ne_ta/translate/qualifications/01.md

6.7 KiB

अनुवादक वा अनुवाद टोलीका दक्षताहरू

अनुवादन टोलीका सदस्यहरू हुने मानिसहरू चुन्‍ने समयमा अनुवादमा संलग्‍न हुने मण्‍डली सञ्‍जालका अगुवाहरूले निम्‍न दिइएका प्रश्‍नहरूलाई मनन गर्नुपर्छ । बाइबल वा खुला बाइबल कथाहरूलाई सफलतापूर्वक अनुवाद गर्नमा मण्‍डली र समुदायका अगुवाहरूले चुनेका मानिसहरू सक्षम हुनेछन् वा छैनन् भनेर थाहा गर्नमा यी प्रश्‍नहरूले तिनीहरूलाई सहायता गर्नेछन् ।

१. के उक्त व्यक्ति लक्षित भाषाको अति उत्तम वक्ता हुन् भनेर जानिएको छ ? उक्त व्यक्तिले लक्षित भाषालाई धेरै राम्ररी बोल्‍न जान्‍नु महत्त्वपूर्ण हुन्छ ।

  • के यस व्यक्तिले लक्षित भाषालाई राम्ररी पढ्न र लेख्‍न सक्‍छ ?
  • के सो व्यक्ति उसको वा उनको अधिकांश जीवन त्यस भाषा समुदायमा रहँदै आएको छ ? त्यस भाषा क्षेत्रबाट लामो समयावधिका लागि टाढा बसेको कोही व्यक्तिलाई स्वभाविक तवरको अनुवाद गर्नलाई कठिनाइ हुन सक्‍छ ।
  • यस व्यक्तिले ती मानिसहरूको भाषा बोल्‍ने तरिकालाई के तिनीहरूले कदर गर्छन् ?
  • प्रत्येक अनुवादकको उमेर र स्थानीय भाषाको पृष्‍ठभूमि के हो ? सामान्यतया त्यस भाषा क्षत्रबाटका विभिन्‍न स्थानहरू र विभिन्‍न उमेरका मानिसहरू हुँदा असल हुन्छ, किनभने विभिन्‍न स्थानहरू र उमेरका मानिसहरूले भाषालाई फरक‍-फरक ढङ्गले प्रयोग गर्न सक्‍छन् । तब यी मानिसहरू विभिन्‍न कुराहरूको विषयमा भन्‍नलाई तिनीहरू सबैलाई असल लाग्‍ने कुनै एउटा तरिकामा सहमत हुन जरुरी छ ।

२. के उक्त व्यक्तिसँग स्रोत भाषाको धेरै राम्रो बुझाइ छ ?

  • तिनीहरूले कुन तहको शिक्षा हासिल गरेका छन्, र तिनीहरूले स्रोत भाषामा कसरी कौशलता प्राप्‍त गरेका छन् ?
  • यस व्यक्तिसँग स्रोत भाषा बोल्‍नका लागि चाहिँदो कौशलता छ अनि दिइएका टिप्‍पणीहरू वा अन्य व्याख्यात्मक सहयोगी सामग्रीहरूको प्रयोग गर्नलाई पर्याप्‍त शिक्षा छ भनेर ख्रीष्‍टियन समुदायले पहिचान गर्छ ?
  • के उक्त व्यक्तिले स्रोत भाषामा धाराप्रवाह र बुझाइका साथ पढ्न र लेख्‍न सक्‍छ ?

३. के उक्त व्यक्ति समुदायमा ख्रीष्‍टको एक अनुयायीको रूपमा सम्‍मानित छन् ? अरूहरूबाट उसको वा उसनको अनुवादको काम सम्बन्धि दिइएका सुझावहरू र सुधारहरू सुन्‍नलाई नम्र र इच्‍छुक हुनुपर्छ । सो व्यक्ति सधैँ अरूहरूबाट सिक्‍नका लागि राजी हुनुपर्छ ।

  • तिनीहरू कति लामो समयदेखि ख्रीष्‍टियन हुँदै आएका छन्, र के तिनीहरू आफ्‍नो ख्रीष्‍टियन समुदायसँग असल सम्बन्धमा छन् ?
  • एक चेलाको रूपमा यस व्यक्तिले आफैँलाई कसरी ख्रीष्‍टको निमित्त प्रतिबद्ध भएको देखाएका छन् ? बाइबल अनुवाद कठिन हुन्छ, थुप्रै परिमार्जनहरू गर्नुपर्छ, र कामप्रतिको समर्पणता आवश्‍यक हुन्छ ।

अनुवादकहरूले केही समय काम गरेपश्‍चात, तिनीहरूले राम्ररी काम गरिरहेका छन् भनेर अनुवाद समितिले सुनिश्‍चित गर्न जरुरी हुनेछ । तिनीहरूले निम्‍न कुरा सोध्‍न सक्‍छन्ः

  • के तिनीहरूको कामले तिनीहरूका सङ्गी अनुवादकहरू र स्थानीय मण्‍डली अगुवाहरूका अपेक्षाहरूलाई पूरा गर्छन् ? (के अनुवादक अरूहरूको अनुवादको परीक्षण वा जाँच गर्नलाई तिनीहरूसँग काम गर्न राजी भइरहेका छन् ?)