ne_ta/translate/figs-doublenegatives/01.md

11 KiB

एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ । फरक भाषाहरूमा दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक फरक अर्थ दिन्छन् । दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूको सही र स्पष्ट तरिकाले अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ ।

विवरण

"होइन" भन्‍ने अर्थ दिने शब्दहरू नै नकारात्मक शब्दहरू हुन् । उदाहरणको लागि, "हुन्‍न," "होइन,", "कुनै पनि होइन," "कोही पनि होइन," "केही पनि होइन," "कहिँ पनि होइन," "कदापि होइन," "न त," र "बाहेक" । केही शब्दहरूमा प्रत्यय र उपसर्ग लागेर पनि नकारात्मक शब्द बन्छन् । तल दिइएका उदाहरणमा रेखांकित शब्दहरू यस्ता शब्दहरू हुन्ः “बेखुशी,” “सम्भव,” र “बेकामे ।”

एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ ।

सहायता पाउने हाम्रो हक नभएर होइन... (२ थेसलोनिकी ३:९)

अनि योचाहिँ विनाशपथ भएको होइन । ... (हिब्रू ७:२०)

दुष्‍टहरू दण्‍डविना उम्‍कने छैनन् (हितोपदेश ११:२१)

यो अनुवादको विषय हुनुको कारण

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक भाषाहरूमा फरक अर्थ दिन्छन् ।

  • स्पानिस्‌जस्ता केही भाषाहरूमा नकारात्मकलाई जोड दिन दोहोरो नकारत्मकको प्रयोग गरिन्छ । तल दिइएको स्पानिस् वाक्य No ví a nadie को अर्थ “मैले कोही पनि होइनलाई देखिन " हो । यसमा कोही पनि होइन र देखिन दुबै नकारात्मक अर्थ दिने शब्दको प्रयोग भएको छ । स्पानिस्‌ भाषामा दुई वटै नकारात्मक शब्दहरू मिलेका देखिन्छन् र त्यसको अर्थ हो, "मैले कसैलाई पनि देखिन ।"
  • केही भाषाहरूमा दोस्रो नकारात्मक शब्दले पहिलो नकारात्मक शब्दलाई रद्द गर्छ र त्यसले सकारात्मक अर्थ दिन्छ । यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ " हुन्छ । I
  • केही भाषाहरूमा दुई वटा नकारात्मक शब्दहरूले सकारात्मक शब्दको सृजना गर्छन् तर त्यो कमजोर वाक्य बन्छ । "ऊ अविवेकी छैन" को अर्थ "ऊ केही विवेकी छ" हुन्छ ।
  • बाइबलमा प्रयोग गरिएजस्ता केही भाषाहरूमा दोहोरो नकारात्मक शब्दले सकारात्मक वाक्यको सृजना गर्छ र यसले वाक्यलाई बलियो बनाउँछ । यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ" वा " ऊ धेरै विवेकी छ" बन्छ ।

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूलाई सही र स्पष्टसँग अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ ।

बाइबलबाट उदाहरणहरू

... तिनीहरू निष्‍फल नहोऊन्‌ । (तितस ३:१४)

यसको अर्थ "तिनीहरू फलदायी हुन् ।"

सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन । (यूहन्‍ना १:३)

दोहोरो नकारात्मक शब्दहरूको प्रयोग गरेर यूहन्‍नाले परमेश्‍वरको पु्त्रले सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने कुरालाई जोड दिएका छन् ।

अनुवादका रणनीतिहरू

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरू तपाईंको भाषामा स्वभाविक सुनिन्छन् र तिनले सकारात्मक अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस् । यदि होइन भने, तल दिइएका रणनीतिहरूको प्रयोग गर्न सक्नुहुन्छः

१. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस् । २. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्तिमा जोड दिनु हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दहरूलाई हटाएर "धेरै" वा "साँच्चै" वा "पक्का" जस्ता जोड दिने शब्द थप्‍नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस् ।

  • किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न (हिब्रू ४:१५ )
    • “किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन सक्‍ने हुनुहुन्छ ।"
  • ... तिनीहरू निष्‍फल नहोऊन्‌ (तितस ३:१४)
    • “... तिनीहरू फलदायी होऊन् ।”

२. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्तिमा जोड दिनु हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दहरूलाई हटाएर "धेरै" वा "साँच्चै" वा "पक्का" जस्ता जोड दिने शब्द थप्‍नुहोस् ।

  • यो कुरा निश्‍चित छ: दुष्‍टहरू दण्‍डविना उम्‍कनेछैनन् ... (हितोपदेश ११:२१)
    • “यो कुरा निश्‍चित छ: दुष्‍टहरूको दण्ड पक्का छ ...”
  • सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन (यूहन्‍ना १:३)
    • “सबै थोक उहाँद्वारा बनिए । बनिएका सबै कुरा पूर्ण रूपले उहाँले बनाउनुभयो ।"