ne_obs/content/44.md

6.2 KiB
Raw Permalink Blame History

४४. पत्रुस र यूहन्‍नाले भिखारीलाई निको पारे

OBS Image

एकदिन, पत्रुस र यूहन्‍ना मन्दिर जाँदैथिए । जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो पैसाको निम्ति भिख मागिरहेको थियो ।

OBS Image

पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन । तर मसित जे छ, म तिमीलाई दिनेछु । येशूको नाउँमा, उठ र हिँड

OBS Image

तुरुन्तै, परमेश्‍वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्‍वरको प्रशंसा गर्न लाग्यो । मन्दिरको चोकमा भएका मानिसहरू यो देखेर अचम्मित भए ।

OBS Image

एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो । पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर तपाईंहरू किन अचम्भित हुनुहुन्छ ? हामीले उनलाई हाम्रो आफ्नै शक्ति वा भलाइद्वारा निको पारेका होइनौँ बरू, यो त येशूको शक्ति उहाँले दिनुहुने विश्‍वास हो, जसले यस मानिसलाई निको पार्‍यो ।”

OBS Image

“तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्‍नुभयो । जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर परमेश्‍वरले उहाँलाई मृत्युबाट उठाउनुभयो । तपाईंहरूलाई आफू के गर्दैहुनुहुन्छ भनी थाहा नभए तापनि, परमेश्‍वरले अगमवाणीहरूलाई पूरा गर्न तपाईंका कार्यहरूलाई चलाउनुभयो, कि मसिहले कष्ट भोग्‍नुहुनेछ र मर्नुहुनेछ । त्यसैले अब, पश्‍चाताप गर्नुहोस् र परमेश्‍वरतर्फ फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू धोइऊन् ।”

OBS Image

पत्रुस र यूहन्‍नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए । त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र झ्यालखानामा हालिदिए । तर धेरै मानिसहरूले पत्रुसको सन्देशलाई विश्‍वास गरे, र येशूमा विश्‍वास गर्ने मानिसहरूको संख्या करिब ५, भयो ।

OBS Image

अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए । उनीहरूले पत्रुस र यूहन्‍नालाई सोधे, “कुन शक्तिद्वारा तिमीहरूले यस लङ्गडो मानिसलाई निको पार्‍यो ?”

OBS Image

पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो । तपाईंहरूले येशूलाई क्रूसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो

OBS Image

पत्रुस र यूहन्‍नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्‍न सक्थे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए । तर पछि यी मानिसहरू येशूसँगै रहन्थे भनी तिनीहरूलाई याद भयो । पत्रुस र यूहन्‍नालाई चेतावनी दिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए ।

बाइबलको कथा: प्रेरित ३:१-४:२२ बाट