ne_ta/translate/bita-animals/01.md

12 KiB

बाइबलमा प्रयोग भएका शरीरका अङ्‍गहरू र मानवीय गुणहरूका बिम्बहरूलाई अङ्ग्रेजी वर्णानुक्रम अनुसार तल सूचीबद्ध गरिएको छ । सूचीमा प्रयोग भएका अङ्‍‍गहरू र मानवीय गुणहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थितीचाहिँ अवश्य हुन्छ ।

जनावरको सीङले शक्तिको प्रतिनिधित्व गर्छ

मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सीङ, मेरो गढ, मेरो शरणस्‍थान र मेरा उद्धारकर्ता हुनुहुन्‍छ । तपाईं मलाई हिंसात्‍मक मान्‍छेबाट बचाउनुहुन्‍छ। (२ शमूएल २२:३)

"मेरो उद्धारको सीङ" ले मेरो उद्धार गर्ने शक्तिशाली व्यक्ति भन्‍ने जनाउँछ ।

यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्ने छु, (भजनसंग्रह १३२:१७)

"दाऊदको सीङ" राजा दाऊदको सैन्य शक्ति हो ।

चराहरूले खतरामा परेका र असहाय मानिसहरूको प्रतिनिधित्व गर्छ

केही चराहरूलाई सजिलै जालमा पार्न सकिने हुनाले यसो भनिएको हो ।

विनाकारण भएका मेरा शत्रुहरूले मलाई चरालाई झैँ शिकार गरिहिँडे । (विलाप ३:५२)

शिकारीको हातबाट हरिण उम्‍केझैँ, व्‍याधाको पासोबाट चरा फुत्‍केझैँ तैंले आफूलाई मुक्त गर्‌ । (हितोपदेश ६:५)

व्याधाले चराहरू समात्‍ने व्यक्तिलाई जनाउँछ, र पासोले सानो जाललाई जनाउँछ ।

शिकारीको पासोबाट चरा उम्‍केझैँ, हामी फुत्‍किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्‍क्‍यौं । (भजनसंग्रह १२४:७)

मासु खाने चराहरूले द्रुत गतिमा आक्रमण गर्ने शत्रुहरूको प्रतिनिधित्व गर्छ

हबकूक र होशेमा इस्राएलीहरूलाई आक्रमण गर्ने शत्रुहरूलाई चीलसँग तुलना गरिएको छ ।

तिनीहरूका घोडचढीहरू टाढादेखि आउँछन्‌ । तिनीहरू शिकार निल्‍नलाई वेग हानेर उड्‌ने गिद्धझैँ अगि बढ्‌छन्‌ । (हबकूक १:८)

एउटा गरुड परमप्रभुको भवनमाथि उड्‌दैछ । ... जे भलो छ त्‍यो इस्राएलले इन्‍कार गरेको छ। एउटा वैरीले त्‍यसलाई खेद्‌ने छ । (होशे ८:१,३)

यशैयामा परमेश्‍वरले एउटा विदेशी राजालाई शिकारी चरा भन्‍नुहुन्‍छ किनकि त्यो चाँडो आउँछ र इस्राएलका शत्रुहरूलाई आक्रमण गर्छ ।

पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु । (यशैया ४६:११)

चराको पखेटाले सुरक्षाको प्रतिनिधित्व गर्दछ

चराहरूले आफ्ना पखेटाहरू फैलाएर आफ्ना बचेराहरूको सुरक्षा गर्ने हुनाले यसो भनिएको हो ।

तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌ ती दुष्‍टहरूबाट, जसले मलाई लुट्‌दछन्‌, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्‌ । (भजनसंग्रह १७:८-९)

पखेटाहरूले कसरी सुरक्षाको प्रतिनिधित्व गर्दछन् भन्‍ने जनाउने अर्को उदाहरणः

ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌, मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिने छु । (भजनसंग्रह ५७:१)

खतरनाक जनावरहरूले खतरनाक मानिसहरूको प्रतिनिधित्व गर्दछन्

भजनसंग्रहमा दाऊदले आफ्ना शत्रुहरूलाई सिंहहरू भनेका छन् ।

म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु । मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌, जसका जिब्रा धारिला तरवारझैँ छन्‌ । हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌ (भजनसंग्रह ५७:४)

पत्रुसले दुष्टलाई गर्जने सिंह भने ।

सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ । (१ पत्रुस ५:८)

मत्तीमा आफ्ना झुटहरूद्वारा मानिसहरूमाथि हानी पुर्‍याउने अगमवक्ताहरूलाई येशूले ब्वाँसाहरू भन्‍नुभयो ।

झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्‍दा ब्‍वाँसाहरूजस्‍ता हुन्‍छन्‌ । (मत्ती ७:१५)

मत्तीमा झुटा कुराहरू सिकाएर हानी पुर्‍याउने धार्मिक अगुवाहरूलाई बप्तिस्मा दिने यूहन्‍नाले विषालु सर्पहरू भने ।

तर फरिसीहरू र सदुकीहरूमध्‍ये धेरै जनालाई बप्‍तिस्‍मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्‍चा हो, आउन लागेको क्रोधबाट भाग्‍न कसले तिमीहरूलाई चेताउनी दियो? (मत्ती ३:७)

चीलहरूले शक्तिको प्रतिनिधित्व गर्छ

जसले, तेरा इच्‍छाहरू उत्तम कुराले तृप्‍त गर्नुहुन्‍छ, ताकि तेरो जवानी चीलको जस्‍तै फेरि नयाँ होस्‌ । (भजनसंग्रह १०३:५)

परमप्रभु यसो भन्‍नुहुन्‍छ: "हेर त, एउटा गरुड मोआबमाथि आफ्‍नो पखेटा फिँजाएर वेगसित आउँदैछ।" (यर्मिया ४८:४०)

भेडाहरू वा भेडाका बगालले डोर्‍याइनु पर्ने मानिसहरू वा खतरामा भएका मानिसहरूको प्रतिनिधित्व गर्छ

मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्‌। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन् (यर्मिया ५०:६)

उहाँले आफ्‍ना मानिसहरूलाई भेडाहरूलाई झैँ बाहिर निकालिल्‍याउनुभयो । (भजनसंग्रह ७८:५२)

इस्राएल त सिंहहरूले खेदेर छरपष्‍ट भएका भेडाको बगालझैँ छ। त्‍यसलाई पहिले अश्‍शूरको राजाले निल्‍यो, र सबैभन्‍दा पछि बेबिलोनको राजा नबूकदनेसरले त्‍यसका हड्डीहरू चूरचूर पार्‍यो । (यर्मिया ५०:१७)

हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेडाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ । तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिने छन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउने छन्‌ । (मत्ती १०:१६,१७)