ne_ta/translate/figs-exmetaphor/01.md

17 KiB

वर्णन

कुनै एउटा परिस्थितिलाई अर्कै परिस्थितिको रूपमा व्यक्त गर्दा विस्तारित रूपकको प्रयोग हुन्छ । यहाँ पहिलो परिस्थितिलाई महत्त्वपूर्ण तरिकाले वर्णन गर्नको निम्ति अर्को उस्तै परिस्थितिको प्रयोग गरिन्छ । पहिलो परिस्थितिको प्रतिनिधित्व गर्ने मानिसहरू, चिजहरू र कार्यहरूका अनेकौं बिम्बहरू दोस्रो परिस्थितिमा हुन्छन् ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • कुनै एउटा बिम्बले अर्को कुनै अर्को कुराको प्रतिनिधित्व गरेको छ भन्‍ने कुरा मानिसहरूलाई थाहा नहुन सक्छ ।
  • बिम्बमा प्रयोग गरिएका कुराहरूसँग मानिसहरू परिचित नहुन सक्छन् ।
  • विस्तारित रूपकहरू प्रायः यति गहन हुन्छन् कि अनुवादकको निम्ति रूपकले व्यक्त गरेका सबै बिम्बहरूलाई व्यक्त गर्न कठिन हुनजान्छ ।

अनुवाद रणनीतिहरू

  • मूल पाठकहरूका निम्ति विस्तारित रूपक जति स्पष्ट थियो, लक्षित पाठकका लागि पनि स्पष्ट पार्नुहोस् ।
  • मूल पाठकहरूका निम्ति विस्तारित रूपक जति स्पष्ट थियो, लक्षित पाठकका लागि पनि स्पष्ट नपार्नुहोस् ।
  • यदि कसैले विस्तारित रूपकको प्रयोग गर्छ भने उसले भन्‍न खोजेको कुरामा बिम्बले महत्त्वपूर्ण भूमिका खेल्छ ।
  • यदि लक्षित पाठक कुनै कुनै बिम्बप्रति परिचित छैन भने तिनीहरूले विस्तारित रूपकलाई पूर्ण रूपमा बुझ्‍न सकून् भनेर कुनै उपाय निकाल्नुहोस् ।

बाइबलबाट उदाहरणहरू

भजनसङ्ग्रह २३: १-४ मा भजनका लेखकले परमेश्‍वरले आफ्ना मानिसहरूलाई गर्ने वास्तालाई एउटा गोठालाले आफ्ना भेडाहरूलाई गर्ने वास्ताको रूपमा व्यक्त गरेका छन् । गोठालाले आफ्ना भेडाहरूलाई चाहिने कुरा दिन्छ, सुरक्षित स्थानमा लैजान्छ, तिनीहरूको उद्धार गर्छ, अगुवाइ गर्छ र तिनीहरूको सुरक्षा गर्छ । परमेश्‍वरले आफ्ना मानिसहरूलाई गर्ने वास्ता पनि यस्तै छ ।

परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छउहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छमृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि, म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ । तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌ ।

यशैया ५: १-७ मा यशैयाले परमेश्‍वरले आफ्ना मानिसहरूसँग व्यक्त गर्ने निरासालाई खराब फल फलाउने दाखबारीको रूपमा व्यक्त गरेका छन् । किसानहरूले आफ्नो बगानको हेरचाह गर्छन्, तर तिनीहरूले खराब फल मात्र फलाए भने किसानले बगानको हेरचाह गर्न बन्द गर्छ । १ देखि ६ सम्मका पदहरूले किसान र दाखबारीको बारेमा बताउँछन् तर पद ७ ले यो परमेश्‍वर र उहाँका मानिसहरूको बारेमा हो भन्‍ने कुरा स्पष्ट पार्छ ।

...एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो । तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे । त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे । तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो ।

अब हे यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बिचमा इन्‍साफ गरिदेओ । मेरो दाखबारीको निम्‍ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‌ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्‍छ कि भनेर आशा गरेको त किन त्‍यसले खराब दाख मात्र फलायो? अब म मेरो दाखबारीलाई के गर्ने छु, सो तिमीहरूलाई भन्‍ने छु: म त्‍यसको बार उखेलिदिने छु, र त्‍यो नष्‍ट हुने छ । म त्‍यसको पर्खाल भत्‍काइदिनेछु, र त्‍यो कुल्‍चीमिल्‍ची गरिने छ। त्‍यसलाई म उजाड भूमि पारिदिने छु । त्‍यो न त छिमलिने छ न गोडिने छ, तर त्‍यसमा सिउँडी र काँढाहरू उम्रने छन्‌ । त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्ने छु ।

सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो । उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो ।

अनुवादका रणनीतिहरू

तपाईंका पाठकहरूले पनि मूल पाठकहरूले बुझे जसरी नै बुझ्‍न सक्छन् भने विस्तारित रूपकको प्रयोग गर्नुहोस् । यदि होइन भने, केही रणनीतिहरू तल दिइएका छन्ः

१. यदि लक्षित पाठकले बिम्बलाई शाब्दिक रूपमा नै बुझ्छन् भने सामान्य रूपमा "जस्तै" शब्दको प्रयोग गरेर अनुवाद गर्नुहोस् । पहिलो एक वा दुई वाक्यमा नै यसो गरे काफी हुनसक्छ । २. यदि लक्षित पाठकले बिम्बलाई बुझ्दैनन् भने तिनीहरूले बुझ्‍ने गरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् । ३. यदि यति गर्दा पनि पाठकले बुझ्दैनन् भने यसलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि लक्षित पाठकले बिम्बलाई शाब्दिक रूपमा नै बुझ्छन् भने सामान्य रूपमा "जस्तै" शब्दको प्रयोग गरेर अनुवाद गर्नुहोस् । पहिलो एक वा दुई वाक्यमा नै यसो गरे काफी हुनसक्छ । उदाहरणको लागि भजनसङ्ग्रह २३: १-२ हेर्नुहोस्ः

परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन । उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ

यसलाई यसरी अनुवाद गर्न सकिन्छः

“परमप्रभु मेरा गोठाला जस्तै हुनुहुन्‍छ, यसैले मलाई केही कुराको अभाव हुँदैन । उहाँले मलाई भेडालाई झैं हरियो खर्कमा लेटाउनुहुन्‍छ, र मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्‍छ । परमप्रभुले मलाई शान्तसँग आराम गर्न सहायता गर्नुहुन्छ ।”

२. यदि लक्षित पाठकले बिम्बलाई बुझ्दैनन् भने तिनीहरूले बुझ्‍ने गरी अनुवाद गर्ने तरिका खोज्‍नुहोस् ।

एउटा अत्‍यन्‍त मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो । तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे । त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे । तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो । (यशैया ५:१-२)

यसलाई यसरी अनुवाद गर्न सकिन्छः

“एउटा अत्‍यन्‍त मलिलो डाँडामा मेरा प्रियको एउटा दाखको बारी थियो । तिनले त्‍यो जमिन खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे । He त्‍यसको माझमा तिनले एउटा रेखदेख गर्ने मचान बनाए र त्‍यहाँ तिनले एउटा दाख पेल्‍ने कोल पनि खोपे । तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा मद्य बनाउन नमिल्ने खराब दाख पो फल्‍यो ।”

३. यदि यति गर्दा पनि पाठकले बुझ्दैनन् भने यसलाई स्पष्ट रूपमा व्यक्त गर्नुहोस् ।

परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन । (भजनसङ्ग्रह २३:१ )

  • परमप्रभुले गोठालाले झैं मेरो वास्ता गर्नुहुन्छ मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन । ”

सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो । उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो । (यशैया ५:७ )

यसलाई यसरी अनुवाद गर्न सकिन्छः

सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारीले इस्राएलको घरानाको प्रतिनिधित्व गर्छ, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा जस्तै हो । उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो ।

वा

  • जसरी किसानले खराब फल खलाउने दाखबारीको वास्ता गर्न छाड्छ,
  • परमेश्‍वरले इस्राएल र यहूदाको सुरक्षा गर्न छोडिनुहुन्छ,
  • तिनीहरूले सही काम नगरेका हुनाले
  • उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो,
  • धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो ।