ne_ta/intro/translate-why/01.md

4.4 KiB

अनुवादएकेडेमीको उद्धेश्य तपाईंलाई बाइबल अनुवादक बनाउने तालिम दिनु हो । तपाईंका मानिसहरूलाई येशूका चेलाको रूपमा वृद्धि हुनलाई मदत गर्नको निम्ति बाइबल अनुवाद गर्नु महत्त्वपूर्ण कार्य हो । यो कार्य गर्नको निम्ति तपाईंले यसलाई गम्भिर रूपमा लिएर परमेश्‍वरको सहायताको निम्ति प्रार्थना गर्नुहोस् ।

परमेश्‍वरले हामीसँग बाइबलद्वारा बोल्‍नु भएको छ । उहाँले लेखकहरूलाई हिब्रू, अरामेइक र ग्रीक भाषामा बाइबल लेख्‍न प्रेरणा दिनुभयो । ४० जना लेखकहरूले ईश्‍वीपूर्व १४०० देखि सन् १०० सम्ममा यो पुस्तक लेखे । यी दस्ताबेजहरू मध्यपूर्व, उत्तरी अफ्रिका र युरोपमा लेखिएका थिए । त्यस ठाउँका मानिसहरूले बुझून् भनेर परमेश्‍वरले ती भाषाहरूमा आफ्नो वचन लेख्‍न लगाउनुभयो ।

आजको दिनमा हाम्रा देशका मानिसहरूले हिब्रू, अरामेइक र ग्रीक भाषा बुझ्दैनन् । तर तिनीहरूको भाषामा परमेश्‍वरको वचन अनुवाद गर्ने हो भने तिनीहरूले बुझ्छन् ।

कसैको "मातृभाषा" वा "हृदयको भाषा" भन्‍नाले बाल्यकालमा बोलेको र घरमा बोलिने भाषालाई बुझाउँछ । यो भाषामा कुरा गर्दा तिनीहरूलाई सहज महसुस हुन्छ र आफ्ना गहिरा विचारहरू पनि प्रकट गर्न सक्छन् । हामी हरेकले आफ्नो हृदयको भाषामा बाइबल पढ्न सकेको चाहन्छौँ ।

हरेक भाषा महत्त्वपूर्ण र मूल्यवान हुन्छ । तपाईंको देशमा बोलिने राष्ट्रिय भाषा जतिकै महत्त्व स-साना भाषाहरूको पनि हुन्छ र तिनीहरूले पनि अर्थ बुझाउन सक्छन् । कसैले पनि आफ्नो क्षेत्रीय भाषा बोल्न शर्माउनु हुँदैन । कहिलेकहीँ, अल्पसङ्ख्यक समूहले बहुसङ्ख्यक जनताले भाषा बोल्ने मानिसहरू भएको ठाउँमा आफ्नो भाषा बोल्न शर्माउँछन् र बोल्दैनन् । तर राष्ट्रिय भाषा र अन्य भाषाहरूमा त्यस्तो कुनै पनि फरक छैन, न त महत्त्वमा, न त प्रतिष्ठामा, न त शिक्षामा । हरेक भाषामा फरकपन हुन्छ । हामीलाई सहज लाग्‍ने र आफ्नो कुरा संचार गर्न सक्‍ने भाषा हामीले बोल्‍नुपर्छ ।

  • आभार: टेड प्राइस, पिएच.डी. CC BY-SA 4.0 "बाइबल अनुवादका सिद्धान्त र अभ्यासबाट साभार गरिएको" *