ne_ta/checking/clear/01.md

3.4 KiB

स्पष्टअनुवाद

अनुवादित सन्देश स्पष्ट छ कि छैन भनेर जाँच्‍नको लागि पढ्ने क्रममा आफैँलाई निम्‍न प्रश्‍नहरू सोध्‍नुहोस् । यो खण्डको जाँचको निम्ति नयाँ अनुवादलाई स्रोत अनुवादसँग तुलना नगर्नुहोस् । कुनै ठाउँमा समस्या देखापरे अनुवाद समूहसँग पछि छलफल गर्नको लागि त्यसको टिपोट बनाउनुहोस् ।

१. के अनुवादमा प्रयोग गरिएका शब्दहरू वा वाक्यांशहरूले सन्देशलाई बुझ्‍न सकिने बनाउँछन्? (शब्दहरू अलमलमा पार्ने किसिमका छन्, वा तिनले अनुवादकले भन्‍न खोजेको कुरा स्पष्ट रूपमा बताउँछन?) २. अनुवादमा प्रयोग गरिएका अभिव्यक्तिहरू तपाईंका समुदायका सदस्यहरूले प्रयोग गर्छन्, अर्थात् के अनुवादकले धेरै शब्दहरू राष्ट्रिय भाषाबाट सापट लिएका छन्? (तपाईंका समुदायका मानिसहरूले कुनै महत्त्वपूर्ण कुरा बताउँदा यही तरिका प्रयोग गर्छन्?) ३. के तपाईंले पाठलाई राम्ररी पढ्न सक्‍नुहुन्छ र त्यसपछि लेखकले के भन्लान् भन्‍ने कुरा बुझ्‍नुहुन्छ? (अनुवादकले कथा-वाचनको राम्रो शैली प्रयोग गरेका छन्? के तिनले अगाडि व्यक्त गरिएका र पछि आउने कुरासँग मिल्‍नेगरी अर्थपूर्ण तरिकाले आफ्नो कुरा व्यक्त गरेका छन्?)

थप सहायताः

  • केही पदहरूलाई सस्वर वाचन गर्ने र सुन्‍ने व्यक्तिलाई हरेक खण्डपछि कथा भन्‍न लगाउनुअनुवादित सामाग्री स्पष्ट छ कि छैन भनेर जाँच्‍ने एउटा तरिका हो । यदि सुन्‍ने व्यक्तिले तपाईंको सन्देशलाई पुनः भन्‍न सक्छन् भने लेखन स्पष्ट छ ।
  • यदि कुनै ठाउँमा अनुवाद स्पष्ट छैन भने अनुवाद समूहसँग छलफलको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।