ne_ta/translate/bita-manmade/01.md

5.6 KiB

बाइबलमा भएका मानव निर्मित वस्तुहरूसँग सम्बन्धित बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा प्रयोग भएका मानव निर्मित वस्तुहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपस्थितीचाहिँ अवश्य हुन्छ ।

काँसाले शक्तिलाई जनाउँछ

उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌ । (भजनसंग्रह १८:३४)

साङ्लाहरूले नियन्त्रणलाई जनाउँछन्

हामी उनीहरूका साङ्‌लाहरू छिनालौं, र उनीहरूका बन्‍धनहरू फुकाऔं । (भजनसंग्रह २:३)

पहिरनले नैतिक गुणहरू (भावनाहरू, प्रवृत्तिहरू, आत्मा र जीवन) लाई जनाउँछ

उनै परमेश्‍वर, जसले मलाई शक्तिशाली तुल्‍याउनुहुन्‍छ । (भजनसंग्रह १८:३२)

उहाँको पेटी धार्मिकता हुने छ, र उहाँको कम्‍मरको पटुका सत्‍यता हुने छ । (यशैया ११:५)

मलाई दोष लाउनेहरूले अपमानको वस्‍त्र लाएका हुने छन्‌, र आफ्‍नो शर्मको खास्‍टोले ढाकेका हुने छन्‌ । (भजनसंग्रह १०९:२९)

म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउने छु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुने छ ।(भजनसंग्रह १३२:१८)

पासो (चरा समात्‍नको निम्ति धागोले बनाइएको हलुका जाल) ले मृत्युको प्रतिनिधित्व गर्छ

निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढीबाट बचाउनुहुने छ। (भजनसंग्रह ९१:३)

मृत्‍युको बन्‍धनले मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो । दु:ख र शोकले मलाई छोप्‍यो । (भजनसंग्रह ११६:३)

दुष्‍टहरूले मलाई डोरीले बाँधे पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सने छैनँ । (भजनसंग्रह ११९:६१)

दुष्‍टहरूले मेरो निम्‍ति पासो थापेका छन्‌, (भजनसंग्रह ११९:११०)

दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको जालमा फसेका छन्‌ । (भजनसंग्रह ९:१६)

तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए । तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्‍ति पासो बने । (भजनसंग्रह १०६:३५-३६)

पालले घर , वासस्थान तथा सन्तानहरूलाई जनाउँछ

परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट निकाल्‍नुहुने छ (भजनसंग्रह ५२:५)

दुष्‍टको घर भत्‍काइने छ, तर ईमानदारको पालमा फलिफाप हुने छ । (हितोपदेश १४:११)

प्रेममा एउटा सिंहासन स्‍थापित गरिने छ, त्‍यसमा दाऊदको घरानाबाट विश्‍वासयोग्‍यसाथ एक मानिस विराजमान हुनुहुने छ। (यशैया १६:५)