ne_ta/checking/vol2-backtranslation-kinds/01.md

7.3 KiB

वापस अनुवाद कति किसिमका हुन्छन्?

मौखिक

अनुवादकले वृहत्तर संचारको भाषामा अनुवाद जाँचकीलाई अनुवाद सुनाउनु नै मौखिक वापस अनुवाद हो । एक पटकमा एउटा वाक्य वा छोटो वाक्यहरू भएको अवस्थामा दुई वाक्यहरू सुनाउने गरिन्छ । कुनै समस्या छ जस्तो लागेमा अनुवाद जाँचकीले मौखिक वापस अनुवाद गर्ने व्यक्तिलाई रोकेर प्रश्न सोध्‍न सक्छन् । अनुवाद समूहका एक वा एकभन्दा धेरै सदस्यहरू उपस्थित हुँदा जवाफ दिन सजिलो हुन्छ ।

यसको फाइदा भनेको अनुवाद जाँचकीले वापस अनुवादकलाई तुरुन्तै प्रश्न सोध्‍न सक्छन् । वापस अनुवादकले अनुवादको निम्ति थोरै समय मात्र प्राप्त गर्ने हुनाले गरिएको अनुवाद उत्तम नहुनसक्छ । यस्तो अवस्थामा अनुवाद जाँचकीले धेरै प्रश्नहरू सोध्नुपर्ने हुनसक्छ । जाँचकीले पनि अनुवाद जाँचको निम्ति थोरै समय पाउँछन् । एउटा वाक्य सुनेपछि अर्को वाक्यमा जानु अगाडि केही सेकेन्ड मात्र समय पुग्छ । यसले गर्दा उसले सबै समस्याहरूको समाधान गर्ने समय पाउँदैन ।

लिखित

लिखित वापस अनुवाद दुई किसिमका हुन्छन् । यी दुईका भिन्‍नताको बारेमा अर्को मोड्युलमा छलफल गरिन्छ । लिखित वापस अनुवादका फाइदाहरू मौखिकका भन्दा धेरै हुन्छन् । पहिको फाइदा, लिखित वापस अनुवादकले अनुवादलाई गलत तरिकाले बुझेका रहेछन् भने जाँचकीहरूले सजिलै पत्ता लगाउनसक्छन् । वापस अनुवादकले नै अनुवादलाई गलत तरिकाले बझेको अवस्था उक्त अनुवादलाई सुन्ने र पढ्ने पनि गलत नै बुझ्छन् । यसरी अनुवादकहरूले उक्त अनुवादलाइ पुनः अनुवाद गर्नसक्छन् ।

दोस्रो फाइदा, जाँचकीले अनुवाद समूहसँगको भेटघाट अगाडि नै लिखित वापस अनुवादलाई पढेर वापस अनुवादमा भएका प्रश्नहरूमाथि अनुसन्धान गर्न सक्छन् । जाँचकीहरूले अनुसन्धान नै गर्न नपरे पनि जाँचकीहरूले अनुवादको बारेमा सोच्‍ने समय पाउँछन् । सोच्‍ने समय धेरै पाउने हुनाले अनुवादमा भएका समस्याहरू पहिचान गरी असल समाधान निकाल्न सक्छन् ।

तेस्रो फाइदा, अनुवाद जाँचकीले अनुवाद समूहलाई भेट गर्नु अगाडि आफ्ना प्रश्नहरू लेख्‍नसक्छन् । भेटघाट गर्नु अगाडि समय भएको अवस्थामा जाँचकीले अनुवाद समूहलाई उक्त प्रश्नहरू पठाउन सक्छन् र अनुवादक समूहलेअनुवादलाई आवश्यक परिवर्तन गर्नसक्छन् । यसो गर्दा अनुवादक र जाँचकीको भेटघाटमा धेरैभन्दा धेरै बाइबलीय सामाग्रीहरूको समीक्षा गर्न सकिन्छ । भेटघाटको क्रममा बाँकी रहेका समस्याहरूमा केन्द्रित हुनलाई समय पुग्छ । अनुवादकले जाँचकीका प्रश्नहरूलाई बझेका छैनन् भने र जाँचकीले लक्षित भाषालाई नबुझेर अनुवादमा समस्या देखेको कुराहरूको बारेमा यस समयमा छलफल गर्न सक्छन् । यस्तो अवस्थामा जाँचकीले नबुझेको कुरा अनुवादकले बुझाउनसक्छन् ।

भेटघाट अगाडि नै प्रश्नहरू पठाउने समय नभए पनि जाँचकी तयारी भएको कारण भेटघाटको बेलामा धेरै सामाग्रीहरूको समीक्षा सम्भव हुन्छ । पहिले नै सबै कुरा तयारी भएको हुँदा सबै सामाग्री पढ्नु नपर्ने हुनाले काम छिटो हुन्छ ।

चौथो फाइदा, लिखित वापस अनुवादले अनुवाद जाँचकीले घण्टौँ सुनेर बुझ्‍नुपर्ने बाध्यताबाट छुटकारा दिन्छ । भेटघाट हल्लाखल्ला भएको ठाउँमा भयो भने जाँचकीलाई हरेक शब्दलाई बुझ्‍न कठिन हुन्छ । ध्यान केन्द्रित गर्न कठिन हुने हुनाले जाँचकीले समस्याहरू छोड्न सक्छन् र बाइबलीय सामाग्रीमा भएका समस्याहरूको समाधान गर्न कठिन हुनजान्छ । यसैले सम्भव भएसम्म लिखित वापस अनुवाद गर्ने सल्लाह दिन्छौँ ।