ne_ta/checking/other-methods/01.md

6.0 KiB

जाँचका अन्य विधिहरू

बाइबल स्पष्ट, पढ्नलाई सजिलो र सुन्‍नेहरूको लागि स्वभाविक छ कि छैन भन्‍ने कुराको जाँचका लागि प्रश्‍न सोध्‍ने तरिकाका साथै अन्य तरिकाहरूको पनि प्रयोग गर्न सक्‍नुहुन्छ । तपाईंले प्रयोग गर्न सक्‍ने केही तरिकाहरू यहाँ दिएका छन्ः

  • पुनर्कथन विधि: तपाईंले खण्ड वा कथा पढ्न सक्‍नुहुन्छ र सुन्‍ने व्यक्तिलाई पुनर्कथन गर्न (आफ्नै शैलीले भन्‍न) लगाउन सक्‍नुहुन्छ । यदि त्यस व्यक्तिले खण्डलाई भन्‍न सक्छन् भने खण्ड स्पष्ट छ । उक्त व्यक्तिले छोडेको वा गलत तरिकाले भनेको कुराको टिप्पणी राख्‍नुहोस्, यसो गर्दा अध्याय र पद पनि लेख्‍नुहोस् । अनुवाद समूहले उक्त कुरालाई स्पष्ट पार्नको निम्ती संशोधन गर्नुपर्ने हुन्छ । अनुवादमा भएका कुराहरूलाई फरक तरिकाले भनिएका कुराहरूको पनि टिप्पणी राख्‍नुहोस् । अनुवादमा प्रयोग गरिएको भन्दा स्वभाविक लाग्‍ने शैलीहरू त्यहाँ हुन सक्छन् । अनुवादलाई स्वभाविक बनाउनको निम्ती फरक तरिकाले भनिएका कुराहरूको प्रयोग अनुवाद समूहले गर्न सक्छन् ।

  • पढ्ने विधि: अरूलाई पढ्न लगाउनुहोस् र सुनेर उक्त व्यक्ती रोकिएको ठाउँ वा गल्ती गरेको ठाउँको टिप्पणी लेख्‍नुहोस् । यसो गर्दा तपाईंले अनुवादलाई बुझ्‍न र पढ्न कती सजिलो वा अप्ठ्यारो छ कुरा थाहा लाग्छ । पढ्नलाई सहज बनाउन र बुझ्‍ने बनाउनको निम्ती अनुवाद समूहले अनुवादको संशोधन गर्नुपर्ने हुन्छ ।

  • वैकल्पिक अनुवाद प्रस्ताव गर्ने: केही स्थानहरूमा स्रोत शब्द वा वाक्यांशहरूलाई उत्तम तरिकाले अनुवाद गर्ने कुरा अनुवाद समूहलाई थाहा नहुन सक्छ । यस्तो अवस्थामा अन्य व्यक्तिहरूलाई उनीहरूले कसरी अनुवाद गर्छन् भनी सोध्‍नुहोस् । स्रोत भाषा नबुझ्‍ने व्यक्तिहरूलाई बुझाउनुहोस् र त्यसलाई उनीहरूले कसरी भन्छन् भनी सोध्‍नुहोस् । यदि फरक अनुवाद पहिलो अनुवाद जती नै राम्रो छ भने ती दुईमध्ये सबैभन्दा स्पष्ट अनुवाद छान्‍न लगाउनुहोस् ।

  • समीक्षकको योगदान: तपाईंले सम्मान गर्ने कुनै व्यक्तिलाई अनुवाद पढ्न लगाउनुहोस् । उनीहरूलाई नोट बनाउन लगाउनुहोस् र सुधार गर्ने ठाउँको बारेमा सोध्‍नुहोस् । राम्रो शब्द छनौटहरू, स्वभाविक अभिव्यक्तिहरू र हिज्जे समायोजनहरू खोज्‍नुहोस् ।

  • छलफल समूहरू: मानिसहरूको समूहमा कसैलाई अनुवाद पढ्न लगाउनुहोस् र स्पष्टताको लागि प्रश्‍नहरू सोध्‍न लगाउनुहोस् । तिनीहरूले प्रयोग गरेका शब्दहरूमा ध्यान दिनुहोस्, कठिन कुराहरूको बारेमा बताउनुपर्दा वैकल्पिक शब्दहरू प्रयोगमा आउँछन् र ती शब्दहरू अनुवादमा प्रयोग गरिएका शब्दहरू भन्दा असल हुनसक्छन् । तिनीहरूलाई अध्याय र पदसहित लेख्‍नुहोस् । अनुवाद समूहले अनुवादलाई सुधार्न सक्छन् । मानिसहरूले अनुवाद नबुझेका ठाउँलाई स्पष्ट पार्नको निम्ती टिप्पणी लेख्‍नुहोस् ।