ne_ta/translate/translate-alphabet2/01.md

15 KiB
Raw Permalink Blame History

परिभाषाहरू

शब्दहरूका परिभाषाहरू तल दिइएका छन् जसको प्रयोग हामी मानिसहरूले कसरी शब्दहरूमा रूपान्तरण हुने आवाजहरू निकाल्छन् भन्‍ने बारेमा थाह पाउनलाई गर्दछौ र यिनीहरू शब्दहरूका भागहरूलाई इङ्कित गर्ने परिभाषाहरू पनि हुन् ।

व्यञ्जनवर्ण

यिनीहरू मानिसहरू बोल्ने क्रममा फोक्सोबाट स्वास बाहिर निस्कदा बाधा उत्पन्न भएर वा जिब्रो, दाँत वा ओठहरूको स्थिति सिमित भएको अवस्थामा मानिसहरूले निकल्ने आवाजहरू हुन् । वर्णमालाका धेरैजसो अक्षरहरू व्यञ्जनवर्ण हुन् । धेरैजसो व्यञ्जनवर्णहरूमा एउटै मात्र आवाज हुन्छ ।

स्वरवर्ण

श्वास मुखबाट बाहिर बहने क्रममा दाँतहरू, जिब्रो, वा ओठहरूको रोकावटबिना नै मुखद्वारा निस्कने आवाजहरू स्वरवर्ण हुन् (अङ्ग्रेजीमा स्वरवर्णहरू, a, e, i, o, u र कहिलेकाहीँ y हुन् ।)

शब्दांशहरू

एउटा शब्दको भाग जहाँ व्यञ्जनवर्णसँग वा व्यञ्जनवर्णबिना एउटा मात्र स्वरवर्ण आवाज हुन्, । केही शब्दहरूमा एउटा मात्र शब्दांश हुन्छ ।

परसर्ग

केही चिज एउटा शब्दमा जोड्दा शब्दको अर्थमा परिवर्तन आउँछ । यो शब्दको सुरुमा, वा अन्तमा, वा एउटा शब्दको जुनसुकै भागमा पनि हुन सक्छ ।

धातु

शब्दको सबैभन्दा आधारभुत भाग; सबै प्रत्यय र परसर्ग हटाउँदा जे बाँकी रहन्छ त्यो नै धातु हो ।

पदग्राम

एउटा शब्द वा शब्दको भाग जसको एक अर्थ हुन्छ र जुन सबैभन्दा सानो अंश जहाँ त्यो भन्दा सानो अर्थ भएको भाग समावेश हुदैन् । (अङ्ग्रेजीमा उदाहरणको लागि, “syllable” मा ३ वटा शब्दांशहरू हुन्छन्, तर एउटा मात्र पदग्राम हुन्छ, जहाँ “syllables” मा ३ वटा शब्दांशहरू हुन्छन्, र दुईवटा पदग्राम हुन्छ (syl-lab-les). (अन्तको “s” एउटा पदग्राम हो जसले "बहुवचन" लाई जनाउँछ ।)

शब्दांशहरूले कसरी शब्दहरू बनाउँछन्

प्रत्येक भाषामा आवाजहरू हुन्छन् जुन शब्दांशहरू निर्माण गर्नमा समायोजन हुन्छन् । एउटा शब्दको परसर्ग वा शब्दको धातुमा एउटा मात्र शब्दांश हुनसक्छ, वा यसमा धेरै संख्यामा शब्दहरू हुन पनि सक्छन् । आवाजहरू शब्दांशहरू बन्नको लागि संयोजन हुन्छन् जो पदग्रामहरू हुनलाई पनि जोडिन्छन् । पदग्रामहरूले अर्थपूर्ण शब्दहरू बनाउनको लागि सगँसगै काम गर्दछन् ।

तपाईंको भाषामा शब्दांशहरू कसरी बन्छन् र ती शब्दांशहरूले हिज्जेका नियमहरू निर्माण गर्नको निम्ति एकले अर्कालाई कसरी प्रभावित पार्दछन् र मानिसहरूले तपाईंको भाषा सजिलैसँग पढ्न सिक्छन् भन्‍ने कुरा थाहा पाउनु अति महत्वपूर्ण छ ।

शब्दांशहरूका आधारभुत भागहरू भनेका स्वरवर्ण हुन् । अङ्ग्रेजीमा पाँच वटा मात्र स्वरवर्ण हुन्छन्, “a, e, i, o, u”,तर ११ वटासम्म पनि स्वरवर्णहरू हुन्छन् जुन स्वरवर्णको संयोजनमा र अरु धेरै तरिकाले लेखिएका हुन्छन् । व्यत्तिगत अङ्ग्रेजी स्वरवर्णहरू शब्दहरूमा पनि पाइन सक्छन् जस्तै, “beat, bit, bait, bet, bat, but, body, bought, boat, book, boot.”

[चित्रको माध्यमबाट चित्रण]

अंग्रजीका भाषाका स्वरवर्णहरू

मुखको अवस्था अगाडि मध्य पछाडि गोलाकार (असमान) (असमान) (गोलाकार) जिब्रोको उचाई उच्च i “beat” u “boot” मध्यम उच्च i “bit” u “book” मध्य e “bait” u “but” o “boat” तल मध्य e “bet” o “bought” तल a “bat” a “body”

(अन्तर्राष्ट्रिय फोनेटिक वर्णमालामा प्रत्येक स्वरवर्णहरूका आ-आफ्नै प्रतिक हुन्छन् ।)

प्रत्येक शब्दांशको बीचमा स्वरवर्णहरू बन्छन्, र व्यञ्जनवर्णहरू स्वरवर्णहरूको अगाडि र पछाडि आउँदछन् ।

उच्चारण हामी जसलाई बोलीको रूपमा थाहा गर्दछौँ त्यो आवाज उत्पादन गर्दा मुख वा नाकबाट श्वास कसरी बाहिर आउँछ भन्‍ने कुराको व्याख्या नै उच्‍चारण हो ।

उच्चारण हुने बिन्दुहरू मुख वा घाँटीका त्यस्ता ठाउँहरू हुन् जहाँ आवाज निकाल्दा श्वासमा अवरोध आउँछ वा यसको बहाव रोकिन्छ । ओष्ठय, दन्त्य, वत्सर्य/दन्तमुलीय, तालव्य, मूर्धन्य, कन्ठ्य तालव्य र कन्ठ्य उच्चारणका साझा स्थानहरू हुन् ।

उच्चारक मुखका चलिरहने भागहरू हुन् जसले विशेषगरी जिब्रोका भागहरू जसले हामी बोल्दा हावाको वहावलाई कम गराउँछन् । जिब्रोका भागहरू; जिब्रोको जरा, पछाडिको भाग, छेउको भाग, र टुप्पो हुन जसले हामी बोल्दा हावाको वहावलाई कम गराउन सक्छन् । जिब्रोको प्रयोगबिना पनि मुखद्वारा ओठहरूले हावाको बहावलाई काम गर्न सक्छन् । व्यञ्जनवर्ण आवाजहरू जस्तै “b,” “v,” र “m.” ओठहरूबाट निर्माण हुन्छन् ।

उच्चारण हामीहरूले आवाज निकाल्दा कसरी हावाको बहाव कम हुन्छ भन्‍ने कुराको व्याख्या गर्दछन् । यो पूर्ण रोकावटसँग पनि आउन सक्छ (जस्तै “p” वा “b”, जसलाई रोकिने व्यञ्जनवर्ण वा रोकावट भनिन्छ,), यिनीहरूमा ठूलो घर्षण हुन्छ (जस्तै “f” वा “v,” हुन यिनलाई सङ्घर्षि भनिन्छ, वा थोरै प्रतिबन्धनात्मक मात्र हुन्छन् (जस्तै “w” वा “y,”जसलाई अर्ध श्वरवर्णहरू भनिन्छ, किनकि तिनीहरू प्रायजसो श्वरवर्णहरू जस्तै स्वतन्त्र हुन्छन् । )

घोषध्वनी भोकल कर्डहरूबाट आवाज निकाल्दा जब हावा तिनीहरूबाट बाहिर निस्कन्छ त्यो समयमा भोकल कर्डहरूले कम्पन गरेका छन् वा छैनन् भन्‍ने देखाउँछ । धेरैजसो श्वरवर्णहरू, जस्तै “a, e, i, u, o” भोकल कर्डहरू कम्पन हुने आवाजहरू हुन् । व्यञ्जनवर्णहरू पनि भोकल कर्डहरू कम्पन हुने आवाजहरू जस्तै +v “b,d,g,v,” वा कम्पन नहुने आवाजहरू(-v) जस्तै “p,t,k,f हुनसक्छन् ।” यिनीहरू उच्चारण हुने उही बिन्दु र पहिले व्यक्त गरिएका व्यञ्जनवर्णसँग निर्माण हुन्छन् । “b,d,g,v” र “p,t,k,f” को एउटै मात्र फरक भनेको (+v र v) घोषध्वनी हुन् ।

अंग्रेजी भाषाका व्यञ्जनवर्णहरू

उच्चारण हुने बिन्दुहरू ओष्ठय दन्त्य वत्सर्य/दन्तमुलीय वत्सर्य/दन्तमुलीय तालव्य मूर्धन्य कन्ठ्य घोषध्वनी -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v उच्चारक - शैली ओष्ठय - रोकावट p / b ओष्ठय - सङ्घर्षी f / v जिब्रोको टुप्पो - रोकावट t / d तरल / l / r जिब्रोको छेउ - सङ्घर्षी ch/dg जिब्रोको पछाडि - रोकावट k / g जिब्रोको फेद - अर्ध श्वरवर्ण / w / y h / नाके-व्यञ्जनवर्ण / m / n

आवाजको नामाकरण तिनीहरूको विशेषताहरू हेरेर । “b” लाई द्विपक्षीय आवाज भनिन्छ दुईवटा ओठहरूमा रोकावट हुन्छ । “f” लाई आवाजबिहिन वत्सर्य/दन्तमुलीय सङ्घर्षी भनिन्छ । “n” लाई वत्सर्य/दन्तमुलीय भनिन्छ ।

आवाजहरूलाई साङ्केतिकरण गर्नु दुई प्रकारले गर्न सकिन्छ । यात अन्तर्राष्ट्रिय फोनेटिक वर्णमालामा प्राप्त हुने आवाजको सङ्केत प्रयोग गरेर, वा पाठकले जानेको वर्णमालाको परिचित सङ्केत प्रयोग गरेर ।

व्यञ्जनवर्ण तालिका एउटा व्यञ्जनवर्ण सङ्केत तालिका उच्चारकको उल्लेखविना नै देखाईएको छ । जसै तपाईंले घोषध्वनी सुनेर र आवाज निकाल्दा जिब्रो र ओठको अवस्थाको महसुस गरेर आफ्नो भाषाको आवाजको खोजीख गर्नुहुन्छ, तब ती आवाजहरूको प्रतिनिधित्व गरेर यो तालिकामा भर्न सक्नुहुन्छ ।

उच्चारण हुने बिन्दुहरू ओष्ठय दन्त्य वत्सर्य/दन्तमुलीय, तालव्य मूर्धन्य कन्ठ्य तालव्य कन्ठ्य घोषध्वनी -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v -v/+v शैलि रोकावट p/ b t/ d k/ g सङ्घर्षी f/ v ch/dg तरल /l /r अर्ध श्वरवर्ण /w /y h/ नाके /m /n