ne_ta/translate/resources-questions/01.md

7.5 KiB

आफूले अनुवाद गरेका प्रत्येक बाइबल खण्डको अर्थ आफ्नो खुबीले भ्याएसम्म त्यस बाइबल खण्डको लेखकले संचार गर्न खोजे अनुसारको छ भन्‍ने कुराको निश्‍चित गराउन सक्नु अनुवादकको कर्तव्य हो । यसो गर्नको लागि उसले बाइबल विद्वानहरूले तयार पारेका अनुवाद प्रश्‍नहरू सहितका अनुवाद सहयोगीहरूको अध्ययन गर्नुपर्छ ।

अनुवाद प्रश्‍नहरू ( अनुवाद प्रश्‍न ) यूएलटीको पाठमा आधारित हन्छन्, तर तिनीहरू हरेक बाइबल अनुवादलाई जाँच गर्न प्रयोग हुन सक्छन् । अनुवाद प्रश्‍नहरूले बाइबलका विषयवस्तुहरूको बारेमा प्रश्‍नहरू गर्छन् । यिनीहरू विभिन्‍न भाषाहरूमा अनुवाद गरिएका हन्छन् र यिनलाई परिवर्तन गर्न गर्नुहुँदैन । अनुवाद प्रश्‍नले प्रश्‍नहरूको साथै उक्त प्रश्‍नको लागि उत्तर सहितको सुझाब उपलब्ध गराउँछ । तपाईंले यी प्रश्‍न र उत्तरहरूका संग्रहहरूलाई आफ्नो अनुवादको शुद्धता जाँच गर्नको निम्ति प्रयोग गर्न सक्नुहुन्छ । तिनको प्रयोग भाषा समुदायका सदस्यहरूसँग पनि गर्न सक्नुहुन्छ ।

समुदायले गर्ने जाँचको अवधिमा अनुवादले लक्षित भाषामा ठिक कुरा स्पष्टसँग संचार गरिएको छ कि छैन भनेर जाँच गर्नको लागि अनुवाद प्रश्‍नले अनुवादकलाई सहायता गर्छ । समुदायका सदस्यले बाइबल पाठको अनुवाद सुनिसकेपछि प्रश्‍नहरूको ठिक जवाफ दिए भने अनुवाद स्पष्ट र ठिक हुन्छ ।

अनुवाद प्रश्‍नले अनुवादलाई जाँच गर्नु

अनुवाद प्रश्‍न प्रयोग गरेर अनुवादको जाँच आफैं गर्नको लागि, तल दिइएका चरणहरूको पालना गर्नुहोस्ः

१. बाइबलको एउटा खण्ड वा पाठ अनुवाद गर्नुहोस् । २. “प्रश्‍नहरू” भन्‍ने खण्डमा हेर्नुहोस् । ३. त्यो खण्डको लागि राखिएका प्रश्‍नहरूको लगत पढ्नुहोस् । ४. उक्त अनुवादबाट त्यसको उत्तर सोच्‍नुहोस् । अन्य बाइबल अनुवादहरूबाट तपाईंले जानेको कुराको आधारमा जवाफ दिने प्रयास नगर्नुहोस् । ५. उत्तर थाह पाउनको लागि प्रश्‍नमा क्लिक गर्नुहोस् । ६. यदि तपाईंको उत्तर ठिक छ भने तपाईंको अनुवाद राम्रो हुनसक्छ । तर सम्झनुहोस्, यसले अन्य व्यक्तिहरूलाई पनि उही अर्थ संचार गरेको छ कि छैन भनेर हेर्नको लागि तपाईंले यसलाई सम्वन्धित भाषाका समुदायसँग जाँच गर्नुपर्छ ।

समुदायमा गरिने जाँचमा अनुवाद प्रश्‍नहरूको प्रयोगको निम्ति तल दिइएका चरणहरू पालना गर्नुहोस्ः

१. भर्खरै अनुवाद सम्पन्‍न गरेको बाइबलको पाठ समुदयका एक वा धेरै सदस्यहरूलाई पढेर सुनाउनुहोस् । २. स्रोताहरूले बाइबलका अन्य अनुवादबाट थाह पाएको अर्थ होइन तर तिनीहरूले सुनेका अनुवादहरूबाट मात्र बुझेका प्रश्‍नहरूको उत्तर दिनलाई भन्‍नुहोस् । यो जाँच मानिसहरूको होइन तर अनुवादको हो । यस्तो जाँच गर्दा बाइबलको बारेमा धेरै ज्ञान नभएका मानिसहरूसँग अनुवादको जाँच गर्नु धेरै लाभदायक हुन्छ । ३. “प्रश्‍नहरू” भन्‍ने खण्डमा हेर्नुहोस् । ४. त्यो खण्डको लागि राखिएको पहिलो प्रश्‍नको लगत पढ्नुहोस् । ५. समुदायका सदस्यहरूलाई प्रश्‍नको उत्तर सोध्नुहोस् । उनीहरूलाई अनुवादबाट मात्र उत्तर सोच्‍‍नको लागि सम्झना दिलाउनुहोस् । ६. देखाइएको उत्तर थाह पाउनको लागि प्रश्‍नमा क्लिक गर्नुहोस् । यदि समुदयका सदस्यहरूले दिएको उत्तर र देखाइएको उत्तरमा धेरै समानता छ भने अनुवादले स्पष्टसँग ठिक कुराको संचार गरिरहेकको छ । तर व्यक्तिले प्रश्‍नको उत्तर ठिक तरिकाले दिन सक्दैन वा गलत उत्तर दियो भने अनुवादले राम्रोसँग संचार गरेको नहुनसक्छ र परिवर्तन गर्नुपर्ने हुनसक्छ । ७. पाठका अन्य प्रश्‍नहरूको पनि निरन्तर त्यसरी नै जाँच गर्न सकिन्छ ।