ne_ta/translate/translate-bvolume/01.md

15 KiB
Raw Permalink Blame History

विवरण

तलका शब्दहरूले बाइबलमा प्रयोग गरिएका भाँडाहरूमा कति अटाउँथ्यो भन्‍ने कुरा जनाउनको निम्ति आयतनलाई जनाउन प्रयोग गरिएका हुन् । भाँडा र मापनहरू तरल (जस्तै दाखमद्य) र ठोस (जस्तै अन्‍न) दुबैलाई जनाउनको लागि प्रयोग गरिएका छन् । मेट्रिक मापन बाइबलीय मापनसँग ठ्याक्कै मेल खाँदैनन् । बाइबलीय मापन समय र ठाउँअनुसार फरक फरक थिए । तल दिइएका समकक्षीय मापनहरू औषत मापन मात्र हुन् ।

प्रकार मूल मापन लिटर
सुख्खा ओमेर २ लिटर
सुख्खा एफा २२ लिटर
सुख्खा होमेर २२० लिटर
सुख्खा कोर २२० लिटर
सुख्खा सिआ ७.७ लिटर
सुख्खा लेथेक ११४.८ लिटर
तरल मेट्रेट ४० लिटर
तरल बाथ २२ लिटर
तरल हिन ३.७ लिटर
तरल काब १.२३ लिटर
तरल लग .३१ लिटर

अनुवादका सिद्धान्तहरू

  • बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक मापनहरूको प्रयोग गर्दैन थिए । मूल मापनहरूको प्रयोग गर्दा मानिसहरूलाई बाइबल धेरै वर्ष अगाडि लेखिएको थियो भन्‍ने कुरा बुझ्‍न मदत मिल्छ ।
  • आधुनिक मापनको प्रयोगले पाठकहरूलाई पाठ अझ स्पष्टसँग बुझ्‍नलाई मदत मिल्छ ।
  • जुनसुकै मापनको प्रयोग गरेता पनि पनि पादटिप्पणीमा वा पाठमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु असल हुन्छ ।
  • यदि तपाईंले बाइबलीय मापनहरूको प्रयोग गर्नुहुन्‍न भने पाठकहरूलाई ती मापनहरू सही छन् भन्‍ने भान पर्न नदिनुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले हिनलाई "३.६" लिटर भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन ३.७ र ३.८ नभएर ३.६ नै हो भन्‍ने बुझ्छन् । यसको साटोमा "साढे तिन लिटर" वा "चार लिटर" भन्‍नु उचित हुन्छ ।
  • परमेश्‍वरले मानिसहरूलाई यति वजनको भनेर तोकेको कुरालाई "लगभग" भनेर अनुवाद नगर्नुहोस् । यसले परमेश्‍वरले वजनको बारेमा ठ्याक्कै भन्‍न सक्नुहुन्‍न रहेछ भन्‍ने अर्थ दिन्छ

मापनको एकाइ दिइएको खण्डमा

अनुवादका रणनीतिहरू

१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी) २. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् । ३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ । ४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । ५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।

अनुवादका रणनीतिहरूको प्रयोग

रणनीतिहरूलाई यशैया ५:१० मा प्रयोग गरिएको छ ।

  • पाँच बिघा दाखबारीले एक बाथ दाखमद्य, र एक होमेर बीउले एक एफा अन्‍न मात्र उब्‍जाउने छ!” (यशैया ५:१० यूएलटी)

१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् शब्दहरूको नक्कल वा सापटी)

  • “पाँच बिघा दाखबारीले एक बाथ दाखमद्य, र एक होमेर बीउले एक एफा अन्‍न मात्र उब्‍जाउने छ! ”

२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।

  • “पाँच बिघा दाखबारीले बाइस लिटर दाखमद्य, र दश टोकरी बीउले एक टोकरी अन्‍न मात्र उब्‍जाउने छ! ”
    • “पाँच बिघा दाखबारीले बाइस लिटर दाखमद्य, र २२० लिटर बीउले बाइस लिटर अन्‍न मात्र उब्‍जाउने छ! ”

३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।

  • “पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ!””

४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।

  • “पाँच बिघा दाखबारीले एक बाथ (पचास पाथी) दाखमद्य, र एक होमेर बीउले एक एफा (पाँच पाथी) अन्‍न मात्र उब्‍जाउने छ! ”

५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।

  • “पाँच बिघा दाखबारीले बाइस लिटर दाखमद्य, र २२० लिटर बीउले २२ लिटर अन्‍न मात्र उब्‍जाउने छ! ” पादटिप्पणीमा यस्तो देखिन्छः
    • [१]एक बाथ
    • [२]एक होमेर
    • [३]एक एफा

मापनको एकाइले स्पष्ट नदिइएको खण्डमा

कहिलेकाहिँ हिब्रूमा कुनै निश्‍चित आयतनको इकाइ प्रयोग नगरी सङ्ख्याको मात्र प्रयोग गरिएको पाइन्छ । यस्तो अवस्थामा, युएलटीका र युएसटी सहितका धेरै अङ्ग्रेजी संस्करणहरूमा "नाप" शब्दको प्रयोग गरिएको छ ।

  • ती दिनमा बीस नाप लिन आउनेले दशै नाप मात्र पाउँदथ्‍यो । दाखमद्यको कोलबाट पचास नाप निकाल्‍न आउनेले बीस नाप मात्र पाउँदथ्‍यो । (हाग्गै २:१६ यूएलटी)

अनुवादका रणनीतिहरू

१. एकाइ बिनाको सङ्ख्या मात्र प्रयोग गरेर आक्षरिक रूपमा अनुवाद गर्नुहोस् । २. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्दको प्रयोग गर्नुहोस् । ३. भाँडाको नाम प्रयोग गर्नुहोस्, जस्तै अन्‍नको निम्ति "टोकरी" वा दाखमद्यको निम्ति "भाँडो वा जार" । ४. तपाईंको अनुवादमा प्रयोग पहिले नै तपाईंले प्रयोग गरेको मापनको एकाइ प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरूको प्रयोग

रणनीतिहरूलाई हाग्गै २:१६ मा प्रयोग गरिएको छ ।

  • ती दिनमा बीस नाप लिन आउनेले दशै नाप मात्र पाउँदथ्‍यो । दाखमद्यको कोलबाट पचास नाप निकाल्‍न आउनेले बीस नाप मात्र पाउँदथ्‍यो । (हाग्गै २:१६ यूएलटी)

१. एकाइ बिनाको सङ्ख्या मात्र प्रयोग गरेर आक्षरिक रूपमा अनुवाद गर्नुहोस् ।

  • ती दिनमा बीस लिन आउनेले दशै मात्र पाउँदथ्‍यो । दाखमद्यको कोलबाट पचास निकाल्‍न आउनेले बीस मात्र पाउँदथ्‍यो ।

२. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्दको प्रयोग गर्नुहोस् ।

  • ती दिनमा बीस मात्रा लिन आउनेले दशै मात्रा मात्र पाउँदथ्‍यो । दाखमद्यको कोलबाट पचास मात्रा निकाल्‍न आउनेले बीस मात्रा मात्र पाउँदथ्‍यो।

३. भाँडाको नाम प्रयोग गर्नुहोस्, जस्तै अन्‍नको निम्ति "टोकरी" वा दाखमद्यको निम्ति "भाँडो वा जार" ।

  • ती दिनमा बीस टोकरी लिन आउनेले दशै मात्रा मात्र पाउँदथ्‍यो । दाखमद्यको कोलबाट पचास भाँडो निकाल्‍न आउनेले बीस मात्र पाउँदथ्‍यो।

४. तपाईंको अनुवादमा प्रयोग पहिले नै तपाईंले प्रयोग गरेको मापनको एकाइ प्रयोग गर्नुहोस् ।

  • ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्‍यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्‍न आउनेले बीस लिटर मात्र पाउँदथ्‍यो।