ne_ta/translate/bita-farming/01.md

11 KiB

बाइबलमा प्रयोग भएका खेतीसँग सम्बन्धित केही बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा दिइएका खेतीसँग सम्बन्धित शब्दहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

किसानले परमेश्‍वरको प्रतिनिधित्व गर्छ, र दाखबारीले उहाँका चुनिएका मानिसहरूको प्रतिनिधित्व गर्छ

एउटा अत्‍यन्‍त मलिलो डाँडामा मेरा प्रियको एउटा दाखबारी थियो । तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे । त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे । तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो । (यशैया ५:१-२)

स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो । (मत्ती २०:१)

कोही एक जना गृहस्‍थी थिए, जसले एउटा दाखबारी लगाए, र त्‍यसको वरिपरि बार लगाएर त्‍यहाँ दाख पेल्‍ने एउटा कोल राखे, र एउटा मचान बनाए । तब मोहीहरूलाई त्‍यसको ठेक्‍का दिई उनी परदेश लागे । (मत्ती २१:३३)

जमिनले मानिसहरूका हृदयहरूको (भित्री मनुष्यत्व) प्रतिनिधित्व गर्छ

यहूदाका मानिसहरू र यरूशलेमलाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरूका बाँझो भूमिमा डल्‍ला फोर, र काँढाहरूका बीचमा नछर । (यर्मिया ४:३)

जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन ... बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो । ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ। ... काँढाहरूमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, तर यस संसारको फिक्री र धन-सम्‍पत्तिको छलले वचनलाई बाधा दिन्‍छ .... असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ । (मत्ती १३:१९-२३)

तिमीहरूको बाँझो बारी जोत । किनकि परमप्रभुलाई खोज्‍ने समय अहिले हो ... (होशे १०:१२)

छर्ने/रोप्‍ने कामले कामहरू वा प्रवृत्तिको प्रतिनिधित्व गर्छ र कटनी गर्ने कामले न्याय वा इनामको प्रतिनिधित्व गर्छ

मैले देखेको छु, कि अधर्म जोत्‍ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्‌ । (अय्यूब ४:८)

धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्ने छ। जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्ने छ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्ने छ। (गलाती ६:७-८)

खला र निफन्‍ने कुराले दुष्टहरूलाई असल मानिसहरूबाट अलग पार्ने कुराको प्रतिनिधित्व गर्छ

किसानहरूले गहूँ र अन्य किसिमका अन्‍नहरू काटिसकेपछि खला, मा ल्याउँछन्, यो एउटा कडा जमिनमा बनाइएको सम्म परेको हुन्छ । त्यसपछि चक्का भएका वा नभएका गाडाहरू गोरूद्वारा अन्‍नमाथि तान्‍न लगाइन्छ र बाली झार्ने काम, गरिन्छ, यसो गर्दा अन्‍न बोटबाट अलग हुन्छ । त्यसपछि ठूला काँटाहरू वा नाङ्लाहरू लिएर अन्‍नलाई हावामा फ्यालिन्छ र निफनिन्छ । यसो गर्दा भुसचाहिँ उड्छ र असल अन्‍न खलामा झर्छ, तिनलाई जम्मा गरेर खानाको निम्ति प्रयोग गरिन्छ । ("बाली झार्ने" र "निफन्‍ने" शब्दहरू अनुवादमा सहायताको निम्ति अनुवाद शब्दहरू मा रहेको बाली झार्नुनिफन्‍नु पानाहरू हेर्नुहोस् । )

म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्‌लोले निफनेझैँ निफन्‍ने छु । म मेरो प्रजामाथि शोक र सर्वनाश ल्‍याउने छु, किनकि तिनीहरूले आफ्‍ना चाल बदली गरेनन्‌ । (यर्मिया १५:७)

निफन्‍ने नाङ्‌लो उहाँको हातमा छ, जसद्वारा उहाँले आफ्‍नो खला राम्ररी सफा पार्नुहुने छ, र गहूँ आफ्‍नो धनसारमा जम्‍मा गर्नुहुने छ, तर भुसचाहिँ उहाँले ननिभ्‍ने आगोमा जलाउनुहुने छ। (लूका ३:१७)

कलमीले परमेश्‍वरले अन्यजातीहरूलाई आफ्ना मानिसहरू हुन अनुमति दिने कुराको प्रतिनिधित्व गर्छ

किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्‍नै निज जैतूनकै रूखमा झन्‌ कति बढी कलमी बाँधिएलान्‌ । भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको संख्‍या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ । (रोमी ११:२४-२५)

वर्षाले परमेश्‍वरले आफ्ना मानिसहरूलाई दिने आशिष्‌को प्रतिनिधित्व गर्छ

...उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्‍टि खन्‍याउनुहुन्‍छ । (होशे १०:१२)

जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्‍ति खनजोत गरिएको छ, र तिनीहरूका निम्‍ति मन पर्ने अन्‍न-बाली उमार्छ, त्‍यस जमिनले परमेश्‍वरबाट आशिष्‌ पाउँछ। तर त्‍यसैले काँढा र सिउँडीहरू उमार्‍यो भने त्‍यो बेकम्‍मा हुन्‍छ, र परमेश्‍वरको सराप पर्न सक्‍छ । अन्‍त्‍यमा त्‍यो जलाइन्‍छ । (हिब्रू ६:७-८)

यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ । (याकूब ५:७)