ne_obs/content/05.md

7.6 KiB

५. प्रतिज्ञाको सन्तान

OBS Image

कनानमा बसाई सरेको १० वर्ष बितिसक्दा पनि अब्राम र सराइको कुनै सन्तान भएको थिएन । त्यसैले अब्रामकी पत्‍नी सराइले उनलाई भनिन्, “परमेश्‍वरले मेरो कोख बन्द गरिदिनुभएको छ र अब सन्तान पाउनको निम्ति म बुढी भइसकेको छु, यसकारण मेरो दासी हागारसँग विवाह गर्नुहोस् र तिनले मेरो निम्ति एउटा सन्तान दिनेछिन् ।”

OBS Image

यसकारण, अब्रामले हागारसँग विवाह गरे । हागारले एउटा छोरा जन्माइन, अनि अब्रामले त्यसको नाउँ इश्माएल राखे । तर साराइले हागारको डाह गर्न लागिन । इश्माएल तेह्र बर्षको हुँदा, परमेश्‍वर फेरि अब्रामसँग बोल्नुभयो ।

OBS Image

परमेश्‍वरले भन्‍नुभयो, “म सर्वशक्तिमान परमेश्‍वर हुँ । म तँसँग एउटा करार बाँध्‍नेछु ।” अनि अब्रामले भुइँमा घोप्टो परि दण्डवत गरे । परमेश्‍वरले फेरि भन्‍नुभयो , “तँ धेरै राष्ट्रहरूका पिता हुनेछस् । कनान देशलाई म तँ र तेरा सन्तानहरूका हातमा सुम्पिदिनेछु र म सधैभरि तिनीहरूका परमेश्‍वर हुनेछु । तैँले आफ्नो घरानाका सबै पुरुषहरूको खतना गर्नुपर्नेछ ।”

OBS Image

“तेरी श्रीमती साराइले एउटा छोरा जन्माउनेछिन् - त्योचाहिँ प्रतिज्ञा गरिएको सन्तान हुनेछ । तैँले त्यसको नाउँ इसहाक राख्‍नु । त्योसँग म मेरो करार बाँध्‍नेछु, र त्यसको एउटा विशाल राष्ट्र हुनेछ । म इश्माएललाई पनि विशाल राष्ट्र दिनेछु तर म मेरो करारचाहिँ इसहाकसँग नै बाँध्‍नेछु ।” त्यसपछि परमेश्‍वरले अब्रामको नाउँ अब्राहाम राखिदिनुभयो, जसको अर्थ हो धेरैका पिता । परमेश्‍वरले साराइको पनि नाउँ अब ‘सारा’ राखिदिनुभयो, जसको अर्थ हो “राजकुमारी”।

OBS Image

त्यस दिन अब्राहामले आफ्ना घरानाका सबै पुरुषहरूको खतना गरिदिए । त्यसको करिब एक वर्षपछि, अब्राहाम सय वर्षका र सारा नब्बे वर्षकी हुँदा, साराले अब्राहामको छोरा जन्माइन् । परमेश्‍वरले भन्‍नुभएझै उनीहरूले त्यसको नाउँ इसहाक राखे ।

OBS Image

जब इसहाक बालकै थिए, परमेश्‍वरले अब्राहामको विश्‍वासको जाँच गर्नुभयो र भन्‍नुभयो, “तेरो एउटै छोरा इसहाकलाई लिएर जा र त्यसलाई मेरो निम्ति बलि चढा ।” अब्राहामले परमेश्‍वरले भन्‍नुभएको कुरालाई माने र आफ्नो छोरालाई बलिदान दिन तयार भए ।

OBS Image

जब अब्राहाम र इसहाक वेदीको तर्फ जादै थिए, इसहाकले सोधे, “बुबा, हामीसँग बलिको निम्ति दाउराहरू त छन्, तर थुमा चाहिँ खै त ?” अब्राहामले जवाफ दिए, “हे मेरो छोरा परमेश्‍वरले नै बलिको निम्ति थुमा जुटाउनु हुनेछ, ।”

OBS Image

जब उनीहरू वेदीको स्थानमा पुगे, अब्राहामले आफ्नो छोरालाई बाँधे र उसलाई वेदीमा राखे । जब उनले आफ्नो छोरालाई बलि दिन आँटेका थिए, परमेश्‍वरले भन्‍नुभयो, “पर्ख

OBS Image

त्यहाँ नजिकै अब्राहामले एउटा थुमालाई झाडीमा अल्झिरहेको देखे । परमेश्‍वरले त्यस थुमालाई इसहाकको सट्टा बलिदानको निम्ति त्यहाँ राखिदिनु भएको थियो । अब्राहामले खुशीका साथ त्यस थुमालाई बलि चढाए ।

OBS Image

अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँले मेरो निम्ति आफ्ना सबैथोक दिन तयार भएकोले, अनि तेरो एउटै मात्र छोरा पनि बाँकी नराखेको हुनाले, म तँलाई आशिष् दिने प्रतिज्ञा गर्दछु । तेरा सन्तानहरू आकाशका ताराहरूभन्दा बढी हुनेछन् । तैँले मेरो आज्ञा मानेको हुनाले, संसारका सबै घरानाहरू तेरो घरानाद्वारा आशिषित् हुनेछन् ।

बाइबलको कथा : उत्पत्ति १६-२२ बाट