ne_ta/translate/guidelines-sonofgod/01.md

7.3 KiB

परमेश्‍वर एक हुनुहुन्छ, र उहाँ पवित्र त्रिएकको रूपमा रहनुहुन्छ, अर्थात् पिता, पुत्र, र पवित्र आत्माको रूपमा

त्यहाँ एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ ।

पुरानो करारमाः

यहवे, उहाँ परमेश्‍वर हुनुहुन्छ; त्यहाँ अरू कुनै परमेश्‍वर छैन ! (१ राजा ८:६० यूएलटी)

नयाँ करारमाः

येशूले भन्‍नुभयो, ... “अनन्त जीवन यो होः कि तिनीहरूले तपाईंलाई जानून्, एकमात्र साँचो परमेश्‍वर” । (यूहन्‍ना १७:३ यूएलटी)

(यसलाई पनि हेर्नुहोस्ः व्यवस्था ४:३५, एफिसीहरू ४:५-६, १ तिमोथी २:५, याकूब २:१९)

पुरानो करारले परमेश्‍वरका तीन व्यक्तिहरूलाई प्रकट गर्न थाल्छ ।

परमेश्‍वरले स्वर्गहरू बनाउनुभयो ... परमेश्‍वरको आत्मा यताउता गरिरहनुभएको थियो ... “आऔँ हामी मानिसलाई हाम्रै स्वरूपमा बनाऔँ ।” (उत्पत्ति १:१-२ यूएलटी)

परमेश्‍वर हामीसँग पुत्रद्वारा बोल्‍नुभएको छ ... उहाँद्वारा उहाँले ब्रह्‌माण्‍ड पनि बनाउनुयो । उहाँको पुत्र उहाँको महिमाको चमक हुनुहुन्छ, उहाँको सारतत्त्वको खास चरित्र ... पुत्रको बारेमा उहाँले भन्‍नुहुन्छ, “आदिमा, हे प्रभु, तपाईंले पृथ्‍वीको जग बसाल्‍नुभयो; स्वर्गहरू तपाईंको हातका काम हुन् ।” (हिब्रूहरू १:२-३, अनि ८-१० यूएलटी भजनसङ्ग्रह १०२:२५ को उद्धरण)

परमेश्‍वर तीन भिन्दाभिन्दै व्यक्तिहरूमा रहनुहुन्छ भनेर पुष्‍टि गरेर नयाँ करारले परमेश्‍वरको बारेमा के भन्‍छ भन्‍ने कुरालाई बताउन आवश्‍यक भएको मण्‍डलीले पाएको छ, तीन व्यक्तिहरू हुनुहुन्छः पिता, पुत्र, अनि पवित्र आत्मा ।

येशूले भन्‍नुभयो, “ ... तिनीहरूलाई पिताको, पुत्रको, अनि पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ ।” (मत्ती २८:१९ यूएलटी)

परमेश्‍वरले उहाँको पुत्र पठाउनुभयो , एक स्‍त्रीबाट जन्मनुभएको, ... परमेश्‍वरले उहाँको पुत्रको आत्मा हाम्रा हृदयहरूमा पठाउनुभयो, जसले, “अब्‍बा, पिता भनेर बोलाउनुहुन्छ ।” (गलातीहरू ४:४-६ यूएलटी)

यसलाई पनि हेर्नुहोस्ः यूहन्‍ना १४:१६-१७, १ पत्रुस १:२

परमेश्‍वरको हरेक व्यक्ति पूर्ण रूपमा परमेश्‍वर हुनुहुन्छ र बाइबलमा “परमेश्‍वर” कहलाइनुहुन्छ ।

तापनि हाम्रो लागि लागि एकमात्र परमेश्‍वर पिता ... हुनुहुन्छ (१ कोरिन्थीहरू ८:६ यूएलटी)

थोमाले जवाफ दिए र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्‍वर ।” येशूले तिनलाई भन्‍नुभयो, “किनभने तिमीले मलाई देखेका छौ, तिमीले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, तापनि विश्‍वास गरेका छन् ।” (यूहन्‍ना २०:२८-२९ यूएलटी)
तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झूट बोल्‍न र जमिनको दामको अंश आफैँसँग राख्‍न शैतानले तिम्रो हृदय किन भरिदिएको छ ? ... तिमीले मानिसहरूसँग झूट बोलेका छैनौ, तर परमेश्‍वरसँग झूट बोलेका छौ ।” (प्रेरितहरू ५:३-४ यूएलटी)

हरेक व्यक्ति अरू दुई व्यक्तिहरूबाट भिन्‍नै पनि हुनुहुन्छ । सबै तीन व्यक्तिहरू एकै समयमा छुट्टाछुट्टै देखा पर्न सक्‍नुहुन्छ । तल दिइएका पदहरूमा, परमेश्‍वर आत्मा तल ओर्लनुहुँदा परमेश्‍वर पुत्रको बप्‍तिस्मा हुन्छ र परमेश्‍वर पिताले स्वर्गबाट बोल्‍नुहुन्छ ।

उहाँको बप्‍तिस्मा भइसकेपछि, येशू पानीबाट माथि आउनुभयो ... उहाँले परमेश्‍वरको आत्मालाई तल आउँदै गर्नुभएको देख्‍नुभयो, र स्वर्गबाट एउटा आवाज [पिताको] यसो भन्दै आयो, “यिनी मेरा प्रिय पुत्र हुन् ... ” (मत्ती ३:१६-१७ यूएलटी)