ne_ta/translate/figs-nominaladj/01.md

5.3 KiB

वर्णन

केही भाषामा विशेषणको प्रयोग उक्त विशेषणले वर्णन गर्ने वस्तुहरूको वर्गलाई जनाउनको लागि प्रयोग गरिन्छ । यस्तो अवस्थामा यसले नामको कार्य गर्छ । उदाहरणको लागि "धनी" विशेषण हो । "धनी" शब्द विशेषण हो भन्‍ने दुई उदाहरणहरू यस प्रकार छन्ः

... धनी मानिसका धेरै भेडाबाख्राका बगाल र गाई-गोरुका बथान थिए ... (२ शमुएल १२:२ )

"धनी" शब्द "मानिस" को अगाडि आएर यसले "मानिस"को वर्णन गरेको छ ।

त्‍यो अब उप्रान्‍त धनी हुने छैन, र उसको सम्‍पत्ति रहने छैन । ... (अय्यूब १५:२९ )

विशेषण "धनी" क्रियापद "हुने" को पछि आएको छ र यसले सर्वनाम "त्यो" को वर्णन गरेको छ ।

तल दिइएको शब्द "धनी" ले नामको पनि काम गरेको छ ।

धनीले आधा-शेकेलभन्‍दा बढी र गरीबले त्‍यसभन्‍दा कम नदेओस्‌ । (प्रस्थान ३०:१५ )

प्रस्थान ३०:१५ मा भएको "धनी" शब्दले नामको काम गरेको छ र यसले धनी मानिसहरूलाई जनाएको छ । "गरीब" शब्दले पनि नामको काम गरेको छ र गरीब मानिसहरूलाई जनाएको छ ।

यो अनुवादको विषय हुनुको कारण

  • बाइबलका धेरै पटक मानिसहरूको समूहलाई जनाउनको लागि विशेषणहरूलाई नामको रूपमा प्रयोग गरिएको छ ।
  • केही भाषामा यसरी विशेषणहरूको प्रयोग गरिँदैन ।
  • कुनै पनि खण्डले मानिसहरूको समूहको बारेमा नभइ कुनै निश्‍चित व्यक्तिको बारेमा बताइरहेको छ भनेर यी भाषाका पाठकहरूले बुझ्‍न सक्छन् ।

बाइबलबाट उदाहरणहरू

दुष्‍टहरूको राजदण्‍ड धर्मीका निम्‍ति राखिएको देशमा रहने छैन, (भजनसङ्ग्रह १२५:३ )

यहाँ प्रयोग गरिएको "धर्मी" शब्दले कुनै एक धर्मी व्यक्तिलाई नभइ धर्मी मानिसहरूलाई जनाउँछ ।

धन्‍य नम्रहरू, किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउने छन्‌ । (मत्ती ५:५ )

यहाँ प्रयोग गरिएको "नम्र" शब्दले नम्र मानिसहरूको समूहलाई जनाउँछ ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा विशेषणलाई नामको रूपमा प्रयोग गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि यसको प्रयोग गर्दा अनौठो सुनिन्छ वा सन्देश स्पष्ट हुँदैन भने अर्को विकल्प यहाँ दिइएको छः

१. उक्त विशेषणलाई व्याख्या गर्ने नामसँग विशेषणको प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. उक्त विशेषणलाई व्याख्या गर्ने नामसँग विशेषणको प्रयोग गर्नुहोस् ।

  • दुष्‍टहरूको राजदण्‍ड धर्मीका निम्‍ति राखिएको देशमा रहने छैन, (भजनसङ्ग्रह १२५:३ )
    • दुष्‍टहरूको राजदण्‍ड धर्मी मानिसहरूका निम्‍ति राखिएको देशमा रहने छैन,
  • धन्‍य नम्रहरू ... (मत्ती ५:५ )
    • धन्‍य नम्र मानिसहरू ...