ne_ta/checking/vol2-backtranslation-written/01.md

3.8 KiB

लिखित वापस अनुवाद दुई किसिमका छन्?

अन्तरापङ्ति वापस अनुवाद

अन्तरापङ्ति वापस अनुवादमा वापस अनुवादकले लक्षित भाषाका हरेक शब्दको अनुवादलाई उक्त शब्दको मुनि लेख्छन् । यस्तो अनुवादमा लक्षित भाषा अनुवादको हरेक पङ्तिको मुनि वृहत्तर संचारको भाषाको पङ्ति राखिन्छ । जाँचकीले हरेको शब्दको अनुवाद कसरी गरिएको छ भन्ने कुरा थाहा पाउनु यसको फाइदा हो । तिनले लक्षित भाषाको हरेक शब्दको अर्थहरू देख्छन् र फरक परिवेशमा ती शब्दहरूलाई कसरी प्रयोग गरिएको छ भन्‍ने थाहा पाउँछन् । वृहत्तर संचारको भाषाका पङ्तिहरू हरेक शब्दको अनुवाद गरेर तयार गरिनु यसको बेफाइदा हो । यसले पाठलाई पढ्न र बुझ्‍न कठिन बनाउँछ । यसले जाँचकीको मनमा धेरै प्रश्‍नहरू र असमझदारी उत्पन्‍न गराउँछ । यही कारणले गर्दा बाइबलको अनुवाद गर्दा हरेक शब्द-शब्द गरेर अनुवाद नगर्न सुझाब दिन्छौँ ।

स्वतन्त्र वापस अनुवाद

यस्तो वापस अनुवादमा वापस अनुवादकले लक्षित भाषाको अनुवादभन्दा फरक ठाउँमा अनुवाद गर्छन् । वापस अनुवाद लक्षित भाषाको अनुवादसँग हुबहु आधारित नहुनु यस विधिको बेफाइदा हो । वापस अनुवाद गर्दा पद सङ्ख्या उल्लेख गरेर यो बेफाइदालाई कम गर्न सकिन्छ । दुबै अनुवादमा एकै किसिमको पद सङ्ख्याको प्रयोग गर्दा जाँचकीले कुन पदको अनुवाद कहाँ गरिएको छ भन्‍ने कुरा थाहा पाउँछन् । वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग गरिनु यस विधिको फाइदा हो । यसो गर्दा जाँचकीलाई अनुवाद पढ्न र बुझ्‍न सहज हुन्छ । वापस अनुवाद गर्दा वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग भए तापनि वापस अनुवाद गर्दा शाब्दिक रूपमा नै गर्नुपर्छ । वापस अनुवाद गर्दा स्वतन्त्र वापस अनुवादको प्रयोग गर्ने सुझाब दिन्छौँ ।