ne_ta/translate/bita-plants/01.md

6.1 KiB

बाइबलमा प्रयोग गरिएका बोटबिरूवाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका बोटबिरूवाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।

हाँगाले कुनै व्यक्तिको सन्तानलाई जनाउँछ

तल दिइएको उदाहरणमा यशैयाले यिशैका सन्तान र यर्मियाले दाऊदा सन्तानको बारेमा लेखेका छन् ।

यिशैको ठुटाबाट एउटा टुसा निस्‍कने छ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउने छ । परमप्रभुका आत्‍मा उहाँमा रहनुहुने छ— बुद्धि र समझका आत्‍मा । (यशैया ११:१)

परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्ने छु । एक जना राजा जसले बुद्धिसित राज गर्ने छन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्ने छन्‌ । (यर्मिया २३:५)

अय्यूबमा लेखिएको "त्‍यसका माथिका हाँगाहरू ओइलाउँछन्‌” ले त्यसका कुनै सन्तानहरू हुने छैनन् भन्‍ने अर्थ दिन्छ ।

त्‍यसका तलतिरका जराहरू सुक्‍छन्, त्‍यसका माथिका हाँगाहरू ओइलाउँछन्‌ । पृथ्‍वीबाट त्‍यसको सम्‍झना लोप हुन्‍छ, संसारमा त्‍यसको नाउँनिशानै रहने छैन । (अय्यूब १८:१७)

बोटबिरूवाले व्यक्तिलाई जनाउँछ ।

परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुने छ । (भजनसंग्रह ५२:५)

बोटबिरूवाले भावना वा प्रवृत्तिको प्रतिनिधित्व गर्छ

जसरी कुनै एक प्रकारको बीउले त्यस्तै किसिमको बोटबिरूवा बढ्ने कुरालाई जनाउँछ, त्यसरी नै कुनै एक किसिमको व्यवहारले त्यस्तै किसिमको परिणाम निम्त्याउँछ ।

पदहरूमा प्रयोग गरिएका भावना वा प्रवृत्तिलाई रेखांकित गरिएको छ ।

आफ्‍ना निम्‍ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर ।(होशे १०:१२)

मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन् । (अय्यूब ४:८)

तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्‌ । (होशे ८:७)

तिमीहरूले त न्‍यायलाई विष र धार्मिकताका फललाई तीतोपन बनाएका छौ । (आमोस ६:१२)

अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? (रोमी ६:२१)

रूखले व्यक्तिलाई जनाउँछ

त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन । त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ । (भजनसंग्रह १:३)

मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्‍तो थियो । (भजनसंग्रह ३७:३५)

मचाहिँ परमेश्‍वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु । (भजनसंग्रह ५२:८)