ne_ta/checking/complete/01.md

2.6 KiB

अनुवादको पूर्णता

यस खण्डको उद्देश्य अनुवाद पूर्ण रूपमा सकियो भन्‍ने कुराको निश्‍चितता प्रदान गर्नु हो । यस खण्डमा, नयाँ अनुवादलाई स्रोत अनुवादसँग तुलना गरिनुपर्छ । यी दुई अनुवादहरूको तुलना गर्दा आफैंसँग यी प्रश्‍नहरू सोध्‍नुहोस्ः

१. अनुवादमा केही भाग छुटेका छन्? अर्को शब्दमा, के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै घटनाहरू समेटेको छ? २. के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै पदहरू समेट्छ? (के स्रोत भाषा अनुवादका सबै पदहरू लक्षित भाषा अनुवादमा समेटिएका छन्?) कहिलेकहीँ पदहरूको संख्या अनुवादअनुसार फरक पर्छ । उदाहरणको लागि, केही अनुवादमा पदहरूलाई एउटै समूहमा राखिएको हुन्छ वा कुनै पदलाई पाद-टिप्पणीमा राखिएको हुन्छ । स्रोत अनुवाद र लक्षित अनुवादमा यस्ता फरकहरू भए तापनि त्यस्तो अनुवादलाई पूर्ण मान्‍न सकिन्छ । ३. अनुवाद गर्न छुटेका ठाउँहरू छन् वा स्रोत अनुवादमा भन्दा फरक सन्देश दिने ठाउँ छन्? (शब्द र शब्दक्रमहरू फरक पर्न सक्छ, तर तर अनुवादकले प्रयोग गरेका शब्दहरूले स्रोत अनुवादसँग मिल्दो सन्देश दिनुपर्छ ।)

यदि अनुवाद पूर्ण नभएको ठाउँ पाइएमा अनुवाद समूहसँग छलफल गर्नको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।