ne_ta/translate/first-draft/01.md

5.0 KiB

कसरी सुरु गर्ने?

  • तपाईंले अनुवाद गर्न लाग्‍नुभएको खण्डलाई बुझ्‍नको निम्ति र तपाईंको भाषामा त्यसलाई असल तरिकाले अनुवाद गर्न परमेश्‍वरले मदत गर्नुभएको होस् भनेर प्रार्थना गर्नुहोस् ।
  • यदि तपाईंले खुला बाइबल कथाहरू अनुवाद गरिरहनुभएको छ भने अनुवाद गर्नु अगाडि सम्पूर्ण कथालाई पढ्नुहोस् । यदि तपाईंले बाइबलको अनुवाद गरिरहनुभएको छ भने अध्यायको कुनै खण्डलाई अनुवाद गर्नको निम्ति सम्पूर्ण अध्यायलाई पढ्नुहोस् । यसो गर्नाले तपाईंले अनुवाद गर्न लाग्‍नुभएको खण्ड वृहत्तर सन्दर्भमा कसरी मेल खान्छ भन्‍ने कुरा तपाईंले बुझ्‍नुहुने छ र तपाईंले त्यसलाई अझ राम्ररी अनुवाद गर्न सक्नुहुने छ ।
  • तपाईंले अनुवाद गर्नको निम्ति योजना बनाउनुभएको खण्डलाई तपाईंसँग भएका सबै अनुवादहरूमा पढ्नुहोस् । यदि तपाईंले अनुवाद स्टुडियोको प्रयोग गर्दै हुनुहुन्छ भने त्यसमा कम्तिमा पनि दुई बाइबल पाठहरू दिइएका छन्, unfoldingWord Literal Text (ULT) र he unfoldingWord Simplified Text(UST)। यूएलटीले तपाईंलाई मूल पाठको स्वरूप हेर्न मदत गर्छ भने यूएसटीले मूल पाठको अर्थ बुझ्‍न मदत गर्छ । तपाईंको भाषा बोल्ने मानिसहरूले बुझ्‍नेगरी अर्थको अनुवाद कसरी गर्ने भन्‍ने बारेमा सोच्‍नुहोस् ।
  • तपाईंसँग भएका उक्त खण्डसँग सम्बन्धित बाइबल सहायता सामाग्रीहरू वा टिप्पणीहरू पढ्नुहोस् ।
  • तपाईंले अनुवाद गर्नको लागि योजना बनाउनुभएको खण्डको निम्ति अनुवाद टिप्पणीहरू पढ्नुहोस् ।
  • तपाईंले अनुवाद गर्न लाग्‍नुभएको पाठमा हाइलाइट गरिएका सबै शब्दहरूको निम्ति शब्द अनुवादमा भएका महत्त्वपूर्ण शब्दहरूको परिभाषाहरू पढ्नुहोस् ।
  • अनुवाद समूहमा भएका अन्य व्यक्तिहरूसँग खण्ड, अनुवाद टिप्पणीहरू र शब्द अनुवादको बारेमा छलफल गर्नुहोस् ।
  • खण्डले भनेको कुरा राम्ररी बुझिसकेपछि तपाईंको भाषा बोल्ने कुनै व्यक्तिले उच्च स्वरमा भनेजस्तै गरी उच्च स्वरमा पढ्नुहोस् । सम्भव भए अनुवाद समूहको अर्को सदस्यलाई पढेर सुनाउनुहोस् । तपाईंको भाषामा राम्रो नसुनेसम्म त्यसलाई सच्याउनुहोस् । तपाईंको भाषामा स्वभाविक सुनिन्‍न भने स्रोत पाठको शब्दक्रमलाई नपच्छ्याउनुहोस् । यसको निम्ति उक्त खण्डलाई स्रोत पाठमा नहेरी भन्‍नुहोस् । यसले खण्डलाई आफ्नो भाषामा स्वभाविक रूपले व्यक्त गर्न तपाईंलाई मदत गर्छ । त्यसपछि त्यसलाई अनुवाद स्टुडियोमा टाइप गर्नुहोस् ।