ne_ta/checking/authority-level3/01.md

2.0 KiB

अधिकार तह ३: मण्डली नेतृत्वद्वारा पुष्टि

अनुवाद मूल पाठको उद्देश्य र ऐतिहासिक र विश्‍वव्यापी मण्डलीसँग सहमत छ भन्‍ने पुष्टि गर्नु यो तहको उद्देश्य हो ।

यो तह पूरा गर्नको निम्ति अनुवाद समूहले सोही भाषा बोल्ने मण्डलीको सर्वोच्‍च नेतृत्व समक्ष अनुवाद हस्तान्तरण गर्ने छ । भाषा समुदायमा भएका सकेसम्म धेरै प्रमूख समूहका मण्डली अगुवाहरूको प्रतिनिधित्व भए उत्तम हुन्छ । धेरै मण्डली सञ्‍जालका नेतृत्ववर्गसँगको आपसी सहमतिद्वारा तह ३ उपलब्धि पूरा हुन्छ ।

अनुवाद सही र शुद्ध छ भनी मण्डली सञ्‍जालका नेतृत्वले पुष्टि गरी ती मण्डलीका सङ्गतिहरूमा प्रयोग गर्नको लागि अनुवाद समूहले अनुवादको सम्पादन गर्ने छ ।

अनुवादका सिद्धान्तहरूसँग परिचित र बाइबलीय भाषा र सामाग्रीमा तालिम प्राप्त कम्तिमा दुई मण्डली सञ्‍जालका नेतृत्व (वा तिनका प्रतिनिधि) ले पूर्ण रूपमा जाँच गरिसकेपछि तह ३ ले पूर्णता पाउँछ ।