ne_ta/translate/figs-explicitinfo/01.md

11 KiB

वर्णन

केही भाषाहरूमा स्वभाविक लागेका कुराहरू अर्को भाषामा अनुवाद गर्दा अनौठा लाग्छन् । एउटा भाषामा प्रत्यक्ष रूपमा व्यक्त गरिने कुरो अर्को भाषामा अप्रत्यक्ष रूपमा व्यक्त गरिनु यसो हुनुका कारणहरूमध्ये एक हो ।

यो अनुवादको विषय हुनुका कारणहरू

स्रोत भाषाबाट सबै प्रत्यक्ष जानकारीहरूलाई लक्षित भाषामा अनुवाद गर्दा प्रत्यक्ष रूपमा नै गरियो भने यो विदेशी, अस्वभाविक तथा अवौद्धिक लाग्‍न सक्छ । यसको साटो त्यस्ता जानकारीहरूलाई लक्षित भाषामा अप्रत्यक्ष नै राख्‍नु उचित हुन्छ ।

बाइबलबाट उदाहरणहरू

अनि अबीमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे । जब त्यस किल्लालाई आगोले जलाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, (न्यायकर्ताहरू ९:५२)

बाइबलीय हिब्रू भाषामा वाक्यहरू बिचको सम्बन्ध देखाउनको निम्ति वाक्यहरूको सुरुवात "र" जस्ता संयोजकबाट गर्नु सामान्य कुरा थियो । अङ्ग्रेजीमा यसको गर्नु व्याकरणीय दृष्टिकोणले ठिक होइन, यसले पाठकलाई थकित बनाउँछ र यसले लेखक अशिक्षित रहेको भान पार्छ । अङ्ग्रेजीमा अनुवाद गर्दा वाक्यहरू बिचको सम्बन्धलाई अप्रत्यक्ष नै छोडेर संयोजकहरूलाई अनुवाद नगर्नु असल हुन्छ ।

हिब्रूमा केही कुरा आगोले जल्यो भन्‍नु सामान्य थियो । अङ्ग्रेजीमा आगो बल्‍ने क्रियामा नै समावेश भएको हुन्छ, त्यसैले दुबै विचारलाई प्रत्यक्ष रूपमा व्यक्त गरिरहनु जरुरत पर्दैन । केही कुरा जल्यो भन्दा पुग्छ र आगोलाई अप्रत्यक्ष नै राख्दा ठिक हुन्छ ।

कप्तानले जवाफ दिएर भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ...…” (मत्ती ८:८ )

बाइबलमा प्रयोग गरिएको भाषाहरूमा प्रत्यक्ष कथनमउ दुई क्रियापदको प्रयोग गर्नु सामान्य थियो । एउटा क्रियापदले संबोधनको ढाँचालाई र अर्को क्रियापदले वक्ता वा लेखकका शब्दहरूलाई जनाउँछ । अङ्ग्रेजीमा बोल्ने व्यक्तिले यसो गर्दैन, यसैले दुई क्रियापदहरूको प्रयोगले अलमलमा पार्छ । अङ्ग्रेजी बोल्नेका लागि जवाफ दिनु भन्‍ने शब्दहरू भित्र नै बोल्‍नु भन्‍ने कुरा समावेश भएको हुन्छ । अङ्ग्रेजीमा दुई क्रियापदहरूको प्रयोगले दुई फरक अभिव्यक्तिहरूलाई जनाउँछ । यसैले अङ्ग्रेजीमा एउटै मात्र क्रियापदको प्रयोग गर्नु उचित हुन्छ ।

अनुवादका रणनीतिहरू

१. स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्छ भने त्यसलाई प्रत्यक्ष जानकारीको रूपमा अनुवाद गर्नुहोस् । २. तर स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्दैन र अलमलमा पार्ने जस्तो लाग्छ भने प्रत्यक्ष जानकारीलाई अप्रत्यक्ष रूपमा व्यक्त गर्नुहोस् । पाठकले जानकारीलाई सन्दर्भको सहायतामा बुझ्‍न सक्‍ने अवस्था छ भने मात्र यसो गर्नुहोस् । Iपाठकलाई पाठको बारेमा प्रश्‍न गरेर यसको जाँच गर्न सक्‍नहुन्छ ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्छ भने त्यसलाई प्रत्यक्ष जानकारीको रूपमा अनुवाद गर्नुहोस् ।

  • यो रणनीतिको प्रयोग गर्दा पाठमा केही पनि परिवर्तन नहुने हुनाले उदाहरणहरू दिइएको छैन ।

२. तर स्रोत भाषाको प्रत्यक्ष जानकारी लक्षित भाषामा अनुवाद गर्दा स्वभाविक लाग्दैन र अलमलमा पार्ने जस्तो लाग्छ भने प्रत्यक्ष जानकारीलाई अप्रत्यक्ष रूपमा व्यक्त गर्नुहोस् । पाठकले जानकारीलाई सन्दर्भको सहायतामा बुझ्‍न सक्‍ने अवस्था छ भने मात्र यसो गर्नुहोस् । Iपाठकलाई पाठको बारेमा प्रश्‍न गरेर यसको जाँच गर्न सक्‍नहुन्छ ।

  • अनि अबीमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे । जब त्यस किल्लालाई आगोले जलाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए, (न्यायकर्ताहरू ९:५२)
    • अबीमेलेक किल्लामा गएर त्यसलाई आक्रमण गरे । जब त्यस किल्लालाईजलाइदिन भनी त्यसको ढोकामा तिनी आइपुगेका थिए,

अङ्ग्रेजीमा यस पदमा "अनि" शब्दको प्रयोगविना नै व्यक्त गरिएको कार्य अगिल्लो पदको कार्यपछि आएको हो भन्‍ने स्पष्ट छ, यसैले यसलाई हटाइएको छ । यसैगरी "आगोले" हटाइएको छ, किनकि "जलाउनु" शब्दले आगोलाई पनि अप्रत्यक्ष रूपमा व्यक्त गर्दछ । "जनाउनु" को वैकल्पिक अनुवाद "आगो लगाउनु" पनि हुन्छ । "आगो" र "जलाउनु" दुबै शब्दको प्रयोग गर्नु स्वभाविक होइन, यसैले अङ्ग्रेजी अनुवादकले कुनै एउटा शब्दको छनौट गर्नुपर्छ । पाठकले बुझे नबुझेको जान्‍नको लागि तिनीहरूलाई "ढोका केले जल्छ?" भनेर सोध्‍नुहोस् यदि आगोले भन्‍ने जवाफ आयो भने तिनीहरूले अप्रत्यक्ष जानकारी बुझे भन्‍ने अर्थ लाग्छ । वा, दोस्रो विकल्प छान्‍नुभयो भने "आगो लगाउँदा ढोकालाई के हुन्छ?" भनेर सोध्‍नुहोस् यदि जवाफ "जल्छ" भन्‍ने आयो भने तिनीहरूले अप्रत्यक्ष जानकारी बुझेका हुन्छन् ।

  • कप्तानले जवाफ दिएर भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ...…” (मत्ती ८:८ )
    • कप्तानले जवाफ दिए, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ...…”

अङ्ग्रेजीमा कप्तानले जवाफ दिएर भने भन्‍ने जानकारी "जवाफ दिए" मा नै समावेश भएको हुन्छ, त्यसैले "भने" लाई अप्रत्यक्ष रूपमा नै राख्दा हुन्छ । पाठकले बुझे नबुझेको जाँच्‍न "कप्तानले कसरी जवाफ दिए?" भनेर सोध्‍नुहोस्, यदि जवाफ बोलेर भन्‍ने आयो भने उक्त अप्रत्यक्ष जानकारीलाई पाठकले बुझ्छन् ।