ne_obs-tn/content/02/12.md

3.9 KiB

असल र खराब जानेर हामी जस्तै

यहाँ, यो वाक्यांशले आदम र हव्‍वा परमेश्‍वर जस्तै हुने नयाँ तरिकालाई औँल्याउँछ । किनभने तिनीहरूले पाप गरेका थिए, तिनीहरू दुष्‍टताको बारेमा जानकार थिए र त्यसलाई महसुस गर्न सक्थे । तपाईं भन्‍न सक्‍नुहुन्छ, “किनभने अब तिनीहरूले दुवै असर र खराब जान्दथे ।”

हामी जस्तै

बाइबलले हामीलाई एकमात्र परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँछ, तर पुरानो करारको “परमेश्‍वर”को लागि प्रयोग हुने शब्द बहुवचन हो, र परमेश्‍वरले आफैँसँग कुरा गर्नुहुँदा सर्वनामको बहुवचनको रूपलाई चलाउनुहुन्छ । केहीले यसलाई परमेश्‍वरको वैभवलाई व्यक्त गर्ने विशेष किसिमको बोल्ने तरिका भनेर बुझ्छन्, र अरूहरूले यसलाई परमेश्‍वर पिताले पुत्र र आत्मासँग बोल्नुभएको भनेर बुझ्छन्, जोहरू सबै परमेश्‍वर हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

असल र खराब

यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । परमेश्‍वरले भन्दै हुनुहुन्छ तिनीहरूले के असल र खराब छ भनी सबैकुरा बुझ्‍नेथिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

तिनीहरूलाई स्वीकृति दिनुहुँदैन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छः “हामीले तिनीहरूलाई अनुमति दिनुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

फल

फलको खास प्रकार खुलाइएको छैन, त्यसैले फलको लागि सामान्य शब्द नै प्रयोग गरेर अनुवाद गर्दा बेस हुन्छ ।

जीवनको रूख

यो फल भएको वास्तविक रूख थियो । १:११ मा हेर्नुहोस् । यदि कुनै व्यक्तिले यो फल खायो भने ऊ निरन्तर जिउने थियो र कहिल्यै मर्ने थिएन ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।