ne_obs-tn/content/49/15.md

1.1 KiB

अन्धकारको राज्य

“अन्धकार”लाई यहाँ पाप र सबै दुष्‍ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्‍ट शासन, जुन अन्धकार जस्तै हो ।”

ज्योतिको राज्य

“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ ।