ne_obs-tn/content/02/07.md

3.3 KiB

परमेश्‍वर हिँड्नुहुँदै

मानिस र हव्वासँग हिँड्न र कुरा गर्न परमेश्‍वर नियमित रूपले बगैँचामा आउनुहुन्थ्यो जस्तो देखिन्छ । यो कस्तो देखिन्थ्यो भनेर हामी जान्दैनौँ । यदि सम्भव छ भने, एउटा मानिस हिँडेको बारेमा कुरा गर्न चलाउने शब्द नै प्रयोग गर्नु बेस हुन्छ ।

त्यसपछि परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस् ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “त्यसपछि परमेश्‍वरले मानिसलाई बोलाउनुभयो र उनी कहाँ थिए भनी सोध्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तँ कहाँ छस् ?

यो आलङ्कारिक प्रश्‍न हो । परमेश्‍वरलाई यो प्रश्‍नको जवाफ पहिले नै थाहा थियो । यो प्रश्‍न सोध्‍नुको उद्देश्‍य मानिस र स्‍त्रीलाई तिनीहरू किन लुकिरहेका थिए भनी व्याख्या गर्न कर लगाउन थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तँ

यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, एकवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्‍वर केवल मानिससँग मात्र बोलिरहनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

आदमले जवाफ दिए, “मैले तपाईंलाई बगैँचामा हिँडिरहनुभएको सुने, र म डराएँ, किनभने म नाङ्गै थिएँ । त्यसैले म लुकेँ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “आदमले जवाफ दिए कि उनले परमेश्‍वरलाई बगैँचामा हिँडिरहनुभएको सुने, र डराए, किनभने उनी नाङ्गै थिए । त्यसैले उनी लुके” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)