ne_ta/checking/authority-level2/01.md

2.7 KiB

अधिकार तह २: समुदायबाट पुष्टि

यस तहका दुई उद्देश्यहरू छन्ः

१. भाषा समुदायका प्रतिनिधिहरूद्वारा निर्धारण गरेबमोजिम अनुवादमा प्रयोग गरिएको भाषाको ढाँचाको प्रभावकारिता पुष्टि गर्नु । २. यस अनुवादलाई प्रयोग गर्ने स्थानीय मण्डलीका पास्टर र अगुवाहरूद्वारा निर्धारण गरेबमोजिम अनुवादको शुद्धता पुष्टि गर्नु ।

जाँचको प्रक्रियामा यस नमुनाले "दुई वा तीन साक्षीहरू" को अवधारणालाई यो तहमा प्रयोग गर्छ ।

यो तह पूरा गर्नको निम्ति अनुवाद समूहले अनुवादको प्रयोग गर्ने भाषा समुदायलाई आफ्नो अनुवाद हस्तान्तरण गर्ने छन् । भाषा समुदायले अनुवादको शुद्धतास्वभाविकता को समीक्षा गर्ने छन् ।

त्यसपछि अनुवाद समूहले अनुवाद प्रयोग गर्ने भाषा समुदायका मण्डली अगुवाहरूलाई उक्त अनुवाद हस्तान्तरण गर्ने छन् । मण्डलीका अगुवाहरूले स्रोत पाठ, व्याख्या सामाग्रीहरू, विश्‍वासको अभिव्यक्ति, र अनुवाद मार्गनिर्देशनहरूको आधारमा अनुवादको शुद्धताको समीक्षा गर्ने छन् ।

भाषा समुदायले उक्त अनुवाद स्वभाविक र स्पष्ट छ भनेर र साथै मण्डली अगुवाहरूले पनि शुद्ध छ भनेर पुष्टि गरून् भनेर अनवुाद समूहले यी समीक्षाहरूको आधारमा अनुवादलाई सम्पादन गर्ने छन् ।