ne_ta/translate/figs-declarative/01.md

11 KiB

विवरण

सामान्यतया अभिव्यक्तिहरू जानकारी दिनको निम्ति प्रयोग गरिन्छन् । तर बाइबलमा कहिलेकहिँ अन्य प्रयोजनको निम्ति पनि प्रयोग गरिन्छन् ।

यो अनुवादको विषय हुनुको कारण

केही भाषाहरूमा कुनै प्रयोजनका निम्ति बाइबलमा प्रयोग गरिएका अभिव्यक्तिहरू प्रयोग नगरिन सक्छन् ।

बाइबलबाट उदाहरणहरू

सामान्यतया अभिव्यक्तिहरू जानकारी प्रदान गर्नको निम्ति प्रयोग गरिन्छन् । तल दिइएका अभिव्यक्तिहरू यूहन्‍ना १:६-८ मा प्रयोग गरिएका अभिव्यक्तिहरू हुन् र तिनको कार्य जानकारी प्रदान गर्नु हो ।

परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो । उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए । उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए (यूहन्‍ना १:६-८)

अभिव्यक्तिको प्रयोग आज्ञा दिनको लागि पनि प्रयोग गरिन्छ । यसले कसैलाई के गर्नुपर्ने हो सो बताउँछ । तल दिइएको उदाहरणमा मूख्य पुजारीले मानिसहरूले गर्नुपर्ने कुराको आज्ञा दिनको निम्ति “गर्ने” अर्थ लाग्‍ने किसिमका अभिव्यक्तिका प्रयोग गरेका छन् ।

तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्‍छौ— तिमीहरूमध्‍ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने, एक-तिहाइ सूर ढोकामा बस्‍ने, र मन्‍दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्‍ने ” (२ राजाहरू ११:५,६)

अभिव्यक्तिको प्रयोग निर्देशनहरू दिनको निम्ति पनि गर्न सकिन्छ । तल दिइएको उदाहरणमा वक्ताले योसेफले भविष्यमा गर्ने कुरामा मात्र नभइ, तिनले गर्नुपर्ने कुरा पनि व्यक्त गरेका छन् ।

तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ । (मत्ती १:२१)

अभिव्यक्तिको प्रयोग अनुरोध गर्नको निम्ति पनि गर्न सकिन्छ । कुष्ठरोगीले येशूले गर्न सक्‍ने कुरा मात्र नभइ उहाँसँग आफ्नो चङ्‍गाइको आशा गरिरहेको छ ।

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ ।” (मत्ती ८:२)

अभिव्यक्तिको प्रयोग कुनै कार्य सम्पन्‍न गर्न को निम्ति पनि गर्न सकिन्छ । आदमलाई तिनको कारण भूमि श्रापित भएको छ भन्दा, परमेश्‍वरले साँच्‍चै नै त्यसलाई श्राप दिनुभएको कुरा बुझिन्छ ।

... भूमि तेरो कारण श्रापित भएको छ; (उत्पत्ति ३:१७)

त्यस मानिसलाई तिम्रा पापहरू क्षमा भएका छन् भनेर येशूले त्यसका पापहरू क्षमा गरिदिनुभयो ।

येशूले तिनीहरूको विश्‍वास देखेर त्यस पक्षाघातीलाई भन्‍नुभयो, "ए छोरा, तिम्रा पापहरू क्षमा भए ।” (मर्कूस २:५)

अनुवादका रणनीतिहरू

१. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने _अभिव्यक्तिको प्रकार_को प्रयोग गर्नुहोस् । २. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकार थप गर्नुहोस् । ३. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने क्रियापद प्रयोग गर्नुहोस् ।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने _अभिव्यक्तिको प्रकार_को प्रयोग गर्नुहोस् ।

  • तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ । (मत्ती १:२१) " तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ" निर्देशन हो । यसलाई सामान्य निर्देशन दिने किसिमको निर्देशन दिने वाक्य प्रयोग गरेर यसको अनुवाद गर्न सकिन्छ ।
    • तिनले एउटा पुत्र जन्‍माउनेछिन् । उहाँको नाउँ येशू राख्‍नू, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।

२. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकार थप गर्नुहोस् ।

  • “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ" । (मत्ती ८:२) "मलाई निको पार्न सक्‍नुहुन्छ" वाक्यको कार्य अनुरोध गर्नु हो । यो अभिव्यक्तिका साथमा अनुरोध थप गर्न सकिन्छ ।
    • हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ, कृपया निको पार्नुहोस् ।
    • हे प्रभु, तपाईंको इच्‍छा भए कृपा गरेर मलाई निको पार्नुहोस् , मलाई थाहा छ तपाईंले त्यसो गर्न सक्‍नुहुन्छ ।

३. यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने क्रियापद प्रयोग गर्नुहोस् ।

  • तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ । (मत्ती १:२१)
    • तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँलाई येशू नाम दिने छौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ ।
  • ए छोरा, तिम्रा पापहरू क्षमा भए । लूका २:५)
    • ए छोरा, म तिम्रा पापहरू क्षमा गर्छु ।
    • ऐ छोरा, परमेश्‍वरले तिम्रा पापहरू क्षमा गर्नु भएको छ ।