा अर्थलाई संस्कृति र भाषा अनुसार फरक-फरक तरिकाले सञ्‍चार गरिन्छ ।