ne_ta/translate/figs-informremind/01.md

12 KiB

केही भाषाहरूमा कुनै नामको बारेमा जानकारी दिन वा त्यसको बारेमा मानिसहरूलाई सम्झना दिलाउनको निम्ति नामसँग एउटा शब्द वा वाक्यांशको प्रयोग गरिन्छ ।

  • मरियमले आफ्नी दिदीलाई केही खाना दिइन्, जो धेरै धन्यवादी थिइन्

"जो धेरै धन्यवादी थिइन्" भन्‍ने वाक्यांशले "दिदी" शब्दको बारेमा भन्छ र मरियमले खाना दिँदा उनले कस्तो प्रतिक्रिया जनाइन् भन्‍ने कुराको जानकारी दिन्छ । यसले मरियमका अरू दिदी बहिनीहरूको बारेमा बताउँदैन । यसले सामान्य रूपमा उक्त दिदीको बारेमा मात्र थप जानकारी दिन्छ ।

वर्णन

केही भाषाहरूमा कुनै नामको बारेमा थप जानकारी दिन वा त्यसको बारेमा सम्झना दिलाउनको निम्ति नामसँग एउटा शब्द वा वाक्यांशको प्रयोग गरिन्छ ।

  • मरियमले आफ्नी दिदीलाई केही खाना दिइन्, जो धेरै धन्यवादी थिइन्

"जो धेरै धन्यवादी थिइन्" भन्‍ने वाक्यांशले "दिदी" शब्दको बारेमा भन्छ र मरियमले खाना दिँदा उनले कस्तो प्रतिक्रिया जनाइन् भन्‍ने कुराको जानकारी दिन्छ । यसले मरियमका अरू दिदी बहिनीहरूको बारेमा बताउँदैन । यसले सामान्य रूपमा उक्त दिदीको बारेमा मात्र थप जानकारी दिन्छ ।

यी वाक्यांशहरू प्रयोग गर्नुको कारण: मानिसहरूले अक्सर गरेर सम्झना दिलाउने र जानकारी दिने कार्यलाई कमजोर तरिकाले प्रस्तुत गर्छन् । स्रोताहरूले तिनीहरूले सुनिरहेको कुनै कुरामा धेरै ध्यान दिऊन् भनेर तिनीहरूले यसो गर्छन् । माथि दिएको उदाहरणमा, मरियमले गरेको कुरामा ध्यान दिएको वक्ता चाहन्छन्, दिदीले दिएको प्रतिक्रियामा होइन ।

यो अनुवादको विषय हुनुको कारण: कुराकानी वा संचार गरिएको कुराको कुन भागमा धेरै ध्यान दिनुपर्छ भन्‍ने कुरा जनाउनको लागि भाषाहरूले विभिन्‍न तरिका अपनाउँछन् ।

अनुवाद रणनीतिहरू

  • यदि तपाईंको भाषामा नयाँ जानकारी दिन वा सम्झना दिलाउनको लागि नामसँग वाक्यांशहरूको प्रयोग गरिन्‍न भने त्यो जानकारी वा सम्झना दिलाउने कुरालाई वाक्यको अर्को खण्डमा समावेश गर्न सक्‍नुहुन्छ ।
  • यसलाई कमजोर तरिकाले प्रस्तुत गर्ने प्रयास गर्नुहोस् ।
  • आफैंलाई सोध्‍नुहोस्ः हाम्रो भाषामा जानकारीलाई कसरी बलियो तरिकाले प्रस्तुत गर्छौँ, र कसरी कमजोर तरिकाले प्रस्तुत गर्छौँ ?

बाइबलबाट उदाहरणहरू

तेस्रो नदीको नाउँ टाइग्रिस हो । यो अश्‍शूरको पूर्वतिर बग्छ (उत्पत्ति २:१४ )

टाइग्रिस नदि एउटा मात्र छ । "यो अश्शूरको पूर्वतिर बग्छ" वाक्यांशले टाइग्रिस नदि कता पर्छ भन्‍ने बारेमा थप जानकारी दिन्छ । मूल पाठकहरूको लागि यो उपयोगी हुनसक्थ्यो किनकि तिनीहरूलाई अश्शूर कता पर्छ भन्‍ने थाहा थियो ।

मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु ।” (उत्पत्ति ६:७ )

"मैले सृष्‍टि गरेको" वाक्यांशले परमेश्‍वर र मानिस बिचको सम्बन्धलाई सम्झना दिलाउँछ । यही कारणले गर्दा मानिसलाई पृथ्वीबाट मेट्ने अधिकार उहाँसँग छ ।

नोपमा भएका बेकम्मा प्रतिमाहरूको अन्‍त्‍य गरिदिनेछु ।(इजकिएल ३०:१३ )

सबै प्रतिमाहरू बेकम्मा हुन् । त्यसैले परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्छु भन्‍नुभयो ।

... किनकि तपाईंका धार्मिक नियमहरू उत्तम छन्‌ ।(भजनसङ्ग्रह ११९:३९ )

परमेश्‍वरका सबै नियमहरू धार्मिक छन् । यसैले भजनसङ्ग्रहका लेखकले तिनीहरू उत्तम छन् भनेर लेखे ।

अनुवादका रणनीतिहरू

नामसँग प्रयोग गरिएको वाक्यांशको उद्देश्य मानिसहरूले बुझ्‍छन् भने त्यसलाई नामसँग प्रयोग गर्नुहोस् । बुझ्दैनन् भने जानकारी दिन वा सम्झना दिलाउन प्रयोग गरिने वाक्यांशको प्रयोग गरिने अन्य रणनीतिहरू छन् ।

१. उक्त जानकारीलाई वाक्यको अन्य भागमा राख्‍नुहोस् र यसको उद्देश्य देखाउने शब्दहरू थप गर्नुहोस् । २. उक्त जानकारीलाई कमजोर तरिकाले व्यक्त गर्ने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् । एउटा सानो शब्द जोडेर वा स्वरलाई बदलेर यसो गर्न सकिन्छ । कहिलेकाहीँ स्वरमा आएको परिवर्तनलाई कोष्ठक वा अर्धविराम जस्ता विराम चिन्हहरूको प्रयोग गरेर देखाउन सकिन्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. उक्त जानकारीलाई वाक्यको अन्य भागमा राख्‍नुहोस् र यसको उद्देश्य देखाउने शब्दहरू थप गर्नुहोस् ।

  • व्‍यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु (भजनसङ्ग्रह ३१:६ ) - "व्यर्थका मूर्तिहरू" भनेर दाऊदले सबै मूर्तिहरूलाई भनेका हुन् र उनले मूर्तिहरूलाई घृणा गर्ने कारणको बारेमा बताएका हुन् । तिनले बेकम्मा मूर्तिहरूलाई मूल्यवान मूर्तिहरूसँग तुलना गरेका होइनन् ।
    • “मूर्तिहरू बेकम्मा भएका कारण, तिनको पूजा गर्नेहरूलाई म घृणा गर्छु ।”
  • ... किनकि तपाईंका धार्मिक नियमहरू उत्तम छन्‌ । (भजनसङ्ग्रह ११९:३९ )
    • ... तपाईंका नियमहरू उत्तम छन् किनकि ती धार्मिक छन् ।
  • नब्‍बे वर्ष पुगेकी साराले बालक जन्‍माउलिन्‌ र? (उत्पत्ति १७:१७-१८ ) -"नब्बे वर्ष पुगेकी " वाक्यांशले साराको उमेर सम्झना दिलाउँछ । यसले अब्राहामले प्रश्‍न सोध्नुको कारण दिन्छ । यति उमेर पुगेको व्यक्तिले बच्चा जन्माउने कुराको आशा उनले राखेका थिएनन् ।
    • “के नब्बे वर्षपुगे पनि साराले बालक जन्‍माउलिन्‌ र? ”
  • म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ ... (२ शमुएल २२:४ ) - परमप्रभु एकमात्र हुनुहुन्छ । वाक्यांश "जो प्रशंसाको योग्य हुनुहुन्छ" ले परमप्रभुलाई पुकार्ने कारण दिन्छ ।
    • “म परमप्रभुलाई पुकार्छु, किनकि उहाँ जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ ”

२. उक्त जानकारीलाई कमजोर तरिकाले व्यक्त गर्ने तपाईंको भाषाको तरिका प्रयोग गर्नुहोस् ।

  • तेस्रो नदीको नाउँ टाइग्रिस हो । यो अश्‍शूरको पूर्वतिर बग्छ (उत्पत्ति २:१४ )
    • “तेस्रो नदीको नाउँ टाइग्रिस हो । जुनअश्‍शूरको पूर्वतिर बग्छ