ne_ta/translate/bita-hq/01.md

18 KiB

विवरण

बाइबलमा प्रयोग भएका शरीरका अङ्‍गहरू र मानवीय गुणहरूसम्बन्धि बिम्बहरूको सूची तल दिइएका छन् । शरीरका अङ्‍गहरू र मानवीय गुणहरूसम्बन्धि शब्दले विचारको प्रतिनिधित्व गर्छ । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

शरीरले मानिसहरूको समूहको प्रतिनिधित्व गर्छ

तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ । (१ कोरिन्थी १२:२७)

बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ। उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुने छ र प्रेममा वृद्धि हुँदैजाने छ । (एफिसी ४:१५-१६)

यी पदहरूमा ख्रीष्टको शरीरले ख्रीष्टलाई पछ्याउने मानिसहरूको समूहको प्रतिनिधित्व गर्छ ।

मुहारले कसैको उपश्थितिको प्रतिनिधित्व गर्छ

के तिमीहरूले मेरो भय मान्‍नुपर्दैन?” परमप्रभु भन्‍नुहुन्‍छ। “के तिमीहरू मेरो उपस्‍थितिमा काम्‍नुपर्दैन? (यर्मिया ५:२२)

कसैको मुहारको अगाडि हुनु भनेको तिनीहरूको उपश्थितिमा वा तिनीहरूसँगै हुनु हो ।

मुहारले कसैको ध्यानको प्रतिनिधित्व गर्छ

यसकारण तिनीहरूसित कुरा गरेर तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब इस्राएलका घरानाको कुनै पनि मानिसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍दछ, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍तछ, र पनि अगमवक्ताकहाँ जान्‍छ, तब त्‍यसको मूर्तिपूजाअनुसार म परमप्रभु आफै त्‍यसलाई जवाफ दिने छु' ।(इजकिएल १४:४)

कसैको अगाडि केही कुरा राख्‍नु भनेको ध्यान दिएर हेर्नु हो ।

धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, (हितोपदेश २९:२६)

यदि कसैले अर्को व्यक्तिको मुहारको खोजी गर्छ भने उक्त व्यक्तिले ध्यान दिने छ भन्‍ने आशा राख्छ ।

तपाईं किन आफ्‍नो मुहार लुकाउनुहुन्‍छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्‍छ?(भजनसंग्रह ४४:२४)

कसैदेखि मुहार लुकाउनु भनेको त्यस व्यक्तिलाई बेवास्ता गर्नु हो ।

मुहारले सतहको प्रतिनिधित्व गर्छ

सारा देशभरि अनिकाल पर्‍यो । (उत्पत्ति ४१:५६)

आफ्‍ना बादलहरू फैलाएर उहाँले पूर्णिमाको चन्‍द्रमालाई ढाक्‍नुहुन्‍छ । (अय्यूब २६:९)

हातले व्यक्तिको काम गर्ने माध्यम वा शक्तिलाई जनाउँछ ।

नदीले त्‍यसको किनार भत्‍काएझैँ परमेश्‍वरले मेरो हातद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो । (१ इतिहास १४:११)

"परमेश्‍वरले मेरो हातद्वारा मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्‍काइदिनुभयो" को अर्थ "मेरा शत्रुहरूको पङ्‌क्तिलाई भत्काउनको निम्ति परमेश्‍वरले मेरो प्रयोग गर्नुभयो ।"

तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई खोजिनिकाल्‍ने छ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रने छ । (भजनसंग्रह २१:८)

"तपाईंकै बाहुलीले आफ्‍ना सारा शत्रुहरूलाई पक्रने छ" को अर्थ "तपा‌‌‌ईंको बाहुलीले तपाईंका सारा शत्रुहरूलाई पक्रनुहुने छ ।

निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन । (यशैया ५९:१)

“उहाँको हात छोटो भएको छैन" को अर्थ उहाँ कमजोर हुनुहुन्‍न हो ।

शिरले अरूमाथि अधिकार चलाउने शासकको प्रतिनिधित्व गर्छ

परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्‍डलीको निम्‍ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो, जुन मण्‍डली उहाँको शरीर, उहाँको पूर्णता हो। र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्‍छ ।(एफिसी १:२२)

पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस । किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ । (एफिसी ५:२२-२३)

मालिकले कसैलाई काम गर्न प्रोत्साहन दिने व्यक्तिको प्रतिनिधित्व गर्छ

कसैले दुई मालिकको सेवा गर्न सक्‍दैन। किनभने त्‍यसले एउटालाई घृणा गर्ने छ र अर्कालाई प्रेम गर्ने छ । अथवा त्‍यसले एउटाप्रति भक्ति राख्‍ने छ, र अर्कालाई त्‍यसले तुच्‍छ ठान्‍ने छ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्‍दैनौ । (मत्ती ६:२४)

परमेश्‍वरको सेवा गर्ने उत्प्रेरणा परमेश्‍वरले दिनुहुन्छ । पैसाको सेवा गर्ने उत्प्रेरणा पैसाले दिन्छ ।

नाउँले उक्त नाउँ भएको व्यक्तिको प्रतिनिधित्व गर्छ

हजूरका परमेश्‍वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्‍दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्‍दा पनि अझ प्रतापी बनाऊन्‌ । (१ राजाहरू १:४७)

मेरो महान्‌ नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि "जीवित परमप्रभुको नाउँमा" भन्‍दै कहिल्‍यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्ने छैन ।" (यर्मिया ४४:२६)

यदि कसैको नाम महान् छ भन्‍ने कुराले उहाँ महान् हुनुहुन्छ भन्‍ने अर्थ दिन्छ ।

हे परमप्रभु, तपाईंको दासको विनम्र प्रार्थनामा ध्‍यानसित कान थाप्‍नुहोस्, र तपाईंका नाउँको सम्‍मान गर्न प्रसन्‍न हुने तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस्‌ । (नहेम्याह १:११)

कसैको नाउँको सम्मान गर्नु भनेको त्यही व्यक्तिलाई सम्मान गर्नु हो ।

नाँउले कुनै व्यक्तिको प्रसिद्धि वा ख्यातिको प्रतिनिधित्व गर्छ

तिमीहरूले मेरो पवित्र नाउँलाई आफ्‍ना उपहारहरू र मूर्तिहरूले फेरि कहिल्‍यै अपवित्र गर्ने छैनौ । (इजकिएल २०:३९)

परमेश्‍वरको नाउँलाई अपवित्र पार्नु भनेको उहाँको ख्यातिलाई अपवित्र पार्नु हो अर्थात् मानिसहरूको उहाँ बारेको सोचलाई अपवित्र पार्नु हो ।

मेरो महान्‌ नाउँको पवित्रता देखाउने छु, जो ती जातिहरूका बीचमा अपवित्र भएको छ... (इजकिएल ३६:२३)

परमेश्‍वरको नाउँ पवित्र पार्नु मानिसहरूलाई उहाँ पवित्र हुनुहुन्छ भन्‍ने कुरा देखाउनु हो ।

हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्‍वरको नाउँ सुनेर आएका हौं, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्रदेशमा गर्नुभएको कामको वृत्तान्‍त सुनेका छौं । (यहोशू ९:९)

ती मानिसहरूले परमेश्‍वरको बारेमा सुनेको कुरा बताउनुले यो कुरा देखाउँछ कि "परमेश्‍वरको नाउँको कारण" को अर्थ परमेश्‍वरको ख्यातिको कारण हो ।

नाकले रिसको प्रतिनिधित्‍व गर्छ

हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए । (भजनसंग्रह १८:१५)

तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो… । (प्रस्थान १५:८)

उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो... । (२ शमूएल २२:९)

…मेरो तातो रिस दन्‍कने छ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ । (इजकिएल ३८:१८)

कसैको नाकबाट आउने सास वा धुँवाले उसको प्रचण्ड रिसलाई जनाउँछ ।

उठेका आँखाहरूले अहङ्‍कारको प्रतिनिधित्व गर्छ

तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुने छ । (भजनसंग्रह १८:२७)

उठेका आँखाले मानिस अमण्डी छ भन्‍ने देखाउँछ ।

जब मानिसहरू होच्‍याइन्‍छन्‌ र तपाईंले भन्‍नुहुने छ, ‘यिनीहरूलाई उचाल्‍नुहोस्,’र उहाँले होच्‍याइएकालाई बचाउनुहुने छ । (अय्यूब २२:२९)

झुकेका आँखाहरूले नम्र व्यक्तिलाई जनाउँछ ।

कसैको वा केही कुराको छोरामा उसको जस्तै गुणहरू हुन्छन्

न त कुनै दुष्‍टताको छोराले त्‍यसलाई दु:ख दिने छ । (भजनसंग्रह ८९:२२ख)

दुष्टताको छोराले दुष्ट मानिसलाई जनाउँछ ।

कैदीहरूको करुण-क्रन्‍दन तपाईंको सामु पुगोस्‌, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्‍युका सन्तानहरूको रक्षा गर्नुहोस्‌ । (भजनसंग्रह ७९:११)

यहाँ अरूले मार्न योजना गरेका व्यक्तिहरूलाई मृत्युका सन्तानहरू भनिएको छ ।

तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं । (एफिसी २:३)

यहाँ क्रोधका सन्तानहरूले ती मानिसहरूलाई जनाउँछ जोसँग परमेश्‍वर रिसाउनुभएको छ ।

अनुवाद रणनीतिहरू

(अनुवाद रणनीतिहरूको निम्ति बाइबलीय बिम्बविधान - साझा ढाँचाहरू)हेर्नुहोस् ।