ne_ta/translate/resources-connect/01.md

10 KiB

विवरण

कहिलेकाँही टिप्पणीहरूको सूचीको शीर्ष स्थानमा सम्बन्धवाचक अभिव्यक्ति वा सामान्य जानकारी टिप्पणीहरू हुन्छन् ।

सम्बन्धवाचक अभिव्यक्ति ले धर्मशास्त्रको कुनै एउटा खण्ड त्यो भन्दा पहिलेको अर्को खण्डसँग कसरी सम्बन्धित छ भन्‍ने कुरा देखाउँछ । सम्बन्धवाचक अभिव्यक्तिमा भएका केही जानकारी यस प्रकार दिइएका छन् ।

  • यो खण्ड नुच्छेदको शुरुमा वा मध्यमा वा अन्तमा कहाँ छ
  • को बोलिरहेको छ
  • वक्ता कोसँग बोलिरहेको छ

सामान्य जानकारी टिप्पणीले एक भन्दा धेरै वाक्यांशलाई समेट्ने कुनै एउटा खण्डमा भएका विषयहरूको बारेमा बताउँछ । तल दिइएका केही सुचनाका प्रकारहरू हुन जुन सामान्य जानकारी विवरणमा देखिन्छन् ।

  • सर्वनामको रूपमा उल्लेख भएका व्यक्ति वा वस्तु
  • महत्वपूर्ण पृष्ठभूमि अथवा त्यो खण्डमा बुझ्‍न आवश्यक अप्रत्यक्ष जानकारी
  • तार्किक कुराहरू र निष्कर्ष

दुबै प्रकारका टिप्पणीहरूले खण्ड राम्रोसँग बुझ्‍न र अनुवादका सवालहरूलाई सम्बोधन गर्न सचेत गराउँछन् ।

उदाहरणहरू

यो टुक्रा यात खण्डको शुरु वा निरन्तरता वा खण्डको अन्तमा हुन्छ

आफ्ना बाह्रै जना चेलाहलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसकेपछि उहाँ गालिलको शहरहरूतिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो । बप्तिसमा दिने यूहन्‍ना कैदमा थिए । ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने । अनि यूहन्‍नाले आफ्ना चेलाहरूलाई येशू कहाँ पठाए । यूहन्‍नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्‍नाले आउनुहुनेछ भन्‍नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?” (मत्ती ११:१-३)

  • सामान्य जानकारी: - यो कथाको नयाँ भागको शुरुवात हो जहाँ लेखकले येशूले बप्तिसमा दिने यूहन्‍नाका चेलाहरूलाई कसरी प्रतिक्रिया दिनुभयो भनेर बताउँछ । (हेर्नुहोस्: नयाँ घटनाको परिचय*)

यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवातको जानकारी गराउँदछ जसले अनुवाद सम्बन्धित नयाँ घटनाहरू र सवालहरूको बारेमा अधिक जानकारी दिने पृष्ठको जानकारी दिन्छ ।

को बोलिरहेको छ

१७"किनकि ऊ हामी मध्येको एक भएको थियो । र यहि सेवामा त्यसले हिस्सा पाएको थियो ।" १८ (त्यस मानिसले अर्धमको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुण्टो भई खस्यो र त्यसको भुँडी फुँट्यो, र त्यसको सबै आन्द्रा भुँडी निस्के । १९ यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाह भयो । त्यो जग्गाको नाउँ तिनीहरूको आफनो भाषामा आखेल्दामा राखियो, अर्थात रगतको खेत।) (प्रेरित १:१७-१९)

  • सम्बन्धवाचक अभिव्यक्ति: - पत्रुसले विश्‍वासीहरूसँग प्रेरित १:१६ मा शुरु गरेको आफ्नाो भाषणलाई निरन्तरता दिन्छन् । प्रेरित १:१६

पद १७ मा पत्रुस अझै बोलिरहेका छन् भन्‍ने कुरा टिप्पणीले बताउँछ । त्यसकारण तपाईंले त्यसलाई आफनो भाषामा ठिक तरिकाले यसलाई जनाउनुहोस् ।

सर्वनामको रूपमा उल्लेख भएका व्यक्ति वा वस्तु

२० र यशैयाले साहसपूर्वक भन्दछन्, "मलाई नखोज्‍‍नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूकहाँ मैले आफैलाई प्रकट गरेको छु ।" २१ तर इस्राएलको विषयमा तिनी भन्दछन्, "दिनभरि नै अटेरी र बिरोधि मानिसहरूप्रति मैले मेरो हात पसारेको छु ।" (रोमी १०:२०-२१)

  • सामान्य जानकारी: - यहाँ “म,” “मलाई,” र “मेरो” शब्दहरूले परमेश्‍वरलाई जनाउँछन् ।

यस टिप्पणीले सर्वनामले उल्लेख गरेको कुरा के हो भन्‍ने जानकारी तपाईंलाई गराउँदछ । यशैयाले आफैँउलाई नभइ परमेश्‍वरलाई जनाउनको निम्ति यसको प्रयोग गरेका हुन् भन्‍ने कुरा जनाउनलाई यो सर्वनामको प्रयोग गरेका हुन् भन्‍ने जनाउनलाई तपाईंले केही थप्‍नुपर्ने हुनसक्छ ।

महत्वपूर्ण पृष्ठभूमि अथवा अप्रत्यक्ष जानकारी

२६"परमेश्‍वरका एकजना दुतले फिलिपलाई भने,“झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ । त्यहाँ मरुभुमिको बाटो छ ।" २७ अनि फिलिप उठेर गए र एक इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाअिधकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए । उनी यरूशलेमा आराधना गर्न गएका थिए । ( प्रेरित ८:२६-२८)

  • सामान्य जानकारी: - यो फिलिप र इथियोपियाली मानिसको बारेमा लेखिएको कथाको एउटा शुरुवाती भाग हो । (हेर्नुहोस्: पृष्ठभूमि)

यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवात र केही पृष्ठभूमिको बारेमा जानकारी गराउँदछ । ताकि तपाईं यी कुराहरूको बारेमा सचेत हुनुहोस् र यिनीहरूलाई आफ्नाो भाषामा प्रयोग गरेर देखाउन सक्‍नुहोस् । तपाईंले यस्ता प्रकारका जानकारीको अनुवाद गर्ने बारेमा जान्‍न सक्नुभएको होस् भनेर यस टिप्पणीमा पृष्ठभूमिको लिङ्‍क पनि समावेश गरिएको हुन्छ ।