ne_ta/translate/translate-dynamic/01.md

8.5 KiB
Raw Permalink Blame History

परिचय

हामीले शब्दानुवादलाई नजिकबाट नियाल्यौँ । अब हामी भावानुवादलाई नियाल्ने छौँ । यी अनुवादहरूलाई यसो पनि भनिन्छः

  • अर्थमा आधारितअनुवाद
  • उक्तियुक्त अनुवाद
  • गतिशिल

मुख्य विशेषताहरू

स्रोत पाठको संरचनालाई नभइ अर्थलाई प्राथमिकता दिनु नै यसको प्रमूख विशेषता हो । यसर्थ, यसमा अर्थलाई स्पष्ट बनाउन पाठको संरचनालाई परिवर्तन गर्न सकिन्छ । भावानुवादमा गरिने परिवर्तनहरू निम्‍नानुसार छन्ः

  • लक्षित भाषाको व्याकरणसँग मेल खानेगरी शब्दको क्रमलाई परिवर्तन गरिन्छ ।
  • वैदेशिक व्याकरणीय संरचनालाई स्वभाविकमा परिवर्तन गरिन्छ ।
  • लक्षित भाषाको स्वभाविक वहावको क्रममा मेल खाने बनाउनको निम्ति औचित्य वा परिणामहरूलाई परिवर्तन गरिन्छ ।
  • वाक्पद्धतिलाई परिवर्तन गर्ने वा व्याख्या गरिन्छ ।
  • अरू भाषाका शब्दको व्याख्या वा अनुवाद गरिन्छ । ("गलगथा" = "खोपडीको स्थान")
  • स्रोत पाठमा भएका कठिन वा असामान्य शब्दहरूको साटोमा उस्तै अर्थ दिने सामान्य शब्दहरूको प्रयोग गरिन्छ ।
  • लक्षित संस्कृतिमा थाहा नभएका शब्दहरूको ठाउँमा उस्तै अर्थ दिने शब्दहरू वा वर्णनको प्रयोग गरिन्छ ।
  • लक्षित भाषामा प्रयोगमा नआउने संयोजक शब्दहरूको ठाउँमा लक्षित भाषाको आवश्यकता पूरा गर्ने किसिमका शब्दहरूको प्रयोग गरिन्छ ।
  • मूल अलङ्‍कारजस्तै अर्थ दिने किसिमका अलङ्‍कारहरूको प्रयोग गरिन्छ ।
  • पाठको अर्थ बुझाउनको निम्ति निहित जानकारी समेटिन्छ ।
  • अस्पष्ट वाक्यांशहरू वा संचरनाहरूलाई व्याख्या गरिन्छ ।

भावानुवादका उदाहरणहरू

भावानुवाद कस्तो देखिन्छ? उही पदलाई भिन्‍न संस्करणहरूले कसरी अनुवाद गरेका छन् ती हेरौँ ।

लूका ३:८ मा बप्तिस्मा दिने यूहन्‍नाले बप्तिस्मा लिन आएका आफैँलाई धर्मी ठान्‍ने मानिसहरूलाई हप्काउँछन् ।

पदको पहिलो आधा खण्डको ग्रीक पाठलाई तल दिइएको छ ।

Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας

हरेक ग्रीक शब्दको त्यही क्रममा विकल्पसहितको नेपाली अनुवाद तल दिइएको छ ।

गर/बनाओ/फलाओ त्यसैले फलहरू मिल्दो/सुहाउँदो को पश्‍चाताप

शब्दानुवाद

शब्दानुवादमा शब्दको क्रमलाई सकेसम्म ग्रीक भाषाको क्रमको आधारमा राखिन्छ ।

यस्तो फलहरू फलायो जुन पश्‍चातापका योग्य छन् । (लूका ३:८ यूएलटी)

परिवर्तित शब्दानुवादमा "फलहरू" र "पश्‍चाताप" शब्दहरूलाई जस्ताको तस्तै राखिएको छ । शब्दको क्रम पनि ग्रीकसँग लगभग मिल्छ । मूल पाठमा के छ भन्‍ने कुरा अनुवादकलाई देखाउनको निम्ति युएलटीको निर्माण गरिएको हो । तर यही अर्थलाई तपाईंको भाषामा यसरी व्यक्त गर्नु स्वभाविक नहुन सक्छ ।

भावानुवाद

भावानुवादमा अर्थलाई स्पष्ट पार्नको निम्ति अनुवाददकले शब्दको क्रमलाई परिवर्तन गर्न सक्छ । तल दिइएका तिन भावानुवादलाई हेर्नुहोस्ः

लिभिङ् बाइबलबाटः

…योग्य कामहरू गरेर पापबाट फर्केको प्रमाणित गर ।

न्यु लिभिङ् अनुवादबाटः

तिमीहरू आफ्ना पापहरू फर्केर परमेश्‍वरतिर फर्केका छौ भन्‍ने कुरालाई आफ्नो जीवनबाट प्रमाणित गर ।

अनफोल्डिङ् सिम्प्लिफाइड टेक्टस्‌बाट

तिमीहरूका पापमय व्यवहारबाट साँच्चै नै फर्केका छौ भन्‍ने कुराहरू देखाउने कुराहरू गर !

माथि दिइएका अनुवादकहरूमा नेपाली भाषामा स्वभाविक वहावको निम्ति शब्दको क्रमलाई परिवर्तन गरिएको छ । "फलहरू" भन्‍ने शब्दको पानि प्रयोग गरिएको छ । लिभिङ् बाइबल अनुवादमा युएलटी अनुवादमा प्रयोग गरिएका कुनै पनि शब्दको प्रयोग गरिएको छैन । "फलहरू" को साटोमा भावानुवादमा "कामहरू" वा "तिमीहरूको जीवन" को प्रयोग गरिएको छ । पदमा प्रयोग गरिएको "फलहरू" शब्दलाई कुनै मानिसले गर्ने कार्यको रूपकको रूपमा प्रयोग गरिएको छ । (हेर्नुहोस् रूपक।)

यी अनुवादहरूले अर्थलाई ध्यान दिएका छन्, शब्दहरूलाई मात्र होइन । यिनमा "पश्‍चाताप" को साटो "पापहरूबाट फर्केर" वा "पापमय व्यवहारबाट फर्केका" बोधगम्य वाक्यांशहरूको पनि प्रयोग गरिएको छ वा "आफ्ना पापहरूबाट परमेश्‍वरतिर फर्केका" को प्रयोग गरिएको छ । भावानुवादमा अर्थ थप स्पष्ट पारिएको छ ।