ne_obs/content/47.md

8.0 KiB

४७. पावल र सिलास फिलिप्पीमा

OBS Image

जब शाऊल रोमी साम्राज्यभरि यात्रा गरे, उनले आफ्नो रोमी नाउँ “पावल” को प्रयोग गर्न थाले । एकदिन, पावल र उनका मित्र सिलास फिलिप्पीको शहरमा येशूको बारेमा सु-समाचार सुनाउन गए । उनीहरू नदीबाट भएर शहरको बाहिर एउटा ठाउँमा गए जहाँ मानिसहरू प्रार्थना गर्न भेला हुन्थ्ये । त्यहाँ उनीहरूले लिडिया नाउँ गरेकी एकजना स्त्रीलाई भेटे जो एक व्यापारी थिइन् । उनी परमेश्‍वरलाई प्रेम र आराधना गर्थिन् ।

OBS Image

येशूको बारे सन्देशलाई विश्‍वास गर्न परमेश्‍वरले लिडियाको हृदय खोलिदिनुभयो, अनि उनी र उनका परिवारको बप्तिस्मा भयो । उनले पावल र सिलासलाई आफ्नो घरमा बस्‍न निम्तो दिइन्, त्यसैले तिनीहरू उनी र उनका परिवारसँग बसे ।

OBS Image

पावल र सिलास त्यस प्रार्थना गर्ने ठाउँमा मानिसहरूसँग अक्सर भेट्ने गर्दथे । हरेक दिन जसै उनीहरू त्यहाँ हिँड्ने गर्थे, भूतात्मा लागेकी एउटी कमारी केटीले उनीहरूलाई पछ्याउने गर्थी । त्यस भूतात्माको माध्यमबाट उनले मानिसहरूको जोखना हेर्ने गर्थी, यसरी जोखना हेरेर उनले आफ्ना मालिकहरूको निम्ति धेरै कमाइ गरिदिन्थीन् ।

OBS Image

त्यस कमारी केटीले यसो भन्दै चिच्याउन थाली, “यी मानिसहरू सर्वोच्च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तिमीहरूलाई मुक्तिको बाटोको घोषणा गर्दैछन्

OBS Image

अन्ततः जब त्यस कमारी केटी चिच्याउन थालिन्, पावल उनीतिर फर्के र उनी भित्र भएको दुष्टात्मालाई भने, “येशूको नाउँमा, त्यसबाट बाहिर आइज ।” अनि त्यो दुष्टात्माले त्यसै घडी उनलाई छाेडेर गयो ।

OBS Image

त्यस कमारी केटीका मालिकहरू अति क्रोधित भए

OBS Image

त्यसैले त्यस कमारी केटीका मालिकले पावल र सिलासलाई रोमी अधिकारीहरूकहाँ लिएर गए, जसले उनीहरूलाई कुटे र झ्यालखाना भित्र हालिदिए ।

OBS Image

उनीहरूले पावल र सिलासलाई झ्यालखानको सबैभन्दा सुरक्षित ठाउँमा राखे र उनीहरूका खुट्टामा ठिँगुरो समेत ठोकिदिए । तापनि मध्यरातको समयमा, उनीहरू परमेश्‍वरको प्रशंसाका गीतहरू गाइरहेका थिए ।

OBS Image

एक्कासी, त्यहाँ एउटा ठूलो भूईँचालो गयो

OBS Image

झ्यालखानका हाकिम निद्राबाट ब्यूँझे, अनि जब उनले झ्यालखानका ढोकाहरू खुलिरहेका देखे, उनी डराए

OBS Image

उनी डरले काम्दै पावल र सिलासको अघि आए र सोधे, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ ?” पावलले जवाफ दिए, “येशू प्रभुमा विश्‍वास गर्नुहोस्, अनि तपाईं र तपाईंका परिवारले उद्धार पाउनेछ ।” अनि ती हाकिमले पावल र सिलासलाई आफ्नो घरभित्र लगे र उनीहरूका घाऊहरू धोइदिए । पावलले उनका घरमा भएका सबैलाई येशूको बारेमा सु-समाचार सुनाए ।

OBS Image

ती हाकिम र उनका सारा परिवारले येशूमा विश्‍वास गरे र बप्तिस्मा लिए । अनि ती हाकिमले पावल र सिलासलाई भोजन दिए र उनीहरू सबैले एकसाथ आनन्द मनाए ।

OBS Image

त्यसको अर्को दिन शहरका हाकिमहरूले पावल र सिलासलाई झ्यालखानबाट छोडिदिए र उनीहरूलाई फिलिप्पीबाट निस्किन भने । पावल र सिलासले लिडिया र अरू केहि मित्रहरूलाई भेटे र त्यसपछि शहर छाेडेर गए । येशूको बारेमा सु-समाचार फैलिँदै गयो, र मण्डली बढ्दै गयो ।

OBS Image

पावल र अरू ख्रीष्टियान अगुवाहरू धेरै शहरहरूमा येशूको बारेमा सु-समाचार प्रचार गर्दै र शिक्षा दिँदै यात्रा गरे । उनीहरूले मण्डलीमा भएका विश्‍वासीहरूलाई उत्साह दिन र सिकाउन धेरै पत्रहरू पनि लेखे । यीमध्ये केही पत्रहरू आज बाइबलका किताबहरू भएका छन् ।

बाइबलको कथा: प्रेरित १६:११-४० बाट