ne_obs/content/29.md

39 lines
4.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# २९. निर्दयी नोकरको दृष्टान्त
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-01.jpg)
एकदिन, पत्रुसले येशूलाई सोधे, “मालिक, मेरो भाइले मेरो विरुद्धमा पाप गर्छ भने मैले उसलाई कतिपटक क्षमा दिऊँ ? के सात पटक ?” येशुले भन्‍नुभयो, “सात पटक होइन, तर सात गुणा सत्तरी पटक
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-02.jpg)
“परमेश्‍वरको राज्यचाहिँ एकजना राजा जस्तो हो, जसले आफ्ना नोकरहरूसँग हिसाब-किताब सुल्झाउन चाह्यो । उनका नोकरहरूमध्ये एकजनाले करिब २,, वर्षसम्मको मजदुरीको ऋण बोकेका थिए ।”
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-03.jpg)
“त्यस नोकरले आफ्नो ऋण तिर्न नसक्ने हुनाले राजाले त्यस नोकरलाई भने, ‘यस मानिस र यसका परिवारलाई दासको रूपमा बेचिदेओ, ताकि यसले आफ्नो ऋण चुक्ता गर्न सकोस् ।’”
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-04.jpg)
“त्यस नोकरले राजाको सामु आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस्, अनि मैले तपाईंलाई तिर्न बाँकी रहेको सबै रकम म तपाईंलाई तिरिदिनेछ ।’ राजालाई त्यस नोकरप्रति दया जाग्यो, त्यसैले उनले त्यस नोकरका सारा ऋणहरू चुक्ता गरिदिए अनि उसलाई जान दिए ।”
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-05.jpg)
““तर जब त्यो नोकर राजाको नजरबाट बाहिर गयो, त्यसले अर्को एकजना संगी-नोकरलाई भेट्टायो जो उसको चार महिनासम्म मजदुरीको ऋणी थियो । त्यस नोकरले आफ्नो संगी-नोकरलाई समात्यो र भन्यो, ‘तैँले मबाट लिएको ऋण तिरिहाल्
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-06.jpg)
“त्यस संगी-नोकरले आफ्नो घुँडा टेक्यो र भन्यो, ‘कृपया मसँग धैर्य हुनुहोस् । तपाईंलाई तिर्न बाँकी रहेको सबै पैसा म तिरिदिनेछु ।’ तर त्यस नोकरले त आफ्नो संगी नोकरले ऋण नचुकाउन्‍जेल त्यसलाई झ्यालखानामा हालिदियो ।”
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-07.jpg)
“त्यो घटना देखिरहेका केही अन्य नोकरहरूलाई यो घटनाले धेरै निराश तुल्यायो । तिनीहरू राजाकहाँ गए र उनलाई सबै कुरा बताइदिए ।”
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-08.jpg)
“राजाले त्यस नोकरलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-29-09.jpg)
अनि येशूले भन्‍नुभयो, “यदि तिमीहरूले आफ्नो हृदयदेखि नै आफ्नो भाइलाई क्षमा दिएनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरू हरेकलाई त्यसै गर्नुहुनेछ ।”​
__बाइबलको कथा: मत्ती १८:२१-३५ बाट__