ne_ta/translate/figs-extrainfo/01.md

6.2 KiB

कहिलेकहिँ अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारीलाई प्रत्यक्ष रूपमा व्यक्त नगर्नु ने वेश हुन्छ ।

वर्णन

कहिलेकहिँ अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारीलाई प्रत्यक्ष रूपमा व्यक्त नगर्नु ने वेश हुन्छ । यो पृष्ठमा कहिले यसो नगर्ने भन्‍ने बारेमा निर्देशनहरू दिइएको छ ।

अनुवाद रणनीतिहरू

  • यदि वक्ता वा लेखकले सोच विचार गरेर कुनै जानकारीलाई अप्रत्यक्ष राखेको छ भने त्यसलाई थप स्पष्ट पार्न नखोज्‍नुहोस् ।
  • यदि मूल पाठकहरूले वक्ताको कुरा बुझेनन् भने, त्यसलाई धेरै प्रष्ट नपार्नुहोस् ताकि मूल पाठकहरूले नबुझेको देखेर अहिलेका पाठकले अनौठो नमानून् ।
  • कुनै अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारीलाई स्पष्ट पार्नु पर्ने भएमा मूल पाठकहरूलाई ती कुराहरू भनिन जरूरी थियो भन्‍ने हिसाबले अनुवाद गर्नुहोस् ।
  • यदि प्रत्यक्ष रूपमा व्यक्त गरिएको जानकारीले सन्देशलाई फरक दिशातर्फ लैजान्छ र पाठकले मूख्य कुरा नै भुल्छन् भने त्यसलाई अप्रत्यक्ष नै रहन दिनुहोस् ।
  • तपाईंका पाठकहरूले पहिले नै बुझिसकेका छन् भने अन्तर्निहित ज्ञान वा अप्रत्यक्ष जानकारीलाई स्पष्ट नपार्नुहोस् ।

बाइबलबाट उदाहरणहरू

खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो । (न्यायकर्ताहरू १४:१४ )

यो अड्को थियो । आफ्ना शत्रुहरूले यसको अर्थ नजानून् भनेर नै शिमशोनले यसरी भनेका थिए । यसलाई अनुवाद गर्दा खाने र बलियो सिंह र गुलियो मह हो भनेर स्पष्ट नपार्नुहोस् ।

येशूले तिनीहरूलाई भन्‍नुभयो, "ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तिनीहरूले आपसमा बहस गर्ने लागे, "हामीहरूले रोटी ल्याएनौं..." (मत्ती १६:६,७ )

चेलाहरू फरिसी र सदुकीहरूको झुटो शिक्षाबाट होशियार हुनुपर्छ भन्‍ने यसमा व्यक्त गर्न खोजिएको सम्भावित अप्रत्यक्ष जानकारी हो । तर येशूका चेलाहरूले यसलाई बुझेनन् । येशूले वास्तविक खमिर र रोटीको बारेमा कुरा गरिरहनुभएको छ भन्‍ने तिनीहरूले ठाने । यसैले यहाँ प्रयोग गरिएको "खमिर" ले झुटो शिक्षाको बारेमा कुरा गर्छ भनेर स्पष्ट पार्न जरूरी छैन । येशूले मत्ती १६:११ मा नबताएसम्म चेलाहरूले यो कुरा बुझेनन् ।

“मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो ।" तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्‍नुभएको रहेछ । (मत्ती १६:११,१२ )

आफूले रोटीको बारेमा बताएको होइन भनेर येशूले नबताएसम्म उहाँले झुटो शिक्षाको बारेमा कुरा गरिरहनुभएको रहेछ भन्‍ने कुराको महशुस गरेनन् । यसैले मत्ती १६:६ मा भएको अप्रत्यक्ष जानकारीलाई स्पष्ट पार्नु गलत हुन्छ ।

अनुवादका रणनीतिहरू

यस पृष्ठमामा कुनै अनुवादका रणनीतिहरू छैनन् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

यस पृष्ठमा अनुवादका रणनीतिहरूको प्रयोग छैन ।