ne_ta/checking/vol2-backtranslation-guidel.../01.md

10 KiB

१. लक्षित भाषामा शब्द र वाक्यांशहरूको प्रयोग देखाउनुहोस्

क. शब्दको अर्थलाई सन्दर्भको आधारमा प्रयोग गर्नुहोस्

यदि कुनै शब्दको एउटै मात्र आधारभुत अर्थ छ भने त्यस्तो अवस्थामा वापस अनुवाद गर्दा उक्त आधारभुत अर्थको प्रतिनिधित्व गर्ने वृहत्तर संचारमा प्रयोग गरिने भाषाको शब्द प्रयोग गर्नुपर्छ । यदि लक्षित भाषाको कुनै एक शब्दको अर्थ सन्दर्भ अनुसार फरकफरक छन् भने उक्त सन्दर्भलाई सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने शब्दको छनौट गर्नुपर्छ । अनुवादकले अन्य अर्थहरूलाई कोष्ठकमा दिन सक्छन् ताकि जाँचकीहरूले उक्त शब्दको एकभन्दा धेरै अर्थहरू रहेछन् भन्‍ने जान्‍न सकून् । उदाहरणको लागि अनुवादकले वापस अनुवादको क्रममा अगाडि कुनै शब्दको अनुवाद गर्दा "जानु" शब्दको प्रयोग गरेका छन् भने नयाँ सन्दर्भमा "आउनु (जानु)" भनेर लेख्‍न सक्छन् ।

यदि लक्षित भाषाको अनुवादमा वाक्पद्धतिको प्रयोग गरिएको छ र उक्त वाक्पद्धतिलाई अक्षरश अनुवाद गरेर कोष्ठकमा त्यसको अर्थ लेख्दा अनुवाद जाँच गर्ने व्यक्तिलाई सजिलो हुन्छ । यसले वाक्पद्धतिको प्रयोग उक्त ठाउँमा हुने रहेछ भन्‍ने कुरा जाँचकीलाई थाहा हुन्छ र त्यसको अर्थ पनि थाहा हुन्छ । उदाहरणको लागि वापस अनुवादकले "उसले माटो खायो (ऊ मर्‍यो)" भनेर अनुवाद गर्न सक्छ । यदि उक्त वाक्पद्धतिको प्रयोग एक वा दुईभन्दा धेरै पटक गरिएको छ भने अनुवादकले हरेक पटक त्यसको अर्थ लेख्‍नु जरुरी छैन । त्यसलाई अक्षरश अनुवाद गर्नसक्छ वा त्यसको अर्थ मात्र लेख्‍नसक्छ ।

ख. शब्दवर्गहरूलाई जस्ताको तस्तै राख्‍नुहोस्

वापस अनुवाद गर्दा लक्षित भाषाको शब्दवर्गलाई वृहत्तर भाषाको शब्दवर्ग अनुसार राख्‍नुहोस् । यसको अर्थ यो हो कि नामलाई नामको, क्रियालाई क्रियाको र परिमार्जकलाई परिमार्जकको प्रयोग गरेर अनुवाद गरिनुपर्छ । यसले लक्षित भाषाले कसरी काम गर्छ भन्‍ने कुरा जान्‍ने काममा अनुवाद जाँच गर्ने व्यक्तिलाई सहायता मिल्छ ।

ग. उपवाक्यहरूलाई जस्ताको तस्तै राख्‍नुहोस्

वापस अनुवाद गर्दा अनुवादकले लक्षित भाषाका उपवाक्यहरूलाई वृहत्तर भाषाको उपवाक्यहरू अनुसार राख्‍नुहोस् । उदाहरणको लागि लक्षित भाषाको उपवाक्यमा आज्ञाको प्रयोग गरिन्छ भने अनुवादमा पनि आज्ञाको प्रयोग गर्नुपर्छ यसको साटो सल्लाह वा अनुरोधको प्रयोग गर्नु हुँदैन । अथवा लक्षित भाषाको उपवाक्यमा आलङ्कारिक प्रश्‍नको प्रयोग गरिन्छ भने वापस अनुवादमा पनि प्रश्‍नको नै प्रयोग गरिनुपर्छ, वाक्य वा अभिव्यक्तिको प्रयोग गर्नुहुन्‍न ।

घ. विराम चिन्हलाई जस्ताको तस्तै राख्‍नुहोस्

वापस अनुवाद गर्दा अनुवादकले लक्षित भाषाका विराम चिन्हहरूलाई वृहत्तर भाषाको उपवाक्यहरू अनुसार राख्‍नुहोस् । उदाहरणको लागि लक्षित भाषामा अल्पविरामको प्रयोग गरिन्छ भने वापस अनुवादमा अल्पविरामको प्रयोग गर्नुहोस् । पूर्णविराम, विश्मयादिबोधक, उद्धरण चिन्ह र अन्य विराम चिन्हहरूलाई दुवै अनुवादमा एकै किसिमले राख्‍नुपर्छ । यसले गर्दा जाँचकीहरूलाई वापस अनुवादका कुन भागले लक्षित भाषाको कुन भागको प्रतिनिधित्व गर्छन् भन्‍ने कुरा थाहा हुन्छ । वापस अनुवाद गर्दा सबै अध्याय र पद सङ्ख्याहरू साविककै ठाउँमा हुनुपर्छ ।

ङ. जटिल शब्दहरूको अर्थलाई उल्लेख गर्नुहोस्

कहिलेकाहीँ लक्षित भाषाका शब्दहरू वृहत्तर भाषाका शब्दभन्दा जटिल हुनसक्छन् । यस्तो अवस्थामा वापस अनुवाद गर्दा लक्षित भाषाको शब्दमा लामो वाक्यांश राख्‍नुपर्छ । अनुवादक जाँचकीले अर्थ बुझ्‍न सकून् । उदाहरणको लागि कुनै एक शब्दलाई लक्षित भाषामा अनुवाद गर्दा वृहत्तर भाषामा प्रयोग गरिने "विष्पोटन हुनु" वा "सुतिरहनु होस्" जस्ता वाक्यांशहरूको प्रयोग गर्नुपर्छ । कुनै भाषाका कुनै शब्दहरूले वृहत्तर भाषामा समान अर्थ दिने शब्दभन्दा धेरै अर्थ दिन्छन् । यस्तो अवस्थामा अनुवादकले थप जानकारी समेट्नु जरुरी हुन्छ, उदाहरणको लागि "हामी (समावेशी)" वा "तिमी (स्त्रीलिङ्गी)" ।

२. वाक्य र तार्किक ढाँचाको निम्ति वृहत्तर संचारको भाषाको प्रयोग गर्नुहोस्

वासप अनुवाद गर्दा वाक्यको ढाँचालाई वृहत्तर भाषामा स्वभाविक लाग्‍ने गरी अनुवाद गर्नुपर्छ, लक्षित भाषाको ढाँचामा प्रयोग गरिने ढाँचाको पालना गर्नुहुँदैन । यसको अर्थ यही हो कि वापस अनुवादले वृहत्तर संचारको भाषामा प्रयोग गरिने शब्दक्रमको प्रयोग गरिनुपर्छ, लक्षित भाषाको शब्दक्रमलाई होइन । यसरी नै वाक्यांशलाई एकअर्कासँग सम्बन्धित गराउने शब्दहरूलाई पनि वृहत्तर भाषामा स्वभाविक लाग्‍ने किसिमले अनुवाद गर्नुपर्छ । यसो गर्दा वापस अनुवाद जाँचकीको निम्ति पढ्न र बुझ्‍नलाई सहज हुन्छ । यसले वापस अनुवादलाई जाँच गर्ने कामर्यलाई पनि तिव्रता दिन्छ ।