ne_obs-tn/content/02/04.md

3.7 KiB

सर्पले स्‍त्रीलाई जवाफ दियो, “त्यो सत्य होइन ! ... उहाँले बुझ्‍नुभए जस्तै तिमीहरूले असल र खराब बुझ्‍नेछौ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “सर्पले स्‍त्रीलाई जवाफ दियो कि त्यो सत्य थिएन ! तिनीहरू मर्नेथिएनन् । परमेश्‍वरले केवल जान्‍नुहुन्थ्यो कि तिनीहरूले त्यो खाने बित्तिक्‍कै, तिनीहरू परमेश्‍वर जस्तै हुनेथिए र उहाँले बुझ्‍नुभए जस्तै तिनीहरूले असल र खराब बुझ्‍नेथिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमीहरू मर्नेछैनौ ... तिमीहरूले त्यो खाऊ ... तिमीहरू परमेश्‍वर जस्तै हुनेछौ

यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । शैतानले दुवै मानिस र स्‍त्रीलाई के हुनेथियो भन्‍ने बारेमा बताउँदै थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

परमेश्‍वर जस्तै

मानिस र स्‍त्री अघिबाटै परमेश्‍वरको प्रतिरूपमा बनाइएका थिए । सर्पले सल्लाह दिँदै छ कि यदि स्‍त्रीले खराब बुझिन् भने तिनी अझै परमेश्‍वर जस्तै हुनेथिईन् । तर, परमेश्‍वरले तिनीसँग यो ज्ञान भएको कहिल्यै चाहनुभएन ।

असल र खराब बुझ्‍नेछौ

के कुराहरू असल छन् र के कुराहरू खराब छन् भनी व्यक्तिगत अनुभवबाट थाहा पाउनु, वा कुनै कुरा असल हो वा खराब हो भनी थाहा पाउन सक्षम हुनु ।

असल र खराब

यो विपरीत अर्थहरू भएको शब्दहरूको संयोजन हो जसले सम्पूर्णतालाई जनाउँछ । “असल” र “खराब” दुई टाढाका विन्दुहरू हुन् जसले तिनीहरू बीचमा भएका सबै कुराहरूको प्रतिनिधित्व गर्छ । शैतानले भन्दैछ के असल र खराब छ भनी तिनीहरूले सबैकुरा बुझ्‍नेथिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)