ne_ta/checking/vol2-backtranslation-who/01.md

2.5 KiB

वापस अनुवाद गर्ने व्यक्ति को हुनुपर्छ?

वापस अनुवाद गर्ने व्यक्तिसँग निम्‍न तीन योग्यताहरू हुनुपर्छः

१. वापस अनुवाद गर्ने व्यक्तिको मातृभाषा लक्षित भाषा हुनुपर्छ र तिनले वृहत्तर संचारको भाषा राम्ररी बोल्न सक्नुपर्छ । २. उक्त व्यक्ति आफूले वापस अनुवाद गर्न लागेको पाठलाई स्थानीय लक्षित भाषामा अनुवाद गर्ने कार्यमा सरिक भएको हुनुहुँदैन । स्थानीय लक्षित भाषामा अनुवाद गर्ने व्यक्तिलाई वापस अनुवाद गर्न लगायो भने तिनलाई अनुवाद गर्न लागेको पाठको अर्थ थाहा भएको हुनाले वापस अनुवाद गर्दा स्रोत भाषामा जस्तै गर्न सक्छन् । तर स्थानीय लक्षित भाषामा अनुवाद नगरेको व्यक्तिले अनुवादलाई फरक तरिकाले बुझ्‍न सक्छन् वा कुनै खण्डलाई पटक्कै नबुझ्‍न पनि सक्छन् । यस्तो अवस्थामा तिनले लक्षित भाषामा अनुवाद गर्ने व्यक्तिको सहायता लिन्छन् यसले सही अर्थलाई उचित तरिकाले बुझ्‍न मदत गर्छ । ३. वापस अनुवाद गर्ने व्यक्ति बाइबललाई राम्ररी नबुझेको व्यक्ति हुनुपर्छ । अर्को कुनै भाषाको बाइबल पढेको ज्ञानको आधारमा नभइ लक्षित भाषालाई मात्र हेरेर वापस अनुवाद गरियोस् भनेर यसो गरिएको हो ।