ne_ta/translate/figs-order/01.md

5.9 KiB

वर्णन

धेरैजसो भाषाहरूमा वाक्यका शब्दहरूलाई क्रममा राख्‍ने प्रक्रिया सामान्य नै हुन्छ । सबै भाषामा एउटै तरिकाले शब्दलाई क्रममा राखिँदैन । अनुवादकहरूले आफ्नो भाषाको शब्दयोजनाको बारेमा थाहा पाउनुपर्छ ।

वाक्यका प्रमूख भागहरू

धेरैजसो वाक्यहरूमा तीन महत्त्वपूर्ण भागहरू हुन्छन्ः कर्ता, कर्म र क्रिया । कर्ता र कर्म प्रायः नामहरू (अर्थात्, व्यक्ति, ठाउँ वा विचार) वा सर्वनामहरू हुन्छन् । क्रियाहरूले काम वा कुनै कुरा हनुलाई जनाउँछ ।

कर्ता

वाक्य केको बारेमा हो त्यो बताउने काम कर्ताले गर्छ । यसले कुनै कार्यलाई जनाउँछ । कर्ता सक्रिय हुनसक्छ र यसले काम गर्छ उदाहरण, गाउनु, काम गर्नु वा सिकाउनु ।

  • पत्रुसले राम्ररी गीत गाउँछ ।

यदि कुनै व्यक्ति, ठाउँ र विचारको निम्ति केही गरिन्छ भने त्यो पनि कर्ता नै हो ।

  • पत्रुसलाई असल खानेकुरा दिइयो ।

कर्ताको वर्णन गर्न सकिन्छ वा यो कुनै अवस्था को रूपमा पनि आउनसक्छ, उदाहरणको लागि, खुसी, दुःखी, वा रिस ।

  • अग्लो छ
  • केटो खुसी छ ।

कर्म

कर्ताले जसको निम्ति कुनै कुरा गर्छ त्यसलाई कर्म भनिन्छ ।

  • पत्रुसले भकुण्डोलाई हिर्कायो ।
  • पत्रुसले एउटा पुस्तक पढ्यो ।
  • पत्रुसले राम्ररी गीत गायो ।
  • पत्रुसले असल खानेकुरा खायो ।

क्रिया

क्रियाले कार्य वा हुनुको भावलाई जनाउँछ ।

  • पत्रुसले राम्ररी गीत गाउँछ
  • पत्रुसले गीत गाउँदै छ
  • पत्रुस अग्लो

प्राथमिक शब्दयोजना

सबै भाषाका आफ्नै प्राथमिक शब्दयोजना हुन्छ । तल दिइएको "पत्रुसले हान्छ भकुण्डो" मा कर्ता, क्रिया र कर्मको शब्दयोजनाको प्रयोग गरिएको छ । केही अङ्‍ग्रेजी लगायतका केही भाषाहरूमा यो क्रमको प्रयोग गरिन्छ ।

  • पत्रुसले हान्छ भकुण्डो ।

नेपाली लगायत अन्य भाषामा यो क्रम फरक (कर्ता-कर्म-क्रिया) हुन्छ ।

  • पत्रुसले बल हान्छ ।

अन्य केही भाषाहरूमा क्रिया-कर्ता-कर्म हुन्छ ।

  • हान्छ पत्रुसले बल ।

शब्दयोजनामा परिवर्तन

निम्‍न अवस्थामा शब्दयोजना परिवर्तन हुनसक्छः

  • प्रश्‍न वा आदेशमा
  • कुनै कुरा हुनुको अवस्था वा भावको वर्णन गर्दा (ऊ खुसी छ । ऊ अग्लो छ ।)
  • सर्त त्यक्त गर्ने वाक्य वा "यदि" भएको वाक्यमा
  • स्थान आएको अवस्थामा
  • समय आएको अवस्थामा
  • कवितामा

निम्‍न अवस्थामा पनि शब्दयोजना परिवर्तन हुनसक्छ

  • वाक्यको कुनै भागमा बढी जोड दिनु परेमा
  • वाक्य कर्ताको बारेमा नभइ अर्कै कुराको बारेमा भएको अवस्थामा

अनुवाद रणनीतिहरू

  • आफ्नो भाषाको शब्दयोजना थाहा गर्नुहोस् ।
  • परिवर्तन गर्ने कुनै निश्‍चित कारण नभएको अवस्थामा बाहेक अन्य अवस्थामा आफ्नो भाषाको प्राथमिक शब्दयोजनाको प्रयोग गर्नुहोस् ।
  • स्वभाविक लाग्‍ने गरी वाक्यको अर्थ सही र स्पष्ट हुनेगरी अनुवाद गर्नुहोस् ।