ne_obs-tn/content/02/06.md

2.4 KiB

तिनीहरूका आँखाहरू खोलिए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूले चीजहरूलाई फरक तरिकाले देखे ।” यो अभिव्यक्तिको अर्थ हुन्छ कि तिनीहरूले पहिले पटक केही कुरा अब बुझे । तपाईंको भाषामा, त्यस्तै अर्थ भएको कुनै एउटा अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यसलाई अनुवाद गर्न प्रयोग गर्न सक्‍नुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

तिनीहरू नाङ्गै थिए भनी चाल पाए

मानिस र स्‍त्रीले परमेश्‍वरको अनाज्ञापालन गरेपछि, तिनीहरू नाङ्गै भएकोमा लज्‍जित महसुस गरे । त्यसैले गर्दा तिनीहरूले आफ्ना नाङ्गा शरीरहरूलाई ढाक्‍ने कोसिस गर्न पातहरूको प्रयोग गरे ।

तिनीहरूले तिनीहरूको शरीरहरू ढाक्‍ने कोसिस गरे

मानिस र स्‍त्रीले परमेश्‍वरबाट लुक्‍नलाई तिनीहरूको शरीरहरू ढाक्‍ने कोसिस गरे किनकि तिनीहरू नाङ्गै भएकोमा लज्‍जित थिए । तपाईंले त्यसलाई स्‍पष्‍ट पार्न चाहन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरू नाङ्गै भएकोमा लज्‍जित थिए, र परमेश्‍वरबाट लुक्‍नलाई तिनीहरूको शरीरहरू ढाक्‍ने कोसिस गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)