ne_obs-tn/content/02/08.md

5.3 KiB

तब परमेश्‍वरले सोध्‍नुभयो, “तँ नाङ्गै छस् भनी कसले भन्यो ? के तैँले मैले नखानू भनेको फल खाइस् ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्‍वरले सोध्‍नुभयो कि कसले आदमलाई उनी नाङ्गै थिए भनी बतायो, र उनले परमेश्‍वरले नखानू भनेको फल खाए कि भनी सोध्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

कसले तँलाई तँ नाङ्गै छस् भनी बतायो ?

अथवा, “तँले आफू नाङ्गै छु भनेर कसरी पत्ता लगाइस् ? के तैँले मैले नखानू भनेको फल खाइस् ?” परमेश्‍वरलाई अघिबाटै उहाँले सोध्‍नुभएका सबै प्रश्‍नहरूको जवाफ थाहा छ । यो र यसपछिको प्रश्‍न सोध्‍नुभएर, उहाँले आदमलाई आफ्नो अनाज्ञापालनको पाप स्वीकार गर्ने अवसर दिँदै हुनुहुन्थ्यो । नाङ्गो हुनु कुनै पाप थिएन । तिनीहरूले पाप गरेका थिए भनेर तिनीहरूको शर्मले देखायो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तैँले मैले नखानू भनेको फल खाइस् ?

यो आलङ्कारिक प्रश्‍न हो । परमेश्‍वरले नखानू भन्‍नुभएको फल आदमले खाएका थिए भनेर परमेश्‍वरलाई पहिल्यै थाहा थियो । यसलाई एउटा कथनको रूपमा अनुवाद गर्न सकिन्छः “मैले नखानू भनेको फल तैँले खाइस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनले मलाई फल दिइन्

मानिसले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्‍वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा स्‍त्रीलाई दोष लगाए ।

त्यसपछि परमेश्‍वरले स्‍त्रीलाई सोध्‍नुभयो , “यो तैँले के गरिस् ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्‍वरले स्‍त्रीलाई तिनीले के गरेकी थिइन् भनेर सोध्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यो तैँले के गरिस् ?

अथवा, “तैँले यसो किन गरिस् ?” परमेश्‍वरलाई यो प्रश्‍नको जवाफ पहिल्यै थाहा थियो । यो प्रश्‍न सोध्‍नुभएर, उहाँले स्‍त्रीलाई आफ्नो गल्ती मान्‍ने अवसर दिँदै हुनुहुन्थ्यो । उहाँले तिनले गरेको कुरा तिनले गर्नुहुने थिएन भनेर पनि जटाउँदै हुनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

सर्पले मलाई छल गर्‍यो

सर्पले तिनीलाई झुक्‍क्यायो वा गल्ती गर्नलाई डोहोर्‍यायो । त्यसले तिनीलाई झूट बोल्यो । त्यसले तिनीमाथि टुनामुना गर्‍यो वा तिनीलाई तन्‍त्रमन्‍त्रको मोहनी लायो भनेर सङ्‍केत गर्ने शब्द नचलाउनुहोस् । स्‍त्रीले आफ्नो अनाज्ञापालन स्वीकार गर्नु र परमेश्‍वरको अनाज्ञापालन गर्नुको जिम्मेवारी लिनुको साटोमा सर्पलाई दोष लगाइन् ।