ne_obs/content/32.md

8.9 KiB
Raw Permalink Blame History

३२. येशूले भूतात्मा लागेको मानिस र रोगी स्‍त्रीलाई निको पार्नुभयो

OBS Image

एकदिन, येशू र उहाँका चेलाहरू डुङ्गामा चढी समुन्द्रको पारिपट्टि गदरिनी मानिसहरू भएका क्षेत्रमा जानुभयो ।

OBS Image

जब उहाँहरू तालको पल्लो छेऊमा पुग्‍नुभयो, एकजना भूतात्मा लागेको मानिस येशूकहाँ दौड्दै आयो ।

OBS Image

यस मानिस यति बलियो थियो, कि कसैले पनि उसलाई सम्हाल्न सक्दैनथ्यो । मानिसहरूले उनको हात र खुट्टाहरू साङ्गलाले बाँधिदिएका थिए, तर उसले ती साङ्गलाहरू चुँडाउने गर्‍थ्‍यो ।

OBS Image

त्यो मानिस त्यस इलाकाको चिहानहरू भएको ठाँउतिर बस्‍ने गर्‍थ्‍यो । त्यो मानिस हरेक दिन-हरेक रात कराउने गर्दथ्यो । उसले कुनै वस्त्र लगाउँदैनथ्यो र आफैँलाई बारम्बार ढुङ्गाले हान्‍ने गर्दथ्यो ।

OBS Image

त्यस मानिस येशूकहाँ आएर, उहाँको अघि आफ्नो पर्‍यो । येशूले त्यस भूतात्मालाई भन्‍नुभयो, “यस मानिसबाट बाहिर आइज

OBS Image

भूतात्मा लागेको मानिस चर्को स्वरमा करायो, “ तपाईं मबाट के चाहनुहुन्छ, येशू, परमप्रभु परमेश्‍वरका पुत्र ? कृपया मलाई नसताउनुहोस्

OBS Image

ती भूतात्माहरूले येशूलाई बिन्ती गरे, “कृपया हामीलाई यस इलाकाबाट बाहिर ननिकाल्नुहोस्

OBS Image

ती भूतहरू त्यस मानिसबाट बाहिर आए र सुंगुरहरू भित्र पसे । ती सुंगुरहरू हुर्रिदै भीरबाट समुन्द्रमा खसे र डुबे । त्यस बथानमा करिब २, सुंगुरहरू थिए ।।

OBS Image

जब ती सुंगुरहरूको हेरचाह गर्ने मानिसहरूले त्यस घटना देखे, तिनीहरू बस्तीतिर भागे अनि सबैजनालाई येशूले गर्नुभएको काम बताइदिए । मानिसहरू त्यस बस्तीबाट निस्केर आए र भूतात्माहरू भएको त्यस मानिसलाई देखे । उनी शान्तसँग बसिरहेका थिए, लुगा लगाएका थिए, र साधारण मानिस जसरी व्यवहार गरिरहेका थिए ।

OBS Image

मानिसहरू अति डराएका थिए त्यसैले तिनीहरूले येशूलाई त्यहाँबाट निस्कीजान आग्रह गरे । त्यसैले येशू डुंङ्गामा पस्‍नुभयो र जानको निम्ति तयार हुनुभयो । भूतात्मा लागेको त्यस मानिसले पनि येशूसँगै जान बिन्ती गर्‍यो ।

OBS Image

तर येशूले त्यस मानिसलाई भन्‍नुभयो, “होइन, तिमी आफ्नो घर फर्केर जाऊ अनि आफ्ना मित्रहरू र परिवारलाई परमेश्‍वरले तिम्रा लागि गर्नुभएका सबै कार्यहरू र कसरी उहाँले तिमीमाथि दया देखाउनुभयो सो उनीहरूलाई बताइदेऊ भनी म चाहन्छु ।”

OBS Image

त्यसैले त्यस मानिस त्यहाँबाट गयो र सबैलाई येशूले उसको निम्ति गर्नुभएको कार्यको बखान गर्‍यो । उसको कथा सुन्‍ने सबैजना आश्‍चर्यचकित भए र छक्क परे ।

OBS Image

येशू समुन्द्रको पारिपट्टि फर्कनुभयो । उहाँ त्यस ठाउँमा आउनुभएपछि, एउटा ठूलो भीड उहाँको चारैतिर जम्मा भयो अनि उहाँलाई घेरेर धकेल्न लागे । त्यस भीडमा एकजना स्‍त्री थिइन् जसले बाह्र वर्षसम्म रक्तस्राबको पीडा भोगिरहेकी थिइन् । उनले आफ्नो सारा पैसा निको हुनको निम्ति वैद्यहरूलाई तिरिसकेकी थिइन् तर उनको अवस्था झन् जटिल हुँदै थियो ।

OBS Image

येशूले धेरै रोगी मानिसहरूलाई निको पार्नुभएको थियो भन्‍ने कुरा तिनले सुनेकी थिइन् । तिनले सोचिन्, “मलाई निश्‍चय छ, कि यदि मैले येशूको वस्‍त्रमात्र छुन सकेँ भनेपनि, म निको हुनेछु

OBS Image

तुरुन्तै, येशूले आफ्नो शक्ति उहाँबाट निस्केर गएको चाल पाउनुभयो । त्यसैले उहाँ पछाडि फर्कनुभयो र सोध्‍नुभयो, “मलाई कसले छोयो ?” चेलाहरूले जवाफ दिए, “तपाईंको वरिपरि मानिसहरूका भीड छन्, जसले घचेट्दैछन् र ठेलमठेला गरिरहेकाछन् र पनि मलाई कसले छोयो भनी किन सोध्‍नुहुन्छ ?”

OBS Image

त्यस स्‍त्री येशूको अघि काँप्दै र अति डराउँदै घोप्टो परिन् । अनि उनले के गरेको सो उहाँलाई बताइदिइन् र उनी निको भएको कुरा बताइदिइन् । येशूले उनलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तसित जाऊ ।”

बाइबलको कथा: मत्ती ८:२८-३४; ९:२०-२२; मर्कूस ५:१-२०; ५:२४(ख)-३४; लूका ८:२६-३९; ८:४२(ख)-४८ बाट