ne_ta/translate/translate-discover/01.md

3.5 KiB

अर्थ कसरी पत्ता लगाउने

पाठको अर्थ पत्ता लगाउने अर्थात् पाठले भन्‍न खोजेको कुरा बुझ्‍ने धेरै तरिकाहरू छन् । केही सुझावहरू तल दिइएका छन्ः

१. अनुवाद गर्नु अगाडि सम्पूर्ण खण्डलाई पढ्नुहोस् । अनुवाद गर्नु अगाडि सम्पूर्ण खण्डको मुख्य विषयलाई बुझ्नुहोस् । यदि यो येशूका आश्‍चर्यकर्मजस्तो कुनै एक कथनात्मक खण्ड हो भने वास्तविक अवस्थाको मानसिक चित्र तयार गर्नुहोस् । आफूलाई त्यहीँ भएको कल्पना गर्नुहोस् । मानिसहरूले कस्तो महसुस गरे भन्‍ने कल्पना गर्नुहोस् । २. बाइबलको अनुवाद गर्दा स्रोत पाठको रूपमा कम्तिमा पनि दुई संस्करणका बाइबलको प्रयोग गर्नुहोस् । दुई संस्करणलाई तुलना गर्ने कार्यले अर्थ बुझ्‍न मदत मिल्छ, त्यसपछि कुनै एउटा संस्करणका शब्दहरूलाई शाब्दिक रूपमा पच्छ्याए पुग्छ । दुई संस्करणहरू निम्‍नानुसार हुनुपर्छः

  • मूल भाषालाई स्पष्टसँग व्यक्त गर्ने एउटा संस्करण, उदाहरणको निम्ति युएलटी ।*
  • एउटा अर्थ प्रधान संस्करण, उदाहरणको लागि युएसटी ।*

३. तपाईंलाई थाहा नभएका शब्दहरूको बारेमा जान्‍नको निम्ति शब्दहरूको अनुवाद स्रोतको प्रयोग गर्नुहोस् । कहिलेकाहीँ शब्दहरूका एकभन्दा बढी अर्थ हुनसक्छन् । त्यसैले तपाईंले खण्डमा प्रयोग भएका शब्दहरूको अर्थ बुझ्‍नुपर्छ । ४. युएलटी बाइबलसँग भएका अनुवाद टिप्पणीहरूको पनि प्रयोग गर्नुहोस् । यी टिप्पणीहरू अनुवाद स्टुडियो र डोर४३ वेभसाइटमा पाइन्छन् । यिनले खण्डमा स्पष्ट नभएका कुराहरूको वर्णन गर्छन् । सम्भव हुन्छ भने बाइबलका अन्य संस्करणहरू, बाइबल शब्दकोश, बाइबल टिप्पणीजस्ता अन्य सन्दर्भ पुस्तकहरूको प्रयोग गर्नुहोस् ।