ne_ta/translate/resources-words/01.md

9.4 KiB

शब्दहरूको अनुवाद

अनुवादकले अनुवाद गरेका प्रत्येक बाइबलका खण्डहरूले उक्त बाइबल खण्डको लेखकले संचार गर्न चाहे अनुसारको अर्थ दिन्छन् भन्‍ने कुराको निश्चित गर्नु अनुवादकको कर्तव्य हो । यसो गर्नको लागि उसले बाइबलका विद्वानहरूले तयार पारेको शब्दहरू अनुवाद सहितको अनुवाद सहयोग पढ्नु पर्ने छ ।

शब्दहरूको अनुवाद प्रयोग गर्नको लागि तल दिइएका चरणहरू अपनाउनुहोस्ः

१. कुनैपनि स्रोत पाठमा भएका महत्वपूर्ण शब्दहरू र हरेक अस्पष्ट वा बुझ्नलाई कठिन शब्दहरू पहिचान गर्नुहोस् । २. "शब्दहरू अनुवाद" भनिने खण्डमा हेर्नुहोस् । ३. तपाईंले पहिचान गरेका महत्वपूर्ण वा कठिन शब्दहरू पत्ता लगाउनुहोस् र पहिलोमा क्लिक गर्नुहोस् । ४. शब्दहरूको अनुवादमा दर्ता गरिएको उक्त शब्द पढ्नुहोस् । ५. परिभाषा पढिसकेपछि, शब्दहरू अनुवादमा तपाईंले जुन परिभाषा पढ्नु भएको थियो त्यो परिभाषाको बारेमा सोचेर बाइबल खण्डलाई फेरि पढ्नुहोस् । ६. त्यो शब्द तपाईंको भाषामा अनुवाद गर्नको लागि बाइबलको प्रसङ्गसँग र परिभाषासँग मेल खाने अनुवादका सम्भावित तरिकाहरू सोच्‍नुहोस् । तपाईंको भाषामा समान अर्थ दिने शब्द र वाक्यांशहरू तुलना गरेर प्रयोग गर्नु उपयोगी हुन्छ । ७. तपाईंले उत्तम ठान्‍नुभएको एउटा छान्‍नुहोस् र त्यसलाई लेख्नुहोस् । ८. तपाईंले पहिचान गरेका अरु शब्दहरू अनुवादको लागि माथिका चरणहरू दोहोर्‍याउनुहोस् । ९. जब प्रत्येक शब्दहरू अनुवादको लागि तपाईंसँग राम्रो तयारी हुन्छ त्यसपछि पूरै खण्ड अनुवाद गर्नुहोस् । १०. तपाईंले अनुवाद गर्नुभएको खण्ड अरुलाई पढ्न लगाएर परीक्षण गर्नुहोस् । जुन ठाउँमा खण्डको अर्थ अरूले बुझ्दैनन् त्यहाँ फरक शब्द वा वाक्यांशहरू राख्‍नुहोस् ।

एउटा शब्द अनुवादको लागि राम्रो अनुवाद पाएपछि तपाईंले यस अनुवादलाई अनुवाद अवधिभर लगातार प्रयोग गर्नुपर्छ । तपाईंले गरेको अनुवाद मेल खाएन भने पूरै प्रक्रियालाई फेरि सोच्‍नुहोस् । उस्तै अर्थ भएको शब्द नयाँ प्रसङ्गमा अझ राम्रोसँग मिल्न पनि सक्छ । तपाईंले प्रयोग गरेको हरेक शब्द अनुवादको जानकरी अनुवाद समूहमा हरेकलाई उपलब्ध गराउनको लागि त्यसको लगत राख्नुहोस् । यसले अनुवादमा कुन शब्द प्रयोग गर्नुपर्छ भन्‍ने कुरा जान्‍नको लागि अनुवाद समूहमा हरेकलाई सहयोग गर्ने छ ।

अज्ञात विचारहरू

कहिलेकाहीँ शब्द अनुवादले लक्षित भाषामा थाहा नभएको कुरालाई बताउँछ । यस्तो अवस्थामा वाक्यांशको व्याख्या गर्नु, केही उस्तै विकल्प दिने शब्द लेख्नु, अर्को भाषाको शब्द लेख्नु, एकदम साधारण शब्द प्रयोग गर्नु, वा धेरै विशिष्ट शब्दहरू प्रयोग गर्नु संभावित समाधान हो । अधिक जानकरीको लागि अज्ञात अनुवादहेर्नुहोस् ।

यहूदी र इसाई धार्मिक विश्वासहरू र वस्तुहरूलाई जनाउने 'थाह नभएका विचार' हुन् । केही थाह नभएका साझा विचारहरू यस प्रकार छन्ः

ठाउँका नामहरू जस्तै:

  • मन्दिर (एउटा भवन जहाँ इस्राएलीहरूले परमेश्वरलाई बलीहरू चढाउँथे ।)
  • सभाघर (एउटा भवन जहाँ यहूदीहरू परमेश्वरको आरधना गर्नको लागि भेला हुन्थे )
  • बली दिने वेदि (एउटा माथि उठाइएको संरचना जसमा परमेश्वरको लागि उपहार स्वरुप बलीहरू होम गरिन्थे ।)

एउटा कार्यलयमा मानिसहरूले पाएको पदहरू जस्तै:

  • पुजारी ( परमेश्वरलाई उसका मानिसहरूको तर्फबाट बलीहरू दिनको निम्ती चुनिएको कुनै व्यक्ती )
  • फरिसी (येशूको समयमा भएका इस्राएलका महत्वपूर्ण धार्मिक अगुवाहरू )
  • अगमवक्ता (मानिसहरू जसले परमेश्वरबाट आएका सन्देशहरू पुर्‍याउथे )
  • मानिसको पुत्र
  • परमेश्वरको पुत्र
  • राजा (एउटा स्वतन्त्र शहर, राज्य वा देशको शासक) ।

बाइबलका मुख्य अवधारणाहरू जस्तै:

  • क्षमा (कुनै मानिसहरूले गरेका हानिकारक कुराहरूले गर्दा उसँग नरिसाउनु वा दुःखित नहुनु )
  • मुक्ती (कुनै दुष्ट, शत्रुहरू वा खतरााबाट बचाइनु वा उद्वार पाउनु )
  • छुटकारा ( पहिले नै कब्जामा परेको कुनै चिज किनेर फिर्ता पाउनु )
  • दया (आवश्यकतामा परेका मानिसहरूलाई सहयोग गर्नु )
  • अनुग्रह ( कसैले नकमाएको कुरा उसलाई दिनु वा सहयोग गर्नु )

(यी सबै घटनाहरूलाई प्रतिनिधित्व गर्ने नामहरू हुन्, त्यसकारण तिनीहरूलाई क्रियाको अनुवाद गर्नुपर्ने हुनसक्छ ।)

तिनीहरूलाई अनुवाद गर्ने उत्तम अनुवादका तरिका पत्ता लगाउनको लागि तपाईंले अरू अनुवाद समूहका सदस्यहरू, मण्डली वा गाउँका मानिसहरूसँग यी शब्दहरू अनुवादको परिभाषाहरूको बारेमा छलफल गर्नुपर्ने हुनसक्छ ।