ne_ta/translate/resources-links/01.md

7.7 KiB

अनुवाद टिप्पणीहरूमा प्रयोग गरिने लिङ्कहरू दुई प्रकारका हुन्छन्ः एउटाले अनुवाद ऐकेडेमी शीर्षक पृष्ठमा लिङ्क गर्छ र अर्कोले त्यहि पुस्तक भित्रका दोहोरिएका शब्दहरू वा वाक्यांशहरूलाई सम्पर्क गर्छ।

अनुवाद ऐकेडेमी शीर्षकहरू

अनुवाद ऐकेडेमी शीर्षकहरू हरेकलाई हरेक ठाउँमा बाइबलका मुलभूत कुराहरूलाई उनीहरूको आफ्नै भाषामा कसरी अनुवाद गर्न सकिन्छ भनी सक्षम गराउन अभिप्रेरित हुन्छन् । तिनीहरू वेब साईट र अफलाइन मोबाइल भिडियो मार्फत सिक्ने समयमा उच्च लचकताको लागि अभिप्रेरित हुन्छन् ।

प्रत्येक अनुवाद टिप्पणीहरूले यूएलटीका वाक्यांशलाई पालना गर्छन् र त्यो वाक्यांशलाई कसरी अनुवाद गर्ने भनी तत्कालको लागि सहायता गर्छन् । कहिलेकाहीँ अनुवादको लागि सुझाबको अन्तमा दिईएको कोष्ठकमा जानकारी दिईएको हुन्छ जुन यस प्रकारको देखिनसक्छः (हेर्नुहोस् रुपक) । हरियोमा दिइएका शब्द वा शब्दहरू अनुवाद ऐकेडेमी शीर्षकमा भएका लिङ्क हुन् । शीर्षकको बारेमा धेरै जान्‍नको लागि लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।

अनुवाद ऐकेडेमी शीर्षक जानकारी पढ्नुका विविध कारणहरू छन्:

  • शीर्षकको बारेमा सिक्दा अनुवादकलाई सहि तरिकाले अनुवाद गर्न सहायता गर्छ ।
  • अनुवादका नियमहरू र रणनीतिहरूको आधारभुत बुझाइको लागि शीर्षकहरू छानिएका हुन्छन् ।

उदाहरणहरू

  • साँझ र विहान - यसले पूरै दिनलाई जनाउँछ । एउटा पूरा दिन जानाउनलाई दुईवटा भागहरू प्रयोग गरिएको हो । यहूदी संस्कृतिमा सूर्य अस्ताएपछि दिनको सुरुवात हुन्छ । (हेर्नुहोस् : कुनै एउटा पूर्ण कुरालाई जनाउने दुई विपरित शब्दहरू)
  • हिडिरहनु - “पालना गर्नु ” (हेर्नुहोस्: रुपक)
  • जानकारी गराउनु - “संचार गर्नु ” (हेर्नुहोस्: वाक्पद्धति)

पुस्तकमा दोहोरिएका वाक्यांशहरू

कहिलेकाहीँ एउटा पुस्तकमा धेरै पटक वाक्यांशको प्रयोग गरिन्छ । यस्तो अवस्थामा अनुवाद टिप्पणीहरूमा एउटा अध्याय र पद संख्याहरू भएको लिङ्क हरियो रङमा हुन्छ, त्यहाँ तपाईंले क्लिक गर्न सक्नुहुन्छ जसले तपाईंलाई वाक्यांशहरूको पहिले अनुवाद गर्नुभएको स्थानमा पुर्‍याउँछ । पहिले अनुवाद गरिएका शब्द वा वाक्यांशको अनुवाद भएको ठाउँमा जाने विविध कारणहरू हुन्छन् ।

  • पहिले त्यो वाक्यांशलाई कसरी अनुवाद गर्नुभएको थियो त्यो सम्झाएर यसले तपाईंलाई वाक्यांशको अनुवाद गर्नमा सजिलो बनाउँछ ।
  • यसले तपाईंको अनुवाद छिटो बनाउँछ र त्यसमा एकरुपता ल्याउँछ, किनकि यसले त्यो वाक्यांशको अनुवाद हरेक समान किसिमले गर्नलाई तपाईंलाई सम्झना दिलाउँछ ।

तपाईंले पहिले प्रयोग गरेको वाक्यांशको अनुवाद उस्तै अर्को नयाँ प्रसङ्गमा नमिल्न पनि सक्छ, यसरी नमिलेको खण्डमा तपाईंले यसलाई फरक तरिकाले अनुवाद गर्ने बारेमा सोच्‍नुपर्छ । यस्तो अवस्थामा तपाईंले यसको टिप्पणी बनाएर अनुवाद समूहका सदस्यहरूसँग यस विषयमा छलफल गर्नुपर्छ ।

यी लिङ्कहरूले तपाईंलाई तपाईंले काम गरिरहेको पुस्तकका टिप्पणीहरूमा लैजाने काम मात्र गर्छन् ।

उदाहरणहरू

  • फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै - यी आज्ञाहरूलाई उत्पत्तिमा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । उत्पत्ति १:२८.
  • जमिनमा घस्रने सबै वस्तु - यसले सबै प्रकारका जनावरहरूलाई जनाउँछ । यसलाई तपाईंले उत्पत्ति १:२५ मा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
  • उहाँमा आशिषित् हुने छन् - मा वैकल्पिक अनुवाद: “अब्रामको कारणले आशिषित् हुने छन् " वा आशिषित् हुने छन् किनकि मैले अब्रामलाई आशिषित् तुल्याएको छु।" "उनमा" लाई अनुवाद गर्नको लागि "तिमीद्वारा" लाई कसरी अनुवाद गर्नुभएको छ त्यसलाई उत्पत्ति १२:३ मा हेर्नुहोस् ।