ne_ta/checking/vol2-backtranslation-purpose/01.md

4.7 KiB

किन वापस अनुवादको आवश्यक छ?

बाइबलीय सामाग्रीको परामर्शदाता वा जाँचकीले लक्षित भाषा नबुझे पनि तिनीहरूलाई लक्षित भाषाको अनुवाद कसरी गरिएको रहेछ भन्‍ने कुरा थाहा होस् भनेर वापस अनुवाद गरिन्छ । यसैले वापस अनुवादको भाषा वापस अनुवादक र जाँचकी दुबै जनाले राम्ररी बुझ्‍ने भाषामा हुनुपर्छ । यसको अर्थ यही हो कि वापस अनुवादकले स्रोत भाषामा प्रयोग गरिएको वृहत संचारको भाषा नै प्रयोग गर्नुपर्छ ।

बाइबल सामाग्रीहरू पहिले नै स्रोत भाषामा उपलब्ध भएको कारण यसो गर्नु जरुरी छैन भन्ने केही मानिसहरूको विचार छ । तर वापस अनुवादको उद्देश्यलाई ध्यान दिनुहोस्ः यसले जाँचकीलाई लक्षित भाषा अनुवादमा के छ भन्‍ने कुराको जानकारी दिन्छ । मूल स्रोत भाषाको पाठ पढेको आधारमा मात्र जाँचकीले लक्षित भाषा अनुवादमा के छ भन्‍ने कुरा थाहा पाउँदैनन् । यसैले वापस अनुवादकले लक्षित भाषाको अनुवादलाई मात्र आधार लिएर वृहत्तर संचारको भाषामा वापस अनुवाद गर्नुपर्छ । यसै कारण वापस अनुवाद गर्ने व्यक्तिले अनुवादको क्रममा स्रोत भाषाको पाठलाई होइन तर लक्षित भाषालाई मात्र हेर्नुपर्छ । यसरी जाँचकीले लक्षित भाषाको अनुवादमा भएको समस्यालाई पहिचान गरी अनुवादकसँग मिलेर उक्त समस्याको समाधान गर्न सक्छन् ।

लक्षित भाषाको अनुवादलाई जाँचकीले जाँच गर्नु अगाडि नै सुधार गर्नको निम्ति पनि वापस अनुवाद उपयोगी हुन्छ । जब अनुवाद समूहले वापस अनुवादलाई हेर्छन् उनीहरूले वापस अनुवाद गर्ने व्यक्तिले उनीहरूको अनुवादलाई कसरी बुझेका रहेछन् भन्‍ने कुरा थाहा पाउँछन् । कहिलेकाहीँ वापस अनुवादकले उनीहरूले चाहेभन्दा फरक तरिकाले तिनीहरूको अनुवादलाई बुझेका हुन्छन् । यस्तो अवस्थामा तिनीहरूले अनुवादलाई आफूले चाहेको कुरा बुझाउने किसिमले परिवर्तन गर्नसक्छन् । अनुवाद समूहले चाँचकीलाई दिनु अगाडि नै आफ्नो अनुवाद सुधार्नको निम्ति वापस अनुवादको प्रयोग गरेको खण्डमा तिनीहरूले आफ्नो अनुवादलाई धेरै मात्रामा सुधार गर्न सक्छन् । यदि यो कार्य अगाडि नै गरियो भने जाँचकीले आफ्नो काम द्रुत गतिमा गर्न सक्छन्, किनकि अनुवाद समूहले जाँचकीलाई भेट्नु अगाडि नै धेरै समस्याको समाधान गरिसकेका हुन्छन् ।